खिमराज चालिसे, चंडिगढ ।
घरमा श्रीमती र दुई छोराछोरी छोडेर युवती लिएर भारत पसेका एक युवकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी सुरु गरेको छ ।
दाङको लमही नगरपालिका वार्ड नम्वर ५ निवासी रामप्रसाद भट्टराईको छोरा विश्व भट्टराईले घरमा श्रीमती र दुई छोराछोरीलाई छोडेर साउन २५ गते प्युठानको ऐरावती गाउँपालिका–४ तिल्लकेनीकी खगिसरा गुरुङलाई लिएर नेपालगञ्ज हुँदै भारत पसेका हुन् ।
भट्टराई परिवारले युवायुवतीको खोजी सुरु गरेको छ भने खोजतलासका लागि मूल प्रवाहलाई आग्रह गरेको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईका अनुसार उनीहरु दुवैजना हिमाञ्चल प्रदे को सिमला पुगेको थाहा लागेको छ । उनीहरु भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा त्रिभुवन भट्टराईलाई +९१९४१४९४८७९० मा खबर गरिदिन अनुरोध गरिएको छ । फेला पार्ने व्यक्तिलाई उचित इनाम दिने परिवारका सदस्यले जनाएका छन् ।

