• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मूल प्रवाहको विकास र विस्तारमा खेलकुदको महत्त्व


  •   शनिबार, असार २५, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ
    रोजीरोटीको खोजीमा भारत पसेका लाखौंलाख भारतस्थित मजदुरहरुको आशा, भरोसा र विश्वासको केन्द्र हो उनीहरुको साझा सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज । यो समाज प्रवासी नेपालीहरुमाथि हुने गरेका तमाम खाले अन्याय, अत्याचार, शोषण, दमन, लुट तथा विभेदविरुद्ध हक अधिकार र सुरक्षाको लागि एउटा सुरक्षा कवचको रुपमा स्थापित जनप्रिय र प्रवासी नेपालीहरुको अभिभावक संगठन हो । संगठनको यसप्रकारको गौरवमय यात्रा र सारगर्वित इतिहासको एउटा कडि समाजको खेलकुद विभाग हो ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज केवल भारतमा मात्र चिनिएको संगठन होइन बल्की यो संगठन संसारभरका श्रमजिवीहरुको हक न्याय र समानताको लागि संघर्ष गर्न सक्ने प्रवासी नेपालीहरूको मार्गदर्शनको भूमिकामा रहेको कुरा कसैसँग लुकेको छैन । यस प्रकारको उच्च गौरव प्राप्त संगठनले आफ्नो संगठन विकास विस्तारमा पुर्याएको महत्वपूर्ण योगदान र अब्बल दर्जाको संगठन निर्माणबारे एकता समाजका कार्यकर्ता र जनसाधारणबाट मात्र होइन विरोधीहरूले पनि चर्चा परिचर्चा गर्ने गर्दछन् ।

    प्रस्तुत लेखमा मूल प्रवाहको संगठन निर्माणमा खेल विभागको महत्वबारे संक्षिप्तमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।

    कार्यकर्ताहरुको कार्यशैली
    कुनै पनि संगठन विकास विस्तारमा त्यो संगठनको सही कार्यशैली, कार्यकर्ताहरुमा जुझारुपन, लगनशीलता, अध्ययन, परिस्थितीको सही विष्लेषणात्मक शैली, दूरगामी दृष्टिकोण, तथा जनसेबाको अटुट भावना भरिपूर्ण छ । एकता समाजका कार्यकर्ताहरु आफै पनि चनाखो, जुझारु, विचारमा स्पष्ट र कैयन जनपक्षीय तथा उदाहरणीय कार्यहरु निरन्तर गरिरहेको कारण जनस्तरमा राम्ररी स्थापित भएका छन् ।

    यसको साथसाथै एकता समाजका कार्यकर्ताहरुमा सैद्धान्तिक स्पष्टता, अध्ययनशीलतासहित नयाँ नयाँ मजदूर साथीहरू सँग संवाद तथा उनीहरुका समस्या समाधानका लागि निरन्तर क्रियाशील रहने गर्दछन् । मजदुरहरुलाई एकत्रित तथा संगठित गर्न सक्ने क्षमताले जनस्तरमा सबै प्रकारका समसामयिक समस्याहरूसँग डटेर काम गर्ने कार्यशैलीले मूलप्रवाह अखिल भारत नेपाली एकता समाजलाई सैद्धान्तिक रुपमा अब्बल र साथै संख्यात्मक रुपमा पनि अब्बल दर्जाको संगठन निर्माण गर्न सक्षम भएको छ ।

    खेलकुदप्रतिको दृष्टिकोण
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेलकुदप्रतिको आफ्नो दृष्टिकोण र मजदूरहरूको स्वास्थ्य समेतको विषयमा गम्भीर हुँदै आफ्नो विधान भित्र नै खेलकुदलाई प्राथमिकताका साथ समावेश गरेको छ । खेलकुदको आवश्यकता बुझेर नै भारतमा क्रियाशील संगठनहरु मध्ये पहिलो पटक तत्कालिन अखिल भारत नेपाली एकता समाज (हालको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज) ले आफ्नो विधानमा समेतमा खेलकुद आयोजना तथा व्यवस्थापनमा जोड दिएरको थियो । जसको कार्यान्वयनले कार्यकर्तालाई स्वस्थ र तन्दुरुस्त राख्न बल मिलेको छ ।

    यसरी हेर्दा भारतमा मूल प्रवाह मात्र यस्तो संगठन हो जसले एकातर्फ आफ्नो स्थापना कालदेखि संगठन निर्माणको अभियानमा खेलकुद समावेश गरी भारतस्थित श्रमिक नेपालीलाई शारीरिक तथा मानसिक रुपमा तनदुरुस्त राख्ने र अर्कोतर्फ श्रमिकहरुको बिचमा एकता सदभावको विकास गराउँदै सभ्य, अनुशासित तथा जिम्मेवार नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

    खेलकुदको सामाजिक महत्व
    खेलकुद मार्फत न केवल समाजका कार्यकर्ता, समर्थक शुभचिन्तक हरुको शारीरिक तथा मानसिक रुपमा स्वच्छ, तनदुरुस्त राख्ने काम भएको छ बल्की मूल प्रवाहका खेलकुद ग्राउन्डहरु विभिन्न मुद्दा मामिला मिलाउने, आपसी विचार विमर्श गर्ने, छलफल गर्ने, पत्रपत्रिकाहरु वितरण गर्ने, आकस्मित बैठक बस्ने र तत्काल गर्नु पर्ने कामको कार्य योजना बनाउने लगाएत संगठनका विभिन्न कार्य योजना र गतिविधिहरु सञ्चालन गर्ने थलोको रुपमा खेलकुद ग्राउन्डहरुको भूमिका रहेको छ ।

    यसरी स्पष्ट छ भारतस्थित नेपाली मजदूरहरुको न्याय, हक तथा विभिन्न अधिकार रक्षाको लागि निरन्तर गत ४४ वर्षदेखि संघर्षरत संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विकास विस्तार तथा संगठन निर्माणको व्यवहारिक पक्षलाई अंगिकार गर्दै जनस्तरमा पुग्ने गौरवमय यात्राको एक पहलु हो खेलकुद ।

    अहिले संगठनको अधिनस्त क्रियाशील खेलकुदहरु जहाँ जहाँ सक्रिय छन् त्यहाँ संगठन पनि झन् झन् मजबुत अवस्थामा छ । त्यसकारण हाम्रो प्रयास प्रत्येक टोल बस्ती र शहरका कुना कुनामा दैनिक संगठनको रेखदेखमा खेलकुदको विकास विस्तारमा जोड दिनुपर्ने रहेको छ । साथै महिला तथा पुरुष दुवैलाई खेलकुदमा सहभागी गराउँदै संगठनलाई घनिभूत पार्ने विषयमा सम्पूर्ण कार्यकर्ताहरुको ध्यान जाने गरेको छ ।

    गतकालमा हामीले शुरु गरेको खेलकुदको ऐतिहासिक कदमले हाम्रा नेता कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु बिचमा दरिलो एकता र सदभावको भावना विकास गराएको छ । अब हामीले उक्त कदमलाई झन् झन् दरिलो र क्रियाशील रुपमा अगाडि बढाउँदै एकता समाजको गौरवमय यात्रामा उर्जा थप्ने प्रयास गर्ने, खेल ग्राउन्डको हाम्रो अनुशासित गतिविधि तथा महिला कार्यकर्ताहरुको बढी सहभागिता बढाउने प्रयत्न गर्नुपर्दछ । हाम्रो विधानको व्यवस्थाले हामीलाई यही मार्ग निर्देश गरिरहने छ ।

    यसैले प्रवासी नेपालीको दृढ विश्वास र अटुट भरोसाको केन्द्र मूल प्रवाहको संगठन विकास र विस्तारमा खेलकुदलाई दैनिक सञ्चालनमा ल्याऔँ । साथै खेलकुद मार्फत सम्पूर्ण समर्थक शुभचिन्तक तथा कार्यकर्ताहरुको घनिष्टता, जन उत्तरदायित्व र सामाजिक तथा संगठनात्मक जिम्मेवारी सशक्त रुपमा निभाउँदै अघि बढौँ ।

    1. सांगठनिक कामसँगै खेलकुदमा सक्रिय प्रवासी महिलाहरू !

    शनिबार, असार २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.