खुम रायमाझी, कुवेत ।
नेपाल पत्रकार महासङ्घ, शाखा कुवेतको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम २०७९ असार ११ गते सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन संयोजन पत्रकार महासङ्घ, कुवेतका उपाध्यक्ष राज मल्लले गर्नुभएको थियो । उहा“ले भन्नुभयो– ‘रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो ।’
उहाँले थप्नु भयो, आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला परेको छैन। ब्लड बैंक
“रक्तदान जीवनदान” रक्तदान कार्यक्रममा पत्रकार महासङ्घ कुवेतका अध्यक्ष नवराज पन्थी, गैरआवासीय नेपाली सङ्घ कुवेतको अध्यक्ष रणध्वज लामालगायत महासङ्घ बैदेसिक शाखाका सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो ।
महासङ्घबाट उपस्थिति सबै जनाले रक्तदान गरेका थिए भने विशेष व्यवस्थापन नेपाली रक्तदाता सङ्घ कुवेतका अध्यक्ष रूपेन हमालले गरेका थिए ।
रक्तदान कार्यक्रममा जानआउन यातायातको व्यवस्था गरिएको थियो । रक्तदानपछि रक्तदान गरेका व्यक्तिलाई जुस, पानी, फलफूल तथा हल्का खानपिनको व्यवस्था समेत गरिएको थियोे । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

