बहराइन । बहराइन नेपाली एकता समाजअन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील तिजी तथा महिला केन्द्रीय विभागकी सदस्य शशी थापाको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिव देवनारायण पोख्रेल तथा बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्कीको आतिथ्यमा अगस्त २७, २०२२ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रगतिशील तिजी कार्यक्रमको महत्त्व, त्यसको पृष्ठभूमि र महिला विभागकी केन्द्रीय सदस्य शशी थापाको बिदाइबारे बोल्ने वक्ताहरूमा महिला समितिबाट सृजना थापा, बहराइन नेपाली एकता समाजका सल्लाहकार दलबहादुर गाहा, एकता समाजका नेताहरू पृथ्वी कुमाल, धनबहादुर ठेगा र पूर्व सल्लाहकार तेजमान सिँजालीसमेत हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा महिला विभागकी केन्द्रीय सदस्य शशी थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर बिदाइ गरिएको थियो ।
सचिव जङ्ग् चौहानको सञ्चालन तथा महिला विभागकी अध्यक्ष बिस्नु ठकुरीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई कमल विकले स्वागत गर्नु भएको थियो ।



