• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कम्युनिस्ट पार्टीको पुनर्निर्माण कसरी गर्ने ?


  •   शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    पार्टी कार्यकर्ताको मूल्याङ्कन गर्दा सर्वप्रथम उनीहरूको क्रान्तिकारी दृष्टिकोण र नैतिकताको विकासलाई नै आधार बनाउनुपर्छ । क्रान्तिकारी विश्व दृष्टिकोण भनेको समाज जस्तो छ, त्यस्तै बुझ्न सक्ने र त्यसको आधारमा विश्लेषण गर्न सक्ने हुने हो ।

    Advertisement

    समाज आफै क्रान्तिकारी छैन । त्यो समाजको नेतृत्व परम्परागत छ । क्रान्तिकारीले त्यो समाजमा आमूल परिवर्तनसहितको आफ्नो नेतृत्व स्वीकार गराउन सक्नुपर्छ । धनसम्पत्ति आफ्नो नामा दर्ता गराएर आफू सुविधासम्पन्न हुने र आफ्नो नाममा सम्पत्ति दर्ता गर्न नसकेकामाथि आफ्नो हैकमसहित शासनसत्ता सञ्चालन गर्न सक्ने गरी विश्व दृष्टिकोण बनेको हुन्छ । त्यसमा आमूल परिवर्तन गरी धनसम्पत्ति आर्जन र सुविधासम्पन्नता एक जनाको प्रयत्नले हुने काम होइन । यो कामको प्रकृति सामूहिकतामा आधारित छ । हजारौँ हजार जना श्रमजीवीको प्रयत्नबाट धनसम्पत्तिको निर्माण र परिचालन सम्भव भएको हो तर सामाजिक व्यवस्था खराब भएका कारण त्यसलाई व्यक्तिगत स्वामित्वमा दर्ता गर्ने गरिएको हो । त्यसबाट सम्पत्ति हुने र नहृनेहरू मात्र होइन, थोरै सम्पत्ति हुने र धेरै सम्पत्ति हुने गरी समाजमा परस्पर विरोधको बिउ फैलाएको छ । त्यति मात्र होइन, सम्पत्ति धेरै हुनेको साथ–सहयोगमा रहेर काम गर्ने अथवा सम्पत्ति थोरै हुने वा सम्पत्ति नहुनेहरूको सङ्गठित स्वरूप निर्माण गरेर समानताका लागि सचेत, सतर्क हुँदै आन्दोलन उठाएर शासनसत्ता कब्जा र परिचालन गर्न सक्ने अवस्थामा पुग्ने भन्ने विषयमा धारणाको स्पष्टता दृष्टिकोणसँग सम्बन्धित विषय हो ।

    जहाँसम्म नैतिकताको विकासको प्रश्न हो, त्यो वर्गीय विश्व दृष्टिकोणको मातहतमा निश्चित हुने विषय हो । वर्गीय विश्व दृष्टिकोण परस्पर विरोधी छ । एउटा वर्गका लागि कुनै काम नैतिकता असल भएको हुन्छ भने त्यसको विरोधी वर्गका लागि असल नहुने र खराब हुने मात्रै हुन्न, अनैतिक भएको हुन्छ ।

    इतिहासका निर्माता जनता हुन् भनेर हामीले पटक पटक भन्दै आइरहेका छौँ तर जनता आफै सक्षम, सङ्गठित र क्रान्तिकारी हुन्नन् । त्यसका लागि क्रान्तिकारी नैतिक आचरण भएको पार्टी, नेता र कार्यकर्ताको निर्देशनमा मात्र जनताले क्रान्तिकारी काम गर्छन् तर पनि इतिहासको निर्माता त आखिरमै जनता नै हुन् ।

    अब कुरा आउँछ, सत्य के हो ? सत्य आफै पनि विरोधी हुन्छ । जस्तो सूर्य पूर्वमा भएको सत्य हो । साथै पश्चिममा भएको पनि सत्य नै हो । जबकि पूर्व र पश्चिम विरोधी दिशा हुन् । हामीले आफ्नो दिमाग लगाएर छुट्याउने हो भने सूर्य पूर्वमा हुन्छ, हुनुपर्दछ र त्यो सत्य हुन्छ । बेलुकी हो भने सूर्य पश्चिममा हुन्छ, हुनुपर्छ र त्यो सत्य पनि हुन्छ । त्यसकारण समय, अवस्था, परिस्थितिअनुसार सही पनि अथवा गलत पनि हुन सक्छ ।

    माक्र्सले परिस्थितिको विश्लेषण गरेर पेरिस कम्युनका लागि सङ्घर्ष गर्ने काम सही नहुने निर्देशन दिएका थिए । त्यो सही थियो । फेरि बहुमत पेरिसबासीको सहयोग र समर्थन पाएपछि पेरिस कम्युन स्थापना भयो । त्यो पनि सही थियो । अझ अगाडि जाँदा पेरिस कम्युनका लडाकु मजदुर एक हप्तासम्म लडेर ७२ दिनको पेरिस कम्युनले हार स्वीकार गर्यो । माक्र्सले स्वर्ग कब्जा गर्न गरेको प्रशंसनीय कार्य भनेर बयान गरे । त्यो पनि सही थियो । ती परस्पर विरोधी कार्य सही हुनाको कारण जनताको सहभागिता र लडाकुले रोजेको क्रान्तिकारी उपाय दुवै कारणले परस्पर विरोधी दुवै काम सही थिए ।

    इतिहासका निर्माता जनता हुन् भनेर हामीले पटक पटक भन्दै आइरहेका छौँ तर जनता आफै सक्षम, सङ्गठित र क्रान्तिकारी हुन्नन् । त्यसका लागि क्रान्तिकारी नैतिक आचरण भएको पार्टी, नेता र कार्यकर्ताको निर्देशनमा मात्र जनताले क्रान्तिकारी काम गर्छन् तर पनि इतिहासको निर्माता त आखिरमै जनता नै हुन् ।

    सङ्गठनात्मक रूपले मात्र कम्युनिस्ट बन्ने तर सर्वहारा चरित्र वा नैतिकता, आचरणमा नेताह भ्रष्ट, अवसरवादी र गद्दार बनेर जाने गरेका हुन् । क्रान्तिकारी नैतिकता आफै बनिबनाउ हुने होइन, लामो समयको प्रयत्न, अध्ययन र आफ्ना सहभागीसँगको व्यवहारको सिलसिलामा विकास हुँदै जाने हो । आफू नेता नभई नहुने तर नेतृत्व गर्ने क्षमताको विकास गर्न ध्यान नदिने गरेका कारण खराब नतिजा देखिन्छ ।

    पार्टी विविधताको एकता हो । पार्टीजीवनको सुरुमा काम गरेका कारणले मात्र उनीहरूको व्यक्तित्वको बाह्य पक्ष माथि उठ्ने भए पनि आन्तरिक पक्ष विकास भएको हुन्न, निम्न पुँजीवादी र गैरसर्वहारा नै रहिरहेको हुन्छ । त्यही साँचोमा पार्टीनिर्माण गर्दैगर्दा कम्युनिस्ट पार्टीको सिङ्गै परम्परालाई विकृत बनाएका हुनाले पार्टीलाई त्यो पूरै अतीतबाट मुक्त गरेर अघि बढ्न पार्टीलाई सांस्कृतिक क्रान्ति नै आवश्यक परेको छ ।

    एक्लै अथवा एक जनाको प्रयासले मात्रै क्रान्तिकारी नैतिकताको विकास हुन सक्दैन । सचेत सर्वहारा वर्गले आफ्नो दैनिक जीवनमा उत्पादक श्रम गर्नुका साथै समय बचाएर पार्टीले दिएको जिम्मा पूरा गर्ने सिलसिला विकास हुने र विकास गर्नुपर्ने चरित्र हो । त्यो बनिबनाउ हुन्न । फेरि सर्वहारा पनि सचेत, सङ्गठित र अनुशासित भएर मात्र पुग्दैन, निम्न पुँजीपति वर्गसँग एकता–सङ्घर्ष–एकता गर्दै जाँदा आफूले र अरूसमेतले गर्ने आत्मालोचना र आलोचनाको सिलसिलामा खारिँदै सुधार गर्दै गर्दा विकास हुने चरित्र हो । क्रान्ति गर्नु भनेको आमूल परिवर्तन गर्नु हो । विचार, विश्व दृष्टिकोण, नैतिक चरित्र, अध्ययन, आफ्ना सहभागी मित्र र शत्रुसँगको व्यवहारसमेत सबैमा आमूल परिवर्तन गर्ने कामले मात्र पुग्दैन, राज्यसत्तामा समेत आमूल परिवर्तन गरेर प्रतिगमनबाट रोक्न गर्ने कृयाकलापकै सिलसिलमा क्रान्तिकारी नैतिकता विकास हुने र गर्दै जाने चरित्र हो । जहाँसम्म के के गर्ने र के नगर्ने भन्ने नैतिकताको प्रश्न हो, जनताको राजनैतिक चेतना उठाउने र आन्दोलनमा सहभागिता बढाउँदै जाने काम आफ्नो नेतृत्वमा सम्पन्न गर्ने/गराउने गर्दा परिआउने समस्या समाधानका लागि अध्ययन र प्रयोग गर्ने हो ।

    पार्टी विविधताको एकता हो । पार्टीजीवनको सुरुमा काम गरेका कारणले मात्र उनीहरूको व्यक्तित्वको बाह्य पक्ष माथि उठ्ने भए पनि आन्तरिक पक्ष विकास भएको हुन्न, निम्न पुँजीवादी र गैरसर्वहारा नै रहिरहेको हुन्छ । त्यही साँचोमा पार्टीनिर्माण गर्दैगर्दा कम्युनिस्ट पार्टीको सिङ्गै परम्परालाई विकृत बनाएका हुनाले पार्टीलाई त्यो पूरै अतीतबाट मुक्त गरेर अघि बढ्न पार्टीलाई सांस्कृतिक क्रान्ति नै आवश्यक परेको छ । जिम्मेवारी पूरा गर्दै जाने सिलसिलामा योग्यता बढ्दै जाने हो । पहिलेको निम्न स्तरको योग्यतामा सुधार हुँदै जाने हो । आफू पुरानो योग्यतामा होइन, सुधारिएको उच्च योग्यतामा चल्दै जाने हो ।

    माओले सबै फूललाई फुल्न देऊ; सबै विचारलाई प्रतिस्पर्धा गर्न देऊ भन्दा अवसरवादी र प्रतिकृयावादीको विचारलाई पनि प्रतिस्पर्धा गर्न दिने अर्थ लगाएका थिए तर विषालु झारपातलाई उखेलेर हटाऊ भन्ने कुराको ख्यालै गरेका थिएनन् । त्यसकारण हामीले पनि कुराका लागि कुरा गर्ने व्यक्ति र कामका लागि कुरा गर्ने व्यक्तिका विचारलाई अलग अलग ठाउँमा व्यवस्थापना गर्न सिक्नुपर्छ । जहाँसम्म अन्तरविरोधको कुरा हो, संसोधनवादीले समाजवाद, साम्राज्यवाद र राष्ट्रिय मुक्ति आन्दोलनबिचका अन्तरविरोधलाई प्रधान अन्तरविरोध ठान्दछौँ । हाम्रो जस्तो देशमा राष्ट्रियता र प्रजातन्त्रका कुरा गर्दै गर्ने गरेर देश र जनतालाई भ्रममा पारेर आफू नेता बन्ने चलाक प्रशस्तै छन् । प्रजातन्त्र र राष्ट्रियताको नाराको वास्तविकता छुट्याउने कसौटी किसान क्रान्तिप्रति उनीहरूको दृष्टिकोण गलत हुन्छ । त्यतातिर ध्यान दिँदा खालि जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन खोजेको स्पष्ट बुझ्न सकिन्छ ।

    नेपालको विशिष्ट प्रकारको परिस्थितिमा प्रजातन्त्र वा राष्ट्रियता कुनै एक पक्षमाथि ध्यान केन्द्रित गरेर अर्काे पक्ष गौण ठान्ने प्रवृत्ति सही हुन्न । सामन्तवाद या साम्राज्यवादमध्ये कुनै एउटासितको अन्तरविरोधलाई प्रधान सम्झने विचार नेपालको विशिष्ट प्रकारको परिस्थितिमा गलत हो । नेपालमा कुनै देशले खुला आक्रमण गरेको भए राष्ट्रियतालाई नै प्रथम स्थानमा राख्नुपर्ने हुने थियो । हाम्रो राष्ट्रिय स्वतन्त्रताका लागि दक्षिणतिरको भारतले मित्रवत व्यवहार नगर्ने र राष्ट्रियतामाथि गिद्धे नजर लगाउने भएकाले प्रजातन्त्रको प्रश्नलाई प्राथमिक स्थानमा राख्न सकिन्थ्यो । हाम्रो देशको राजनीतिमा कैयौँ यस्ता जटिलता थपिएका छन्, जसले गर्दा हामीले राष्ट्रियता र प्रजातन्त्रमध्ये कसैलाई पनि गौण स्थानमा राख्न सकेनौँ । त्यसकारण हामीले हाम्रो सङ्गठन पुनर्निर्माण गर्दा यी सबै कुरामा ध्यान पुर्याउनैपर्ने हुन्छ ।

    हरेक वस्तुको आफ्नो निश्चित नियम भए जस्तै सङ्गठनको पनि आफ्नो निश्चित नियम हुन्छ । माक्र्सवादी–लेनिनवादी पार्टीको नियमका दुई पक्ष छन् । पार्टी सदस्यताका लागि पार्टीको राजनीति स्वीकार गर्ने, प्रत्येक महिना तोकिएको निश्चित रकम पार्टीमा बुझाउने र कुनै समितिमा सम्मिलित भएर सङ्गठनले दिएको जिम्मा पूरा गर्ने—यो पहिलो आवश्यक सर्त हो ।

    वर्गीय मुक्तिका लागि वर्ग लड्नुपर्छ । राष्ट्रिय मुक्तिका लागि त्यो देशका जनता लड्नुपर्छ । जनताले धर्म मान्छन्; राजा मान्छन्; धनीलाई मान्छन्; नेतालाई मान्छन् । समग्रमा अरूलाई मान्छन् । आफूलाई केही गर्न नसक्ने, भाग्यमा भर पर्ने, स्वर्ग, नर्क, अघिल्लो पछिल्लो जुनीलाई मान्ने गर्दै आफूले केही गर्न नसक्ने निरीह एक्लो मान्दछन् । त्यो अवस्थामा पनि आमूल परिवर्तन गरेर म समाजको एउटा जिम्मेवार सदस्य हुँ, देश बचाउने, देशमा न्यायको स्थापना गराउने, जनताको शासन स्थापित गराउने काममा मेरो महत्त्वपूर्ण भूमिका हुन सक्छ भन्न सक्ने अवस्थामा पु¥याउन पनि सङ्गठन र सचेत प्रयत्न आवश्यक पर्दछ ।

    हरेक वस्तुको आफ्नो निश्चित नियम भए जस्तै सङ्गठनको पनि आफ्नो निश्चित नियम हुन्छ । माक्र्सवादी–लेनिनवादी पार्टीको नियमका दुई पक्ष छन् । पार्टी सदस्यताका लागि पार्टीको राजनीति स्वीकार गर्ने, प्रत्येक महिना तोकिएको निश्चित रकम पार्टीमा बुझाउने र कुनै समितिमा सम्मिलित भएर सङ्गठनले दिएको जिम्मा पूरा गर्ने—यो पहिलो आवश्यक सर्त हो । त्यति जिम्मा पूरा नगरे पार्टी सदस्यता कायम रहन्न । दोस्रो पक्ष, पार्टी परिचालनमा जनवादी केन्द्रीयताको पालना गर्ने । यिनी दुवै पक्षमा अनुशासनको दायराभित्र काम गर्न नसक्ने हुनाले सबै साधारण जनता कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैनन् तर पनि कम्युनिस्ट पार्टी सर्वसाधारण जनताको पक्षमा काम गर्ने पार्टी हो । साथै कम्युनिस्ट पार्टी कार्यकर्ताको भरमा टिक्ने पार्टी हो । पार्टी जनवादी केन्द्रीयताको आधारमा सञ्चालन हुने पार्टी हो ।

    जनवादी केन्द्रीयता दुवैतिर धार भएको हतियार हो । एउटा जनवादको धारले उपल्लो समितितिर फर्केर काट्ने काम गर्छ भने अर्काे केन्द्रीयताको धारले तल्लो समितितिर फर्केर काट्ने काम गर्दछ । दुवै पक्षको आआफ्नो क्षमता प्रयोग गरेर पार्टी गतिशील भएको हुन्छ । माथिल्लो समितिको व्यक्तिले केन्द्रीयता लागु गर्न सक्नुपर्छ भने तल्लो समितिको व्यक्तिले जनवादको प्रयोग गर्दै केन्द्रीयताको मातहतमा काम गरिरहेको हुनुपर्छ ।

    कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत सञ्चालन हुने पार्टी हो । सर्वहाराले भनेको हुने, गैरसर्वहाराले भनेको नहुने बनाउन सक्नुपर्छ । तब त्यो सर्वहारा वर्गको अधिनायकत्व भएको पार्टी हुन्छ । सचेत, सङ्गठित, अनुशासित र नेतृत्वदायी क्षमता भएको लामो आन्दोलनबाट खारिएको मुख्य नेता भई अवस्थाअनुसार पार्टी सञ्चालन हुन्छ ।

    पार्टी गतिशील हुने अन्तरविरोधबाट हो । पार्टीभित्र परस्पर विरोधी मान्छे हुन्छन् । बहुमत पक्षको निर्णय अल्पमत पक्षले मान्नुपर्ने भए पनि आफू बहुमतमा आउन पर्खनुपर्ने र कार्यकर्ताको मतले बहुमत पक्षलाई अल्पमतमा पार्ने तथा आफू बहुमतको नेतृत्व गर्न सक्षम हुने नेतृत्वको प्रतिष्पर्धाले गर्दा नै हो ।

    पार्टी गतिशील हुने अन्तरविरोधबाट हो । पार्टीभित्र परस्पर विरोधी मान्छे हुन्छन् । बहुमत पक्षको निर्णय अल्पमत पक्षले मान्नुपर्ने भए पनि आफू बहुमतमा आउन पर्खनुपर्ने र कार्यकर्ताको मतले बहुमत पक्षलाई अल्पमतमा पार्ने तथा आफू बहुमतको नेतृत्व गर्न सक्षम हुने नेतृत्वको प्रतिष्पर्धाले गर्दा नै हो । षड्यन्त्र र दुष्ट्याइँ भावना नराखिकन स्वस्थ प्रतिस्पर्धाका लागि दुवै पक्ष तयारी अवस्थामा रहनुपर्छ तर अवसरवाद र प्रतिकृयावादको स्थान कम्युनिस्ट पार्टीमा रहनुहुन्न । भयो भने सबै मिलेर हटाउनुपर्छ र परस्पर विरोधी पक्षबिच पार्टीभित्र एकता–सङ्घर्ष र एकताको आधारमा सन्तुलन कायम गरिएको हुन्छ ।

    एकता सर्तबद्ध, सापेक्ष, सामावेशी र अस्थायी हुन्छ भने सङ्घर्ष निरपेक्ष, झन् उच्च स्तरको हुने हुनाले प्रत्येक समय नयाँ नयाँ र उच्च स्तरको सन्तुलन कायम गर्दै अघि बढ्नैपर्ने हुन्छ । अन्तरविरोध पनि बढ्दै जाने अवस्थामा आआफ्नो श्रेष्ठता वा निषेधको अवस्था गरेर सन्तुलन गर्दै झन् उच्च स्तरको सङ्घर्षको तयारी गर्दै जानुपर्छ । त्यसो गर्नैपर्ने स्थिति पनि परिस्थितिले ल्याउँदै गर्छ तर नेपालमा आफ्नो योग्यता र क्षमताको आफैले मूल्याङ्कन गर्न नसकेका कारण अन्तरविरोध सञ्चालन गर्दै अल्पमत र बहुमत एउटै सिक्काका दुई पाटाजसरी सञ्चालन गर्नुको सट्टा अलग भएर छुट्टै चुलो तयार गर्ने चरित्र भएका कारण दर्जनभन्दा बढी व्यक्तिपिच्छे पार्टी गठन गरेको वास्तविक तस्बिर हाम्रो अगाडि छ । त्यसो गर्दा साम्राज्यवादी, कम्युनिस्ट विरोधी शक्तिलाई त सुपाले गर्ने काम बतासले नै गरे जस्तो खुसी भयो होला तर जनताका लागि भने दुर्भाग्य नै भएको छ ।

    शुक्रबार, भदौ ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.