खिमराज चालिसे, चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता तारा बहादुर थापा र सकुन्तला थापालाई एकता समजाले सम्मानका साथ बिदाइ गरेको छ ।
रोपड नगर समितिका सदस्य तारा बहादुर थापा र महिला नगर सदस्य सकुन्तला थापालाई एक कार्यक्रमबिच सम्मान गर्दै मूल प्रवाह रोपडबाट बिदाइ गरिएको हो।

१९९८ मा मूल प्रवाहका सदस्यता लिएर निरन्तर सक्रिय रुपमा काम गर्दै आउनुभएका थापा दम्पती निवर्तमान रोपड नगरका सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। उहाँहरु दुवैजनालाई मूल प्रवाहका केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटाले अविर तथा फूलमाला लगाएर नगर समितिको तर्फबाट सम्मान पत्र दिदै सम्मान गर्नु भएको हो।
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य मदन थापा, सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला संयोजक सिता सापकोटा, क्षेत्रीय सदस्य शिबलाल लामिछाने, खगी थापा, महिला क्षेत्रीय सदस्य मन्जु थापा, मूल प्रवाह नगरबाट दयाराम लामिछाने, एरिया समितीबाट प्रजापती सापकोटा, सांस्कृतिक विभागबाट रुपा कार्की लगाएतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम ओमप्रकाश सापकोटाको अध्यक्षतामा, विल बहादुर गुरुङको सञ्चालन तथा नन्दलाल सापकोटाले स्वागत गर्नुभएको थियो । थापा परिवार रुपन्देही जिल्लाको भलोई – ९ निवासी हुनुहुन्छ।

