काठमाडौं । भारतको भुवनेश्वरमा आइतबार भएको साफ यू–२० च्याम्पियन्सिप अन्तर्गत भारतसँगको खेलमा नेपालले लज्जास्पद हार व्यहारेको छ । नेपाली टोलीले भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो ।
भारतले भने लगातार दोस्रो जित दर्ता गरेको हो । नेपाललाई पराजित गरेसँगै भारतको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
राउण्ड रोविनको अन्तिम खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ । भारतसँगको हारसँगै नेपालले अर्को खेलमा बंगलादेशमाथि जित निकाल्न दबाब बढेको छ । बंगलादेशसँग बराबरीको नतिजाले पनि नेपालको फाईनल पुग्ने सम्भावना कमजोर हुनेछ भने भारतको अर्को खेलको नतिजा पनि पर्खनुपर्ने छ । भारतले रोउण्ड रोविनको अन्तिम खेलमा मालदिभ्ससँग खेल्नेछ ।
नेपालले पहिलो खेलमा मालदिभ्सलाई ४–० ले तथा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो ।

