वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईमाथि कारबाही गरेको छ ।
वीरगन्जमा बुधबारदेखि जारी बैठकमा बाबुरामसहितका नेतामाथि कारबाही गर्ने अध्यक्ष उपेन्द्र यादवको प्रस्ताव बैठकले पारित गरेकोका हो ।
पर्साको वीरगञ्जमा सुरु भएको केन्द्रीय समिति बैठकको दोस्रो सत्रमा अध्यक्ष यादवले पेश गरेको एजेण्डामा अनुशासनको कारवाही पनि समावेश छ।
अध्यक्ष यादवले बैठकका लागि १० वटा एजेण्डा प्रस्तुत गर्नुभएको छ, जसमा भट्टराईलगायत नेतामाथि अनुसशानको कारबाही पनि समावेश छ ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले हिजो काठमाडौंमा केन्द्रीय समिति बैठक राख्नुभएको थियो । सो बैठकलाई यादव पक्षले अवैध भनेको छ ।
बाबुरामले माओवादीमा हुँदाको प्रवृति जसपामा पनि दोहोर्याएको यादवको आरोप छ । केन्द्रीय समिति बैठकलाई सम्बोधनका क्रममा यादवले डा. भट्टराईले माओवादीमा हुँदादेखि नै हस्ताक्षर संकलन गरेर नेतृत्व परिवर्तन गर्ने चेष्टा गर्ने गरेको भन्दै जसपामा पनि त्यही प्रवृत्ति दोहोर्याउन खोजेको बताउनुभएको हो ।
उहाँले भट्टराईको समूहले काठमाडौंमा गरेको बैठक अवैधानिक भएको पनि बताउनुभयो।
डा. भट्टराईले जसपालाई क्षेत्रीयतावादी, जातियतावादीको आरोप लगाई पार्टीबाट अलग हुनु र जसपालाई उक्त आरोप लगउनु नै भट्टराईको नश्लवादी चिन्तन भएको यादवको आरोप छ ।
जसपामा ४ सय ९९ केन्द्रीय समिति र ३२ सदस्यीय कार्यकारिणी समिति छ । उपेन्द्रको पक्षमा बहुमत केन्द्रीय सदस्य छन् ।