मदन भुसाल, बुर्तीबाङ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले बाग्लुङको ढोरपाटन नगरपालिकामा नगर भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै युनियनका जिल्ला अध्यक्ष इन्द्रमणी पाण्डेले संघीयता टिकिरहने अवस्था रहे नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्ता नै गुम्ने खतरा रहेको भन्दै आफूहरुले स्वाधीनताको रक्षाको लागि संघीयता विरुद्ध काठमाडौंमा मार्च गर्ने तयारी गरेको बताऊनु भयो । अध्यक्ष पाण्डेले कालापानी, लिपुलेक लिम्पियाधुरा लगायतका ठाउँमा रहेको सीमा अतिक्रमण विरुद्ध विद्यार्थीले सशक्त आवाज उठाउनुपर्ने पनि बताउनुभयो ।
निलम अदैको अध्यक्षतामा सुरु भएको भेलाले विवश छन्त्यालको अध्यक्षतामा ११ पुर्ण र ४ वैकल्पिक सहित १५ सदस्यीय अखिल (छैठौं) ढोरपाटन नगरपालिका गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव सहसचिव र कोषाध्यक्षमा कम्रश निलम अदै, सर्मिला बिक, एलिना बिक, मोनिका भण्डारी रहनुभएको छ भने मदन भुषाल,वालिका खरेल र सुनिता पौडेल लगायत सदस्य चयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धन बहादुर अदै, ढोरपाटन नगरपालिका सचिव तुल्सी राम खरेल लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । भने मदन भुसालको स्वागत र विवश छन्त्यालको सन्चालनमा सम्पन्न भएको छ ।

