• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गठबन्धनको चुनाव र अवसरवादीको राजनीतिक भण्डाफोर


  •   शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    स्थानीय तहको चुनाव–२०७९ मा प्रतिगमनकारी शक्तिलाई हराएर धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न चुनावी गठबन्धन बनेको र बनाइएको थियो । राष्ट्रिय जनमोर्चा सरकार सञ्चालनको गठबन्धनबाट बाहिरिए पनि चुनावी गठबन्धनमा सहभागी भएको छ । यो गठबन्धन एमाले र राप्रपा जस्ता प्रतिगमनकारीलाई हराउन बनाइएको गठबन्धन थियो ।

    गठबन्धनको अवस्था कतै लेनिनले भन्ने गरेको सिंहको भाग जस्तै हुन्छ कि भन्ने कुरा हामीलाई लागको कुरा सही भए पनि हामीसँग कुनै अन्य वैकल्पिक उपाय भएन । सत्तरी वर्षसम्म जनताले लडेर बनाएको संविधानको मर्म र भावनाअनुसार प्रतिगमनबाट देशलाई बचाउन हामी बाध्य भएका थियौँ तर गठबन्धनको अवस्था त्यस्तो अशोभनीय पनि भएन । लेनिनले भन्ने सिंहको भागको कथा हामीहरूले ठुला दललाई बताएर सचेत पारेका थियौँ । त्यसैले गठबन्धनभित्र भण्डाफोर गर्नैपर्ने अवस्था आएन ।

    लेनिनले बताउने गरेको कथा यहाँ बताउन प्रासङ्गिक नै हुने छ । जङ्गलका मासु खान सिकार गर्ने जनावरहरू आपसमा मिलेर घाँस खाने जनावर एउटाको सिकार गरेर मासु भागबण्डा गर्न बिला लगाइसकेपछि सिंहले ब्यासो, चितुवा, स्याल, बाघसमेतको अगाडि म जङ्गलको राजा भएकाले पहिलो भाग मेरो, तिमीहरू सबैलाई साथ–सहभागी बनाएकोले दोस्रो भाग मेरो, मसँग तिमीहरू हार्ने भएकाले तेस्रो भाग मेरो र मैले दिए मात्र तिमीहरूले पाउने भएकोले चौथो, पाँचौँ सबै भाग मेरा भनेर हेरेकोहे¥यै पार्न पनि सक्छन् भन्ने कथा थियो । त्यस्तो हुन पाएन, राम्रै भयो ।

    एमाले र माओवादीको एकता र फुटको नतिजा अवसरको उपयोग गरेको नमुना थियो । अराजकताको पराकाष्ठा थियो । अनुशासनको खिल्ली उडाउने काम थियो । पदका लागि मरिहत्ते गरेको उदाहरण थियो । जनतामाथि भ्रम छरेर स्वार्थ पूरा गर्न खोजेको वास्तविकता थियो ।

    जनताको पिछडिएको चेतनाबाट आफू आफूले फाइदा उठाउन गरेको हानथाप थियो । समग्रमा भण्डाफोर गर्नुपर्ने विषय थियो । त्यसले गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रहार गरेर प्रतिगमन निम्त्याउने नतिजा ल्याउन खोज्यो । त्यसरी गठबन्धन गर्नुपर्ने र नगरी नहुने अवस्था ल्यायो ।

    अहिलेको गठबन्धन चुनावी गठबन्धन प्रतिगमनलाई रोक्न बनाइएको गठबन्धन हो । त्यसको औचित्य क्रमशः सावित हुँदै जाने छ । अनुशासन र नैतिकताको ख्याल नगरेर अराजकता काम गरेका हुनाले नियम, कानुन, संविधान, बहुमत आदि कुनै पनि पालना नगर्ने अराजक अवस्थाको अन्त गरेर आआफ्नो सीमाभित्र सबै बस्न सचेत पार्ने पनि गठबन्धन हो ।

    गणतन्त्र र धर्म निरपेक्षता संस्थागत भएपछि गठबन्धनको औचित्य समाप्त हुने छ । सबै पक्षविपक्ष आआफ्नो स्थानमा रहेर स्वेच्छाले काम गर्ने अवस्था आउने छ । राष्ट्रियता सबैका लागि आवश्यक हुने छ । राष्ट्रिय स्वाभिमानका लागि सबै दलविशेष र नागरिक एकजुट भई सङ्घर्ष गर्ने छौँ ।

    राजनीति राज्यसत्ता कब्जा गर्न गरिने काम हो । यसका लािग राज्यसत्ता सबैभन्दा ठुलो सङ्गठित संस्था भए पनि त्यो देशका जनताको करिब एक प्रतिशतको मात्र सङ्ख्यामा हुन्छ । उनान्सय प्रतिशत जनता आन्दोलनमा सहभागी हुने हो भने त्यसमा जनताको पहँुच पुग्ने गरी आमूल परिवर्तन गर्न÷गराउन सकिन्छ । त्यसैले इतिहासको निर्माता जनता हुन् ।

    आमूल परवर्तन गर्ने र जनतालाई सचेत पर्ने काम निश्चित मात्रा पुगेपछि गुणात्मक परवर्तन भइहाल्ने र नभई नछाड्ने काम होइन । आमूल परिवर्तनका लागि जनताको चेतना स्तरको मापदण्ड निश्चित हुन्न । आत्मगत, वस्तुगत स्थिति, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, राजनीतिमा ठोस अवस्थाको ठोस विश्लेषण र सङ्गठित र सचेत अवस्थाको अनुकूलता सबैका कारणले दुई वर्षभित्र क्रान्तिकारी परिस्थिति तयार भई आमूल परिवर्तन हुन पनि सक्छ । साथसाथै दुई सय वर्षसम्म आमूल परिवर्तनको अवस्था नहुन पनि सक्छ । यो कुनै व्यक्ति र पार्टीको चाहनामा मात्रै भर पर्ने कुरा होइन ।

    क्रान्तिकारी व्यक्तिले ठोस अवस्थाको ठोस विश्लेषण गर्दै आफ्नो योगदान थप्दै जाने काम हो । जहाँसम्म अवसरवादीहरूको भण्डाफोर गर्ने काम हो, त्यो पनि बेला, अवस्था, शक्ति सन्तुलन आदि कुराको आधारमा गर्दै स्थितिलाई अनुकूल बनाउँदै जाने हो । राजनीतिक शक्ति बनिबनाउ तरिकाले अस्तित्वमा आउने नभई अवस्थाअनुसार जनताको बिचमा काम गर्दै, आन्दोलन गर्दै जाँदा जनताको व्यवहार अवसरवादी हुन्छ । त्यही कारण अवसरवादी पार्टीहरूले यस्तो स्थितिको उपयोग गर्छन् ।

    एउटा अवसरवादी पार्टीले आफूलाई उपयोग गरेको महसुस गर्दासाथ अर्काे अवसरवादी पार्टीले उपयोग गरेको थाहै पाउन्नन् । त्यसैकारणले गर्दा परम्परागत राज्यसत्ताको आयु लामो भइरहेको हुन्छ । यसको मुख्य कारण समाजमा स्वर्ग, नर्क, अघिल्लो–पछिल्लो जुनी, ईश्वर, भाग्य, राजनेता आदिको पक्षमा प्रचार गरेर जनतालाई अन्याय र अत्याचार तथा शोषण सहने क्षमताको वृद्धि गर्ने÷गराउने काम प्रशस्त मात्रामा भइरहेको हुन्छ ।

    दार्शनिक समस्याको भण्डाफोर गर्दा परम्परागत धर्म, संस्कृति जस्ता आदर्शवादीहरूको भण्डाफोर हुन्छ । जनताबाट एक्लो परिन्छ । त्यो सङ्घर्षको काममा शक्तिशाली विरोधीको सामना गर्नुपर्छ । अवसरवादी राजनीतिको भण्डाफोर गर्दा पार्टीबिचको शक्ति सन्तुलन खल्बलिएर एक्लो पर्ने मात्र होइन, जनताको साथ–सहयोगबाट बञ्चित हुन पुगिन्छ । साङ्गठनिक पक्षको भण्डाफोर गर्दा सर्वसाधारण जनता कम्युनिस्ट पार्टीको सदस्यताको जिम्मा बहन गर्न सक्दैनन् । कार्यकर्ताको आधारमा पार्टी सञ्चालन गरेर जनताको पक्षमा काम गर्नुपर्छ ।

    कार्यकर्ताको राजनैतिक चेतना उच्च बनाउन सकिएन भने तिनीहरूले पनि अवसरको उपयोग गर्ने काम गरेर पार्टीलाई कमाइखाने भाँडो बनाइदिन्छन् । कार्यकर्ता यही समाजको मान्छेबाट ल्याउनुपर्ने हुन्छ । उनीहरूका निम्नतम आवश्यकता पूरा नगरिदिने हो भने उनीहरूले काम गर्न सक्दैनन् । निम्नतम आवश्यकता जनताबाट पारिश्रमिक लिएर पार्टीको काममा खट्नेसम्मको राजनैतिक चेतनास्तर उच्च बनाउन धेरै समय लाग्ने र थोरै व्यक्तिमा मात्र त्याग, समर्पण र जिम्मेवारीबोध हुन सक्छ । त्यसैले भण्डाफोर गर्ने काम पनि बेला, अवस्था र शक्ति सन्तुलन सबै कुराको ख्याल गरेर मात्र गर्नुपर्ने हुन्छ । एउटा व्यक्ति क्रान्तिकारी क्याम्प छोड्यो भने विरोधी शक्तिसँग मिल्न जाने कुराको समेत ख्याल गर्न आवश्यक हुन्छ । समाजमा परस्पर विरोधि शक्तिमध्ये अवसरवादी क्याम्पबाट एउटा एउटा गरेर क्रान्तिकारी क्याम्पमा ल्याउनुपर्ने बेलामा आफ्नै क्याम्पबाट विरोधी क्याम्पमा पठाउनु पनि सही हुन्न । त्यसैले अवसरवादीको भण्डाफोर गर्न पनि धेरै कुराको ख्याल गर्नुपर्छ ।

    प्रतिक्रियावादी पार्टीको भण्डाफोर र अवसरवादी पार्टीको भण्डाफोर गर्दा पनि उनीहरूको उद्देश्य तथा देश र जनतामा पर्ने असरका कारण आउने परिणामको ख्याल गर्नुपर्छ । अवसरवादीले अवसरको उयोग गर्ने र प्रतिकृयावादीले आफ्नो निश्चित उद्देश्यानुसार काम गर्ने हुनाले अवस्थाअनुसार विचार पु¥याउनुपर्छ । दक्षिणपन्थी अवसरवादीले आफूलाई माक्र्सवादी भन्छन् तर आन्दोलन सबैथोक हो, अन्तिम उद्देश्य केही पनि होइन भन्दछन् । वर्तमान व्यवस्थाबाट मात्रात्मक परिवर्तन गर्दै समाजवादमा पुग्न सकिन्छ भन्छन् ।

    परस्पर विरोधी वर्ग भएको अवस्थामा एउटा वर्गको सत्ता भई उनीहरूको स्वार्थ पूरा हुने र अर्काे विरोधी वर्गमाथि अधिनायकत्व लागु हुने, त्यसैले आमूल परिवर्तन गरेर राज्यसत्ता आफ्नो वर्गले कब्जा गर्नुपर्ने कुरामा विश्वास गर्दैनन् । सबै जनताको राज्य हुन सक्ने र सर्वहारा वर्गबिनाको पुँजीपति वर्ग हुने हवाई कल्पना गर्छन् । वर्गीय स्वार्थ र वर्गीय सत्ताको अस्तित्व स्वीकार गर्दैनन् । उता, वामपन्थी अवसरवादीले आमूल परिवर्तन गर्नेका नाममा जनताको अस्तित्व नकार्दै सीमित क्रान्तिकारी बहादुरको सम्झौताहीन सङ्घर्षबाट सत्ता परिवर्तन हुन सक्ने भनेर क्रान्तिकारिता प्रदर्शन गर्ने क्रममा जनता तर्सिएर संसार शून्य भएपछि जस्तोसुकै सम्झौता गरेर दक्षिणपन्थी क्याम्पमा सहभागी हुन पुग्छन् जबकि क्रान्तिकारीले इतिहासको निर्माता जनता भएको र जनताको राजनैतिक चेतना स्तर निम्न भएकाले उनीहरूको पिछडिएको चेतनाबाट फाइदा उठाउने होइन कि उनीहरूलाई सचेत, सङ्गठित बनाएँदै राजनैतिक आन्दोलनमा सहभागी बनाउन अनुशासित र मिलिट्यान्ट कम्युनिस्ट पार्टी बनाएर जनताको बिचमा काम गर्नुपर्ने मान्यता राख्दछन् ।

    अवसरवादबाट मुक्त समाज निर्माण गर्न धेरै पुस्ता लाग्ने छ । क्रान्तिकारी चरित्र भएको व्यक्तिले अवसरवादी व्यक्तिसँग एकता–सङ्घर्ष–एकता गरेर अगाडि बढ्दै जाने हो । त्यसका लागि आफूसँग पनि अवसरवादको मात्रा घटाउँदै जाने र अरूको पनि घटाउँदै जाने हो । बनिबनाउ क्रान्तिकारी कोही पनि हुन सक्दैन । खार्दै र खारिँदै जाँदा कतिपय प्रतिकृयावादीको क्याम्पमा सामेल हुन्छन्, कतिपय क्रान्तिकारी हुन्छन् र कतिपय अवसरको खोजी गर्दै मरेर जान्छन् । सामन्ती र पुँजीवादीहरू आफ्नो उद्देश्यमा धनपैसा र जग्गाजमिनको व्यक्तिगत स्वामित्वबाट मालिक बनिरहन्छन् । अरूलाई उपयोग गरिरहन्छन् । आफूले सुखसुविधा र धाकरवाफको उपभोग गरिरन्छन् तर अवसरको खेती गर्नेहरू पैसाका लागि मरिहत्ते गर्दै पैसा पैसा गरिरहन्छन् तर न पैसा हुन्छ, न मुक्ति प्राप्त गर्दछन् । मुक्ति प्राप्त हुने भनेको समानताको शोषणरहित समाज हुने हो ।

    समाजमा कसैले कसैलाई शोषण गर्न नसक्ने र शोषण गर्न नपर्ने समाज साम्यवाद हो । त्यस्तो समाजको सुरुवात सर्वहारा वर्गको हातमा राज्यसत्ता भएपछि हुन्छ । समाजका सबै मान्छेले आफ्नो योग्यताअनुसार काम गर्ने, आफ्नो आवश्यकताअनुसार खर्च गर्ने, प्रकृतिले सित्तैमा दिएका र मान्छेले संयुक्त रूपमा तयार पारेका सबै चिज सामूहिक स्वामित्वमा हुने भएपछि मात्रै मान्छेहरूबिच मायाप्रेम र सद्भाव राख्छन् अन्यथा एउटाले अर्काेलाई शोषण गर्ने उद्देश्यसहित बाँचेका हुन्छन् ।

    शोषणको श्रोत राज्यसत्ता हुन्छ, जसले जनताबाट कर उठाएर आफ्नो वर्गको सेवा गर्छ र विरोधी वर्गलाई शोषण र शासन गर्छ । यो शोषणमूलक समाज हो, जहाँ शोषकहरूले सुविधा उपभोग गरेर जनतालाई शासन गर्छन् ।

    क्रान्तिकारीले अवसरवादीको भण्डाफोर गर्न आफूले दुईओटा काम एकैसाथ पूरा गर्नु पर्छ । एउटा काम हो– आफ्नो आवश्यकता पूरा गर्न कुनै न कुनै उत्पादन कार्यमा संलग्न हुने, अर्को हो– त्यो कामबाट समय बचाएर सङ्गठनले दिएको जिम्मा पूरा गर्ने ।

    वर्गसङ्घर्ष गर्ने भनेको वर्गले गर्ने काम हो । व्यक्ति एक्लैको मिहिनेतबाट पूरा हुन सक्दैन । आफू श्रमजीवी वर्ग नभई शासक बन्न खोज्दा श्रमजीवीको मर्म बुझ्न सकिन्न । आफू वर्ग नभई अरूका लागि काम गरिदिन खोज्दा न आफ्नो मुक्तिको महसुस गर्ने अवसर मिल्छ, न अरूले नक्कल गरेर वर्गीय स्वार्थ रक्षा गर्नपट्टी ध्यान जान्छ बरु आफू नेता बन्ने र अरूलाई काम गराउने परिजीवी चरित्रको विकास हुन्छ । त्यसैले वर्गको कुरा गर्नुपरेको हो ।

    मुक्त हुने वर्ग हो । व्यक्तिले त आफ्नो योगदान थप्दै जाने हो । आफ्नो मुक्ति पहिल्याउँदै जाने हो । आफै वर्ग नभइकन अरूका लागि काम गर्छु भन्दा आदर्शवादीको स्थानमा पुगिन्छ । अरूको मुुक्ति गरिदिने भगवानको विश्वास गर्नुपर्ने ठाउँमा पुगिन्छ । त्यसकारण राजनीति गर्न सिद्धान्त, राजनीति र सङ्गठन तीनओटै पक्ष महत्वको हिसाबले क्रमशः सही हुँदै जाने हुनाले महत्तवपूर्ण काम गर्नुपर्छ । पहिले सिद्धान्तमा

    आफू सही हुनुपर्छ । दोस्रो राजनीतिक कार्यक्रम सही हुनुपर्छ । ठोस अवस्थाको ठोस विश्लेषण गरेर त्यसैको मातहतमा आधारित हुनुपर्छ ।

    कार्यकर्ता नेताको मातहतमा र जनता कार्यकर्ताको मातहतमा भएको आफूले ठम्याउन नसके पनि भइरहेको अवस्था हुनु आवश्यक छ ।

    शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.