नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केबी थापाले नेपालीहरूलाई अल्पमतमा पारेर विदेशीलाई बहुमत बनाउने षड्यन्त्र बताउनुभएको छ ।
२७ जुलाईका दिन दक्षिण भारत क्षेत्रीय समितिअन्तर्गत चेन्नई पश्चिम नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै सम्पन्न कार्यक्रममा थापाले यस्तो बताउनुभएको हो ।
महासचिव थापाले नागरिता विधेयक पारित गरेर विदेशी नागरिकहरूलाई सहज रुपमा नागरिकता दिने बाटो खोलेको बताउनुभयो ।
सरकारले विवादित नागरिकता विधेयक पास गरेर देशको राष्ट्रियतालाई नै खतरामा परेको भन्दै थापाले भन्नुभयो– नेपालीहरूलाई अल्पमतमा पारेर विदेशीलाई बहुमत बनाउने यो विधेयकले देशलाई छिट्टै सिक्किमीकरणमा परिणत गर्ने छ । देश तथा विदेशमा रहनुभएको सम्पूर्ण देशभक्त तथा जनतान्त्रिक शक्तिहरू राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध संघर्षमा जुटन पनि थापाले आह्वान गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय समितिका सदस्य केशमान नेपाली, नगर समितिका तिलक शर्मा, बोमबहादुर केसी, चन्द्र लुंगेली, प्रकाश नेपाली, खुमानप्रसाद भण्डारी, शसीराम थापा, चन्द्रीका पौडेल र पुष्पा पौडेलले पनि मन्तव्य राख्नु भएको थियो ।
यस्तै, कार्यक्रको अध्यक्षता नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलले, र सञ्चालन दुर्गा रायमाझीले गर्नु भएको थियो । भने कार्यक्रममा सहभागिहरूलाई डिलबहादुर जिएमले स्वागत गर्नु भएको थियो ।

