खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रको पानिपत नगर समितिका अध्यक्ष प्रेम प्रसाद पौड्यालको ५५ वर्षको उमेरमा यही १८ जुनमा निधन भएको छ।
Advertisement
सन् १९९० देखि मूल प्रवाहको सदस्य भएर विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएका नगर अध्यक्ष पौड्याल गत ६ महिनादेखि क्यान्सर रोगबाट पीडित भएको केन्द्रीय सदस्य तिलक पौड्यालले बताउनुभयो । उहाँको उपचार पिजीआई चंडिगढमा भईरहेको थियो
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–६ खिल्ली निवासी प्रेम प्रसाद पौड्याल को निधन प्रति मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिले दुःख प्रकट गरेको छ । मूल प्रवाहले पौड्यालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

