• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अनुशासन पालन गर्न नसक्नेले पलायनको बाटो समाउँछन् : केसी

"नाच्न गाउन मात्रै जानेर नपुग्ने कलाकारलाई सुझाव "

  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नाच्न र गाउन जानेर मात्रै रक्तिमको कलाकार बन्न नसकिने बताउनुभएको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले आफ्नो कलासँगसँगै देशको अवस्था बुझ्न र अनुशासनमा बस्न कलाकारहरुलाई सुझाव दिनुभयो ।

    उहाँले विगतमा विभिन्न व्यक्ति, समूह अनुशासनको पालन गर्न नसकेर पार्टीबाट बाहिरिएको उदाहरण दिँदै अनुशासन पालना नगर्नेहरु अन्ततः पलायन हुने स्पष्ट पार्नुभयो ।

    रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुलाई मेरो सुझाव गाउन नाच्न जान्नुको साथै पार्टी अनुशासन निर्देशनलाई बाईपास गर्नुभयो भने तपाईंहरु जतिसुकै नाच्न गाउन जाने पनि जतिसुकै जनतालाई चकाचौल पारे पनि काम छैन’ केसीले भन्नुभयो, ‘यो भन्दा अगाडिका कलाकार साथीहरु थिए त । राम्रो गीत रचना गर्नु हुन्थ्यो । राम्रो नाच्नु हुन्थ्यो । गाउनुहुन्थ्यो । तर उहाँहरूको समस्या के भयो भने उहाँहरू अनुशासनको पालना गर्न सक्नुभएन । विगतका रक्तिमका साथीहरुले हामीलाई किन छोडेर जानुभयो त्यो कुरा हाम्रा रक्तिमका साथीहरुले बुझ्न जरुरी छ ।’

    केसीले ‘मोहन वैद्य, विप्लव, रामसिंह श्रीसहरू पनि विभिन्न समयमा मसालले क्रान्ति गरेन भन्दै पार्टीलाई गाली गर्दै बाहिरिएको उल्लेख गर्दै प्रश्न गर्नुभयो, ‘उनीहरुको पसल चलेको खोई ?’

    केसीले आफूलाई खाली म बाँच्नको लागि, नाच्नको लागि, गीत गाउनको लागि मात्र आएको हुँ भनेर नसोच्न र देशको अवस्थाको बारेमा पनि स्पष्ट हुन कलाकारलाई सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘आज हाम्रो मातृभूमिमा विदेशीहरुले रजाई गरेका छन् यहाँका लुटेराहरुले सखाप पारेका छन् । एक वर्षमा एक हजार नेपाली यूवाहरुको लास आउँछ अरबबाट । नेपाली युवाहरु आफ्नो देशमा मर्न पनि पाउँदैनन् । अहिले यहाँ साम्राज्यवादीहरूको लुट छ। सामान्तवादी हरुको लुट छ । र कतिपय ठूला पार्टीहरु पनि साम्राज्यवादीहरूको दलाली गरिरहेका छन् । अहिले प्रदेश र स्थानीय निकायको चुनाव आयो । संसदमा जललाई पठाएर आफ्नो काम हुन्छ त्यहाँबाट पाउँछ पैसा ।’

    केसीले थप्नुभयो, ‘एउटा गीत छ ‘हिँड माया जाम बम्बई रेलको भाडा म तिरौँला जम्मै’ भन्ने बोलको । त्यस्तै जस्तै आफ्नो मान्छे जति पनि पैसा तिरेर सदनमा पठाई भने उनीहरुले भनेजस्तो एन बनाउँछन् कानुन बनाउँछन् । हामीसँग जतिसुकै योग्य इमानदार मान्छे भएपनि पैसा कारणले पछाडी सर्नु पर्ने हुन्छ । तैपनि हामीहरुले स्थानीय निकायको चुनावमा भाग लियो राष्ट्रिय सभामा भाग लिएर धेरै थोरै भए पनि हामीलाई सफलता मिलेको छ ।’

    फरक प्रशंगमा अध्यक्ष केसीले सत्ता स्वार्थका लागि विदेशीको गोडा नमोल्न प्रमुख दलका नेतालाई सुझाव पनि दिनुभयो । केसीले कांग्रेस, एमाले र माओवादी लगायतका पार्टीले संसदबाट एमसीसी पास गरेर नेपाललाई चीन विरोधी क्याम्पमा पुराएको आरोप पनि लगाउनुभयो ।

    नेपालको अस्तित्व कायम राख्न संघीयता, एमसीसी, नागरिकता विद्येयकसहित विभिन्न कालखण्डमा भएका असमान सन्धि, सम्झौता खारेज गर्नुपर्ने केसीको माग छ ।

    ‘दुवै सदनबाट पास भएको नागरिकता विधेयक नेपालीको हितमा छैन। अहिलेको नागरिकता विधेयकले भविष्यमा नेपाली जनता अल्पमतमा पर्ने सम्भावना छ’ उहाँले भन्नुभयो, ‘नेपालको अस्तित्व कायम राख्न संघीयता, एमसीसी, नागरिकता विधेयकसहित विभिन्न कालखण्डमा भएका असमान सन्धि, सम्झौता खारेज गर्नुपर्छ ।

    कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले वर्गीय मुद्दालाई आधार बनाएर क्रान्तिकारी रुपान्तणका लागि सांस्कृतिक क्रान्तिको विकल्प नभएको बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय सभा सांसद राजेश विश्वकर्मा, रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रम, राष्ट्रिय जनमोर्चाका लुम्बिनी कोषाध्यक्ष गणेश गौतम, मजदुर संगठनका अध्यक्ष लोकराज भुसाल, प्रगतिशील पत्रकार संघ,नेपालका संयोजक श्यामलाल पोखरेल, अखिल नेपाल महिला संघकी भानु जिसी, उषा राना, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, ढुण्डिराज शर्मा, लेखक तथा साहित्यकार गिरीप्रसाद बुढा, वामपन्थी नेता दुर्गानाथ खरेल लगायतले शुभकामना दिनुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाको अध्यक्षता र महासचिव जीवन शाहीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो।

    ५२ जिल्लाको सहभागिता रहेको उक्त भेला दुई दिनसम्म चल्ने बताइएको छ। भेलामा राजनीतिक, सांस्कृतिक, साहित्य, दर्शन लगायतका विषयमा प्रशिक्षण दिइने रक्तिमले बताएको छ ।

    सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.