• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उपेन्द्र यादवद्वारा मन्त्री पदबाट राजीनामा


  •   मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
  • काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । यादवसँगै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका हुन् ।

    Advertisement

    संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञ टोली बनाउने प्रस्ताव अस्वीकृत भएको र २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति पालना गराउन वर्तमान नेकपा पछि हटेपछि मन्त्रीपदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादवले मंगलबारबाटै लागु हुने गरी राजीनामा दिएका हुन् ।

    २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम र तत्कालीन एमाले–माओवादीबीच भएको दुई बुँदे सहमतिका आधारमा आफू सरकारमा सहभागी भएको स्मरण गराउँदै उनले सहमति कार्यान्वयन नभएका कारण नैतिकताका आधारमा राजीनामा पत्र दिनुपरेको उल्लेख छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव अस्वीकार भए पछि उनले राजीनामा दिइएको बताइएको छ ।

    ‘उक्त प्रस्तावलाई अस्वीकार गरी दुईबुँदे सहमतिबाट सरकार पछाडी हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजैका मितिबाट लागु हुने गरी उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,’ राजीनामा पत्रमा भनिएको छ ।

    उनले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि विज्ञ समिति गठनको प्रस्ताव गरेका थिए । संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा रहेका अन्तरविरोधहरु सम्बोधन गर्न विज्ञ समूह गठन गर्नुपर्ने उनको प्रस्ताव थियो । उनले विज्ञ समूहबाट नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरिएको मस्यौदा माग गर्ने बताएका थिए ।

    ‘नेपालको संविधानको कार्यान्वयनका चार वर्षको अनुभवको आधारमा संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रका मूल आधार र मान्यताहरुलाई अझ कारगर रुपमा कार्यान्वयन गर्ने र प्राविधिक रुपमासमेत परिस्कृत र सुधार गर्न नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषयहरु पहिचान गरी संविधान संशोधनको मस्यौदा नेपाल सरकार समक्ष पेस गर्न संवैधानिक कानुनका विज्ञहरु रहेको एक् समिति गठन गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्तात पेस गर्न आवश्यक भएकोले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय ४२ बमोजिम यो प्रस्ताव पेस गरेको छु,’ यादवले पेस गरेको प्रस्तावमा भनिएको छ ।

    उनको प्रस्तावमा ख्यातिप्राप्त संविधान सर्वोच्च अदालतका पूर्व न्यायाधीशमध्येबाट सरकारले तोकेको व्यक्ति अध्यक्ष र नेपाल कानुन आयोगका अध्यक्ष, उपाध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तोकेका तीन जना संविधानविद् सदस्य तथा कानुन सचिवहरुमध्ये मन्त्रलयले तोकेको सचिव सदस्य सचिव रहने गरी विज्ञ समूह गठन गरिनुपर्ने उल्लेख छ । प्रस्तावमा उक्त समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले चार महिना रहने भनिएको थियो ।

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.