• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कम्युनिस्ट अन्तर्राष्ट्रिय–१९२० को मान्यता


  •   शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    त्यतिखेर लेनिनको नेतृत्वमा रुसमा बोल्सेभिक पार्टी सत्तासिन भइसकेको थियो । एउटै देशमा पनि समाजवाद स्थापना गर्न सकिन्छ भन्ने लेनिनको भनाइ त्यतिबेला पुष्टि भएको थियो । त्यतिखेरको विश्वमा जर्मन कम्युनिस्ट पार्टी सही नीति अँगाल्न नसकेकाले पछि परेको अवस्था थियो । त्यस्तो अवस्थामा आफ्नो दोस्रो महाधिवेशनमा प्रस्तुत र पारित दस्तावेजमा तल उल्लेखित विषय बताइएको थियो ।

    Advertisement

    अहिले त्यो समय बितेको एक सय वर्षभन्दा बढी भइसकेको छ । ती मान्यता अहिले पनि सान्दर्भिक छन् । रुसमा प्रतिगमन भइसकेको छ । चीनमा सत्ता कब्जा गरेर २७ वर्ष सञ्चातन गरेर पनि प्रतिक्रान्ति भएको ४७ वर्ष भइसकेको अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थाबाट फेरि अगाडि बढ्ने प्रयत्न गरिरहेको अवस्थामा समेत ती मान्यता अध्ययन र मनन् गर्न आवश्यक छन् ।

    १. हाम्रा उद्देश्य भनेको बुर्जुवा सत्तालाई ध्वस्त गरी सर्वहारा वर्गको नयाँ सत्ता निर्माण गर्ने हो । त्यसका लागि सर्वहारा वर्गको नेतृत्वमा आन्दोलनको उत्थान गर्नुपर्छ । त्यसको तयारीस्वरूप सिधै राजनीतिक र प्राविधिक तयारीतिर लाग्नुपर्छ । वर्तमान समयमा कम्युनिस्टद्वारा गरिने संसद्को उपयोग विगतको जस्तो छैन । विगतको खास खास समयमा कामदारको जीवन स्तरमा सुधार र प्रगति गर्न सके जस्तो पनि अहिलेको अवस्थामा त्यस्तो सङ्घर्षको रूप हुन सक्दैन । राजनीतिक जीवनको केन्द्रविन्दु पूर्ण र अन्तिम रूपले नै संसद्को सीमाभन्दा टाढा पुगिसकेका छन् ।

    २. अहिलेको अवस्थामा बुर्जुवा वर्ग कामदार वर्गको सम्बन्धद्वारा र बुर्जुवाभित्रकै जटिलता समाधानका लागि संसद्को माध्यम प्रयोग गर्न बाध्य भएका छन् । उनीहरूका अगाडि पनि त्यस्तो बनिबनाउ उपाय नभएकाले कहिलेकाहिँ अथवा सकेसम्म आयु लम्बाउने उपाय मात्र उनीहरूका अगाडि भएको हो । संसद्मा विभिन्न गुटले सत्ताका लागि शक्ति प्रदर्सन गर्दै बुर्जुवा वर्गका कमजोरीबाट फाइदा उठाउने गर्छन् । त्यसका साथसाथै आफूहरूले फाइदा उठाउन सम्झौता र मोलतोल पनि गर्ने गर्छन् ।

    ३. कामदार वर्गको ऐतिहासिक कार्य भनेको सम्झौता तोड्दै, भत्काउँदै र सर्वहारा सत्ताका नयाँ अङ्गद्वारा विस्थापित गर्दै शासक वर्गको हातबाट संसदीय शासन कब्जा गर्नु हो । क्रान्तिकारी विचारको व्यापक प्रचार गर्ने, दुस्मनको मुकुन्डो उघारिदिने र जनसमुदायको विचारधारात्मक लगावलाई अगाडि बढाउने गतिविधि निरपेक्ष रूपले नै संसद्बाहिर हुने जनसङ्घर्षका लक्ष्य र कार्यको अधिनस्त हुनुपर्छ ।

    ४. संसद् भनेको राज्यको निश्चित रूप हो । त्यसकारण यो साम्यवादी समाज, जसमा न त वर्गहरू, न वर्गसङ्घर्ष, न कुनै किसिमको राज्यसत्ता नै हुन्छ, त्यसको रूप हुनु सम्भव नै छैन । बुर्जुवा संसद् भनेको बुर्जुवा राज्ययन्त्रको एकदमै महत्त्वपूर्ण साधन हो । आम बुर्जुवा राज्यलाई सर्वहरा वर्गको पक्षमा बनाउन सकिन्न र गणतन्त्रात्मक होस् अथवा संवैधानिक राजतन्त्रात्मक होस सर्वहारा वर्गको काम नेको त्यसलाई र त्यसका संसदीय संस्थालाई ध्वस्त गर्दै त्यसको ठाउँमा वैकल्पिक सरकार बनाउने हो तर प्रतिगमनबाट जोगाउने काममा पनि कम्युनिस्टहरू सजग र सर्तक हुनुपर्ने आफ्नै काम हो । बुर्जुवा राज्ययन्त्रलाई भत्काउने आधार नभएको अवस्थामा भने आधार तयार गर्ने नै हो । आफ्नो वैकल्पिक सरकार बन्ने अवस्था नभए प्रतिगमनबाट बचाउनैपर्ने हुन्छ ।

    ५. मुख्य रूपले क्रान्तिकारी विचारको व्यापक प्रचार गर्ने, संसदीय गतिविधिले वर्गदुस्मनको संसदीय मञ्चबाट मुकुन्डो उघारिदिने र विशेष रूपले पिछडिएको क्षेत्रका जनताले आदर गर्ने संसद्लाई, जसले प्रजातान्त्रिक भ्रम राखेको हुन्छ । त्यसलाई वैचारिक रूपले नष्ट पार्ने काम गर्नुपर्छ । त्यसका लागि संसद् बाहिर हुने जनसङ्घर्षको लक्ष्य र कार्यलाई आफ्नो नेतृत्वको अधिनस्त राख्नुपर्छ ।

    ६. कम्युनिस्टले स्थानीय सरकारी निकायमा बहुमत प्राप्त गरेर निम्न काम गर्नुपर्छ ः क. बुर्जुवाको केन्द्रीय प्राधिकारसँग लड्नका लागि क्रान्तिकारी विपक्ष निर्माण गर्ने । ख. सबभन्दा गरिब जनसङ्ख्यालाई हरसम्भव तरिकाले सहयोग गर्ने । ग. बुर्जुवा राज्यसत्ताले सिर्जना गर्ने अवरोधको हरमौकामा भण्डाफोर गर्ने । घ. क्रान्तिकारी प्रचारलाई फैलाउन दृढ निश्चयी अभियान चलाउने ।

    ७. चुनावी अभियानलाई सर्वहारा नारा वरिपरि जनसमुदायको परिचालन गर्ने रूपमा सञ्चालन गर्नुपर्छ ।

    ८. संसद्लाई कसरी प्रयोग गर्ने भन्दा संसद्बाहिर रहेको राज्यसत्ताका लागि हुने सङ्घर्षको केन्द्रविन्दुलाई सर्वहारा अधिनायकत्व र जनसङ्घर्षलाई मूर्त बनाउने प्रश्न मुख्य हुन्छ ।

    ९. कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले र उनीहरूका वर्षका व्यावहारिक कार्यले मजदुर वर्गप्रतिको इमान्दाररितालाई प्रमाणित गरेका मानिसको उम्मेदवारीलाई स्वीकृत गर्नैपर्छ ।

    १०. कम्युनिस्ट पार्टीका संसदीय प्रतिनिधि प्रचार, आन्दोलन र सङ्गठनका उद्देश्यका लागि नियमित रूपले प्रस्तुत हुनुपर्छ । सङ्गठनका लागि प्रचार कार्यको जिम्ेवारी लिन तयार हुनुपर्छ । वैधानिक होस् या अवैधानिक कम्युनिस्ट पार्टीप्रति जिम्मेवार हुनुपर्दछ । एक वा दुई जना मात्र सभासद भए पनि पँुजीवादका लागि चुनौति बन्नुपर्छ ।

    कम्युनिस्ट अन्तर्राष्ट्रियका उपर्युक्त दसओटा बुँदाप्रति ध्यान दिँदा र हामी आआफ्नो स्थानबाट त्यसमा ध्यानकेन्द्रित गर्दा लाग्छ, हामी कम्युनिस्ट पार्टीको आदर्शसम्म पुग्न धेरै काम बाँकी छ । हाम्रो देशका कम्युनिस्ट क्रान्तिकारी बिल्ला भिरेका धेरै कामरेडहरू गहिराइमा पुगेर होइन, सतहमा नै रहेका छन् । उनीहरू क्रान्तिकारी कामका लागि होइन, कुराका लागि क्रान्तिकारी भएका छन् । उनीहरू आफ्ना लागि होइन, अरूका लागि क्रान्तिकारी भइदिएका हुन् । त्यस्ता सतही क्रान्तिकारीहरू वास्तविकताको कसीमा घोटिन योग्य छैनन् । उनीहरूलाई आफ्नो स्वार्थका लागि सत्ता चाहिएको छ । जनताको मुक्तिका लागि आफू सत्तासिन भएकै होइनन् । आफ्ना अवसरवादी स्वार्थ अरूले बोकेर सत्तामा पुगेका हुन् । समाजको आमूल परिवर्तन अरूले गरिदिनुपर्छ । काम गरेर होइन, अरूलाई काम गराएर आफू नेतृत्वमा रहन नेता भइदिएका छन् । न उनीहरूलाई जनताको विश्वास छ, न जनतालाई उनीहरूप्रति विश्वास छ । त्यसकारण जनताको विश्वास जित्न बुर्जुवा सत्ताको चास्नीमा डुबेर होइन, जनताका बिचमा काम गरेर विजयी बन्न सक्नुपर्ने पाठ त्यो मान्यताले पढाएको छ । आफूले आफ्नो श्रम बेचेर खर्च चलाउने र जनताको राजनैतिक चेतना उच्च बनाउन समय बचाउने दुवै काम गर्न अभ्यस्त नभएसम्म कम्युनिस्ट आदर्श कायम राख्न नसकिने भनेर स्पष्ट पारेको छ ।

    पहिलो कुरा राज्यसत्तालाई बुर्जुवाको हातबाट जनतको हातमा ल्याउने आन्दोलन नेतृत्व प्रतिकृयावादी र अवसरवादीले गर्दैनन् । दोस्रो कुरा जनताको आन्दोलनमा सहभागी नहुने कारण उनीहरूको राजनैतिक चेतनास्तर निम्न भएकाले हो । त्यसैले जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन आवश्यक छ । बुर्जुवा र अवसरवादीले जनताको पिछडिएको राजनीतिक चेतनाबाट फाइदा उठाउँछन् र उठाइरहेका छन् । जनवादीहरूले तिनीहरूको भण्डाफोर गरेर आफूहरू जनताको साथ र सहयोगमा रहन सक्नुपर्छ । यो काम दीर्घकालीन प्रकृतिको काम भएको हुनाले आत्तिने, ढुलमुल हुने अथवा आफूले पनि अवसरको उपयोग गर्नेतिर लाग्ने हो भने फेरि फेरिका लागि पनि त्यही काम बाधक सावित हुन्छ । जहाँसम्म निम्नतम आवश्यकता पूरा गर्ने काम हो, त्यो यही समाजमा श्रम गरेर पूरा गर्नुपर्छ । त्यसैले श्रम गरेर समय बचाउने र जनताका बिचमा जाने काम जीवन भएको समयतालिकामा पार्नैपर्छ ।

    कम्युनिस्ट पार्टी कार्यकर्ताको आधारमा टिक्ने पार्टी हो । आफूले उच्च सुविधाको महत्त्वाकाङ्क्षा राख्दा कार्यकर्ता निम्न सुविधामा काम गर्न राजी र खुसी हुन्नन् । त्यसैले कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको काँधमा महान् जिम्मेवारी छ भन्ने कुरामा आफू विश्वस्त हुन जरुरी छ । जनताको आन्दोलन उठेकै बेलामा जनसेनाको विस्तार गरेर परम्परागत राज्यसत्तालाई लडाइँबाट हराउनुपर्ने भएको हुनाले लेनिनले महान् जिम्मेवारी भनेर बयान गर्नुभएको छ । जनताले बुर्जुवा राज्यसत्ताबाट नै आफ्नो मुक्ति हुन सक्ने विचार राखे पनि कम्युनिस्ट कार्यकर्ता आमूल परिवर्तनको अनिवार्यता विचार र व्यवहारमा राखेर अघि बढ्ने कामको विकल्प अर्काे छँदै छैन ।

    राज्यसत्ता अहिले पनि आवश्यक छ । अनुशासनविहीनता र अराजकताले काम चल्दैन । अनुशासन सङ्गठित शक्तिले पनि विकास गर्न आवश्यक छ । वर्तमान अराजकता समाजलाई उच्च अनुशासित समाजमा रूपान्तरण गर्ने हो । समाजको एउटाले अर्काेलाई गर्ने शोषणको बदला सबैले योग्यताअनुसार काम र कामानुसार दामको व्यवस्था गरेर मान्छे मान्छेबिच मायाप्रेम र सद्भावको विकास गराउने काम पनि कम्युनिस्टकै हो । स्थानीय तहमा काम गर्ने भनेको जनतासँग प्रत्यक्ष सहभागी भई गर्ने काम हो । त्यहाँ काम गर्दा बुर्जुवा राज्यसत्ताको सशक्त विरोध गर्दै शक्ति निर्माण र परिचालन गर्नुपर्छ । त्यसका लागि चारओटा काम गर्न आवश्यक छ । पहिलो– आफ्नो पत्रिका व्यापक जनताबिच पु¥याउने; दोस्रो– आफ्ना पार्टीका नेताको भाषण सुनाउन सबै जनता जम्मा गरेर सुनाउने; तेस्रो– आफ्ना प्रशिक्षक बोलाएर कार्यकर्ताबिच प्रशिक्षण सञ्चालन गर्ने र चौथो जनवादी संस्कृतिको व्यापक प्रचार गर्ने ।

    यिनी काम गर्दै सामूहिक श्रम र सामूहिक अर्थतन्त्र निर्माणका लागि काम अगाडि बढाउने, बुर्जुवा राज्यसत्ता विरुद्ध जनतालाई आन्दोलन उठाउन व्यापक प्रयतन गर्नु पनि कार्यकर्ताको भूमिकाअन्तर्गत नै पर्दछ । अवसरवादी नेताहरूको साथ र सहयोगमा रहेका जनतालाई आफ्नो साथ र सहयोगमा ल्याएर अवसरवादीलाई सेनाबिनाको सेनापति र आफूहरू सेनासहितका सेनाप्रति बन्ने काम पनि स्थानीय तहका विजयी कार्यकर्ताको जिम्माअन्तर्गतको काम हो ।

    हामीले काम गर्ने जनताको चेतना स्तरको आधारमा हो । आफ्नो उच्च चेतनास्तरको आधारमा योजना बनाउँदा जनताबाट टाढा पर्न सकिन्छ । त्यसैले जनताको चेतनालाई मान्यता दिएर उच्च बनाउन लाग्नुपर्छ ।

    क्रान्तिकारी कार्यकर्ताहरूले चुनाव प्रचार अभियानलाई सङ्गठन व्यवस्थित बनाउने अभियानको रूपमा अघि बढाउनुपर्छ । पाटीकेन्द्रले उम्मेदवारी छनौट गर्दा बितेका समयमा त्यो व्यक्तिले गरेका काममध्ये निरन्तरता, दृष्टिकोण र वर्गीय इमानदारिता तीनओटा विषयमा ध्यान दिएर उम्मेदवार बनाउनुपर्छ, ताकि विजय भएपछि जनताबिच काम गरेर बुर्जुवा सत्ताको सशक्त विरोधी जनमत निर्माण गरेर आन्दोलन उठाउन सकोस् ।

    वर्तमान समयको भूमिगत कम्युनिस्ट पार्टी र जनताबिच खुला काम गर्ने वैधानिक मोर्चा दुवैबिच तालमेल मिलाएर र जनवर्गीय मोर्चालाई सक्रिय बनाएर क्रान्तिकारी जिम्मा पूरा गर्नु/गराउनुपर्दछ । जहाँसम्म आमूल परिवर्तनको सवाल हो, त्यो कुनै बहादुर व्यक्ति अथवा कुनै पार्टीको चाहनामा भर पर्ने कुरा होइन । आन्तरिक बाह्य परिस्थिति अझ मुख्य गरी लामो आन्दोलनबाट खारिएको कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुसङ्ख्यक जनता सहभागी भएको आन्दोलनले निश्चित गर्ने विषय हो । शासकको क्षमताभन्दा बाहिर पुगेको जनताको विश्वास शासकप्रति नभएको मात्रै होइन, वैकल्पिक सत्ताका लागि जनताको साथ र सहयोगसहितको सशक्त आन्दोलन मात्रै होइन, कम्युनिस्ट पार्टीले ठोस अवस्थाको ठोस विश्लेषणसहित उच्च स्तरको आन्दोलनको नेतृत्व गरेको अवस्था हुन जरुरी छ ।

    आमूल परिवर्तन वर्गीय मुक्तिको सुरुवात भएको हुनाले सर्वसाधारण जनताको मुक्ति आमूल परिवर्तन राज्यसत्तामा भई सर्वहारा वर्गको नेतृत्वमा सरकार बनेपछि सुरु हुने भए पनि कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पहिल्यै मुक्त भइसकेको हुन जरुरी छ । त्यो भनेको श्रम बेचेर खर्च टार्ने अवस्थाका नेता–कार्यकर्ताले मात्र जनताको मुक्तिको अगुवाइ गर्न सक्दछन् ।

    शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.