• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नागरिकता विधेयक र म्यान्मारमा लेखकको फाँसीप्रति अन्पाको विरोध


  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले भर्खरै नेपालको दुवै सदनबाट पारित नागरिकता विधेयक र म्यान्मारमा चार जना लेखकलाई दिइएको फाँसीको विरोध गरेको छ ।

    Advertisement

    अन्पाका अध्यक्ष समीर सिंहको हस्ताक्षरमा २०७९ साउन १२ गते सार्वजनिक गरिएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।
    साउन १२ गते नै राष्ट्रियसभाले पनि राष्ट्रघाती नागरिकता विधेयक पारित गरेकोमा प्रेसवक्तव्यमा त्यसको विरुद्धमा आन्दोलन उठाउन आवश्यक रहेको भन्दै त्यसको विरोधमा चलेको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको छ ।

    अर्कातिर, म्यान्मार सरकारले चार जना लोकतान्त्रिक अभियन्तालाई फाँसी दिएकोमा विरोध गर्दै प्रेसवक्तव्यमा म्यान्मारमा चलेको लोकतन्त्र बहालीको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “नेपाल सरकारले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ लाई प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित गरेकोमा अखिल नेपाल प्रगतिशील लेखक सङ्घको ध्यानाकर्षण भएको छ ।

    विदेशी शक्तिको दबाबमा नेपाल सरकारले क्रमशः नागरिकता नीतिलाई खुकुलो बनाउँदै लगिरहेको छ । जीतेन्द्र देव आयोगको सिफारिमा थुप्रै भारतीयले जन्मको आधारमा नागरिकता पाएका थिए । सर्चोच्च अदालतले समेत त्यस प्रकारको नागरिकता खारेज गर्ने फैसला गर्दासमेत नेपाल सरकारले त्यसलाई कार्यान्वयन गरेन । त्यसका साथै नेपालको खुकुलो नागरिकता नीतिका कारण पटक पटक भारतीयले नेपाली नागरिकता पाउँदै आएका छन् । अहिलेको संशोधन विधेयकले कानुनी मान्यता पाउँदा जन्मका आधारमा नागरिकता पाएकाहरूले वंशजको आधारमा नागरिकता पाउने छन् ।

    त्यस्तै, अहिलेको संशोधन विधेयकमा थुप्रै भारतीय चेलीले नेपालीसँग विवाह भएकै दिनबाट नागरिकता पाउने प्रावधान राखिएको छ । हाम्रो सङ्गठन यस प्रकारको राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दछ । कथित नागरिकता विधेयक खारेजीका लागि देशव्यापी चलिरहेको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।

    मानव अधिकार र प्रजातन्त्रको लागि कलम चलाएकै आधारमा म्यान्मार सरकारले चार जना लेखकको हत्या गरेको छ । त्यहाँको सरकारले लोकतान्त्रिक अभियन्ताहरू फ्योजेया थअ, कोजिम्मी, ल्हाम्यो आङ र आङथुरा जअलाई अमानवीय प्रकारले गत सोमबार फाँसी दिएको छ । “जनताका आवाज सैन्य आतङ्कबाट नै कुल्चन सकिन्छ” भन्दै म्यान्मार सरकार, फासिवादी प्रकारले अगाडि बढ्दै आइरहेको छ । हाम्रो सङ्गठन प्रजातन्त्रवादी लेखकहरूलाई दिइएको फाँसीको सजायको भत्र्सना गर्दै म्यान्मारमा प्रजातन्त्र बहालीको माग गर्दछ तथा लोकतन्त्र र मानव अधिकारका लागि चलेको त्यहाँको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।”

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.