• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

नागरिकता विधेयकले नेपालमा भारतीयको बहुमत पुग्ने खतरा पैदा भयो : सिंह


  •   बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतीय साम्राज्यवादको रणनीति अनुसार नै नेपालको संसदबाट नागरिकता विधेयक पास भएको बताउनुभएको छ ।

    Advertisement

    बिहीबार प्रतिनिधि सभाको बहुमतले नागरिकता विधेयक दोस्रोपटक पास गरेपछि महामन्त्री सिंहले सामाजिक सञ्जालमा लेख्दै भारतले आसपासका छिमेकी देशहरुमा आफ्नो प्रभूत्व कायम गर्ने नीति अपनाउँदै आएको र नेपालमा पनि त्यही रणनीति अपनाएर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।

    महामन्त्री सिंहले लेख्नुभएको छ, ‘भारतीय साम्राज्यवादले आफ्नो नागरिकता रणनीतिद्वारा आसपासका छिमेकी देशहरुमा आफ्नो प्रभूत्व कायम गर्ने नीति अपनाउदै आएको छ । श्रीलंकामा ठूलो संख्यामा तामेलहरुलाई पठायो र त्यहाँ लामो समयसम्म स्वतन्त्र तामिल राज्यका लागि संघर्ष चल्यो, यद्यपी अन्तमा त्यहाँ स्वतन्त्र तामिल राज्यको आन्दोलन असफल भयो । फिजीमा पनि ठूलो संख्यामा भारतीयहरु गएर त्यहाँका नागरिक बने । अन्तमा त्यहाँ एउटा भारतीय नै प्रधानमन्त्री बन्न पुगे । भारतले नेपालमा पनि त्यही रणनीति अपनाएर काम गरिरहेको छ ।’

    उहाँले भारतबाट निर्वाध रुपमा मानिसहरु नेपाल आउन पाउने अवस्थामा नागरिकता खुकुलो बनाएर सरकारले भारतको नागरिक रणनीतिलाई सफल पार्न मद्दत गरेको बताउनुभयो ।

    ‘भारतसित नेपालका तीन तिरका सिमाहरु खुला छन् र भारतीयहरू बिना कुनै नियन्त्रण नेपालमा आउन सक्छन् । नेपालमा आउने सबै भारतीयहरूले नेपालको नागरिकताको दावी गर्छन्’ सिंहले लेख्नुभएको छ, ‘नेपालका विभिन्न राजनीतिक पार्टी र सरकारहरुले समेत नेपालको नागरिकता ऐनलाई खुकुलो बनाएर भारतको नागरिक रणनीतिलाई सफल पार्न मदत पुर्याइरहेका छन् ।’

    यस्तै, उहाँले आज पारित भएको नागरिकता विधेयकले ठूलो संख्यामा अब भारतीयले नेपाली नागरिकता लिने र भारतीहरु बहुमतमा पुग्ने खतरा पैदा भएको बताउनुभएको छ । उहाँले नागरिकतामा भएको खुकुलो नीतिका विरुद्ध आवाज उठाउनसमेत जनतासित अपील गर्नुभएको छ ।

    सिंहले लेख्नुभएको छ, ‘आज नागरिकता विधेयकलाई संसदले बहुमतले पारित गरेको छ । त्यसको परिणाम स्वरुप ठूलो संख्यामा भारतीयहरु नेपालको नागरिक बन्ने वा नेपालको वंशज नागरिक बन्ने सम्भावना समेत बढेर गएको छ । त्यसको परिणाम स्वरुप निकट भविष्यमा नेपालमा बास्तविक नेपालीहरु अल्पमतमा पर्ने र भारतीयहरुको बहुमत हुने गम्भीर खतरा पैदा भएको छ । हामीले आज संसदले गरेको त्यस प्रकारको निर्णयको कडा शब्दमा विरोध गर्दछौँ र सम्पूर्ण जनतासित नागरिकता सम्बन्धि त्यस प्रकारको खुकुले नीतिका विरुद्ध आवाज उठाउन अपील गर्दछौँ ।’

    बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.