काठमाडौँ । आधारशिला कलेजका अध्यक्ष भोला ढकालले देशका युवा तथा विद्यार्थीहरू विदेश पलायन हुनु मुलुकको दिगो अर्थतन्त्रको लागि चुनौति भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो– ‘विद्यार्थीहरूमा राष्ट्रिय भावनाको विकास गर्दै दक्ष जनशक्ति स्वदेशमै सङ्घषशील हुनुपर्दछ ।’
२०७९ असार २० गते आइतबार आधारशीला कलेजको आयोजनामा सम्पन्न स्वागत तथा बिदाई कार्यक्रमको अवसरमा उहाँले सो धारणा राख्नुभएको हो ।
कार्यक्रममा आधारशिलाका कलेजका क्याम्पस प्रमुख राजेन्द्र ढकालले विद्यार्थीहरू समाजको आँखा भएकाले उनीहरू सामाजिक विकृतिका विरुद्ध तथा देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यलाई समेत प्राथमिकता दिदै आफ्नो लक्ष्य निर्धारित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कलेजको कोअर्डिनेटर सुगीता शाहले गर्नुभएको थियो भने स्वागत मन्तव्य समीर सिंहले राख्नुभएको थियो ।
विद्यार्थीहरूको तर्फबाट स्वागत मन्तव्य अङ्किता अम्गाईले राख्नुभएको थियो । त्यस्तै विद्यार्थीहरूको तर्फबाट उज्वल कार्की, एरिका श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा इलैया पाठक, सुमी लामिछानेले कविता प्रस्तुत गर्नुभएको थियो भने सम्झना नेपाली र सुजाता कुमालको नृत्य रहेको थियो ।





