• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राष्ट्रिय सभाले नागरिकता विधेयक फिर्ता गरोस् : मनोज भट्ट


  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाक महासचिव मनोज भट्टले राष्ट्रिय सभाले नागरिकता विधेयक फिर्ता गर्ने अपेक्षा गर्नुभएको छ ।

    Advertisement

    सोमबार नागरिकता विधेयकविरुद्ध राजमो कास्कीले आयोजना गरेको विरोध सभालाई पोखरामा सम्बोधन गर्दै नेता भट्टले २०५६ सालमा प्रतिनिधि सभाले पारित गरेको विधेयक राष्ट्रिय सभाले फिर्ता गरेको स्मरण गर्नुभयो ।

    प्रतिनिधि सभाले पास गरेको नागरिकता विधेयक ऐन बन्न अझ केही प्रक्रिया बाँकी रहेकाले यसलाई अहिले नै रोक्नुपर्ने भट्टले बताउनुभयो ।

    नागरिकता विधेयक खारेजीको माग गर्दै पोखराको जिरो किलोमिटरदेखि नारा जुलुससहित सिर्जना चोकमा कोण सम्पन्न भएको थियो । सभाको सञ्चालन सोमनाथ अधिकारीले गर्नुभएको थियो भने महासचिव भट्ट र राजमो गण्डकीका अध्यक्ष शंकर बरालले सम्बोधन गर्नुभएको थियो ।

    यस्तो छ, महासचिव भट्टले गरेको सम्बोधनको अंश
    राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयकका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गरिरहेको छ । प्रतिनिधिसभाले नागरिकता विधेयक सम्बन्धी संशोधन पारित गरेको छ । नागरिकता सम्बन्धी विधेयक पारित गरेका कारणले यो कानुन बन्ने प्रक्रियामा छ । तर कानुन बन्न अझै केही प्रक्रियाहरू बाँकी रहेका छन् । राष्ट्रियसभामा यो विधेयकमाथि छलफल हुन्छ । राष्ट्रिय सभाले चाह्यो भने प्रतिनिधिसभाले पारित गरेको कानुनलाई उसले फिर्ता पठाउन सक्छ । र प्रतिनिधिसभाले यसलाई अघि नबढाउन पनि सक्छ ।

    हामीले २०५६ सालमा हेर्यौं भने त्यो बेलामा पनि प्रतिनिधि सभाले पारित गरेको नागरिकतासम्बन्धी कानुनलाई राष्ट्रिय सभाले फिर्ता पठायो । अहिले पनि प्रतिनिधिसभाबाट पारित भएको हुनाले कानुन बनिसकेको छैन । अझै पनि राष्ट्रिय सभाले त्यसमाथि पुनर्विचार गरेर वा प्रतिनिधि सभामा फिर्ता पठाउन सक्छ । हामीले प्रतिनिधि भामा फिर्ता पठाओस् भनेर जोडदार माग गरिरहेका छौं । नागरिकता सम्बन्धी कानुन जुन पारित भएको छ, जनताको पहलमा त्यस्ता खालका राष्ट्रघाती ऐन खारेज गर्नुपर्छ ।

    नेपालको जनसंख्या अहिले पनि तीन करोड छ । तर आश्चर्यको कुरा के हो भने नेपालमा भारतीय नागरिक करिब ६० लाखले नेपालको नागरिकता लिइसकेका छन् । यो हामीले भनेका छैनौं भारतले जारी गरेको तथ्याङ्कको आधारमा भनिएको छ । २०३६ सालमा भारतको गृहमन्त्रालयले एउटा तथ्यांक सार्वजनिक गर्यो । त्यो तथ्यांकमा भन्छ भारतका नागरिकहरू संसारभरका ११० मुलुकमा बसोबास गरिरहेका छन् ।

    अहिले ११० मुलुकमा भारतीयहरु फैलिएका छन् । र कतिपय मुलुकहरुमा उनीहरु बहुमतमा गएका छन् । फिजीमा उनीहरू बहुमतमा छन् । श्रीलंकामा पनि उनीहरूको दह्रो उपस्थिति छ । दक्षिण अफ्रिकाको कैयौँ मुलुकहरुमा उनीहरूको बहुमत छ । क्यानाडामा बहुमतमा पुगेका छन् । उत्तर अमेरिकाका कैयौं मुलुकमा उनीहरू बहुमतमा पुगेका छन्। करिब दुई करोड भारतीयहरु ११० मुलुकमा फैलिएका छन् । तर सबैभन्दा बढी भारतीयहरुले नेपालमा नागरिकता लिइरहेका छन् ।

    २०६३ सालमा करिब २३ लाख भारतीयहरुले नेपालमा नागरिकता लिइसकेका थिए । त्यसपछि गएर जितेन्द्र देवको आयोग बन्यो । जितेन्द्र देवको आयोगले ४३ लाखलाई नागरिकता दिने भनेर योजना बनायो । ४३ लाखलाई त नागरिकता बाँड्न सकेन तर एक हप्ताभित्र ३३ हजारलाई नागरिकता बाँडे । ती नागरिकता भारतीयलाई बाँडिएको थियो । पछि सर्वोच्च अदालतले ती नागरिकतालाई खारेज गरिदियो ।

    सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.