• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह महिला विभागको आयोजनामा भारतब्यापी प्रगतिशील तीज मनाइयो


  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा भारतब्यापी रुपमा प्रगतिशील तीजी कार्यक्रमहरु सम्पन्न भएका छन् ।

    Advertisement

    महिला विभागले नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर मंगलबार ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराको साथ भारतका विभिन्न शहरमा कार्यक्रम आयोजना गरेको हो ।

    चंडिगढ


    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्वारा सञ्चालित महिला विभाग चंडिगढको आयोजनामा तीजी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले उद्घाटन गर्दै तीजलाई प्रगतिशील रुपान्तरण गर्दै वर्गीय मुक्ति आन्दोलनसँग जोड्न पर्ने धारणा राख्नु भएको थियो ।

    शुभकामना दिँदै मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसेले आधा धर्ति ओगटेका महिलाहरुले संगठित वर्ग संघर्षको आन्दोलनमा होमिएर मात्र महिला अधिकारको संरक्षण हुन सक्ने बताउनु भयो ।

    मूल प्रवाहका केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, रक्तिम केन्द्रीय विभागका बिनु नेपाली, जनजाति नेता थमन थापा, परिषद सदस्य मान बहादुर केसी, समताका अर्जुन बिकको पनि आतिथ्यता रहेको थियो ।

    उक्त कार्यक्रममा महिला विभागबाट गीत तथा नृत्य प्रस्तुतपछि विभिन्न बाल प्रतिभाहरको मञ्चमा प्रस्तुति रहेको थियो भने बाल कलाकार पवन विकलाई सम्मान गरिएको थियो ।

    कार्यक्रम जमुना खनालको सञ्चालन तथा माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कुमारी थापाले गर्नु भएको थियो।

    रोपड


    एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित महिला विभाग रोपडको आयोजनामा तीजी कार्यक्रम सम्पन्न भएको छ ।

    महिला विभाग सुदूरपश्चिमोत्तर क्षेत्रीय संयोजक सिता सापकोटाले उद्घाटन गर्दै सबै महिलाहरु मूल प्रवाहको झन्डामुनी गोलबन्द हुँदै सशक्त संघर्ष गरेमा मात्र महिला मुक्ति आन्दोलनमा टेवा पुग्ने बताउनु भयो ।

    समाजका केन्द्रीय सचिव तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्यहरु शिवलाल लामिछाने र खगी थापा, नगर अध्यक्ष ओम प्रकाश सापकोटा लगाएतले शुभकामना दिनु भएको थियो ।

    कार्यक्रम हरिकला कडेलको सञ्चालनमा तथा नगर संयोजक मन्जु थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत रुपा कार्कीले गर्नु भएको थियो।

    श्रीगंगानगर


    एकता समाज श्रीगंगानगर नगर समितिद्वारा सञ्चालित महिला विभाग श्रीगंगानगरको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै महिला अधिकार र प्रगतिशील तीजबारे प्रकाश गर्नुभएको थियो ।

    केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौपाने, क्षेत्रीय सदस्य हुमबहादुर विक, विष्णु प्रसाद न्यौपाने, सुनिता भट्टराई, बाग्मती केसी, कमल खडका, प्रेम विक लगाएतले शुभकामना दिनुभएको थियो ।
    रेशम भण्डारीको सञ्चालनमा तथा वसन्ता नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत बाग्मती केसीले गर्नुभएको थियो ।

    हैदराबाद


    एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम हैदराबादको मल्लपुरमा सम्पन्न भएको छ। मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरु समाजका मुख्य शक्ति भए पनि अहिलेसम्म अधिकार नपाएको बताउनु भयो ।

    उहाँले महिला समाजमा विभेद, दमन, अन्याय र अत्याचारको जातोमुनी पिल्सिएर बस्नु परेको बताउनुभयो ।  त्यस्तै, मूल प्रवाहका केन्द्रीय सदस्य भिमबहादुर थापा, रक्तिम केन्द्रीय विभागका सदस्य झलक पुन, क्षेत्रीय सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सचिवालय सदस्य वीर बहादुर विकले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, उद्योग तथा बाणिज्य बिभागको तर्फबाट रनबहादुर पौडेलको पनि आतिथ्यता रहेको थियो।

    उक्त तीजी कार्यक्रममा तीजलाई परम्परागत र छाडा प्रकारले समाजमा विकृति फैलाइरहेको बेला त्यसको विकल्पमा प्रगतिशील प्रकारले देश र जनताको पक्षमा आवाज बुलन्द गर्न सबैलाई आह्वान गरिएका गितहरु र नृत्यहरु प्रस्तुत गरिएका थिय।

    विभिन्न एरियाहरुको तर्फबाट शन्देशमूलक गीत नृत्य प्रस्तुत गरिएको थियो ।  पुष्पा पौडेलको अध्यक्षता, माया थापाको सञ्चालन तथा गुमा रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.