मेघराज रिष्मेली, जापान ।
बागलुङ जिल्ला गल्कोट नगरपालिका–९ टिमुरबोट स्थायी घर भई जापानको चिबा प्रान्तको उरियासु शहरमा बस्दै आएका २९ वर्षीय युवा सुरेश गौतमको निधन भएको छ ।
Advertisement
लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित गौतमको जुन १३ तारिखमा निधन भएको हो ।
पारिवारिक सदस्यका अनुसार उनको ब्रेन ट्युमर रोगले गालेपछि उपचारले समेत काम गर्न छोडेको थियो।
गौतम सामाजिक कार्य सहित फोटोग्राफमा समेत सक्रिय थिए । गौतम जापानमा हुने सांस्कृतिक तथा अन्य कार्यक्रममा फोटोग्राफरका रुपमा समेत चिरपरित थिए।
गौतम श्रीमती, एक छोरी, बुबाआमासहित जापान बस्दै आएका थिए।

