काठमाडौं । आइतबार बिहान सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १८ यात्रु घाइते भएका छन् । तीमध्ये ८ जनाको अवस्था गम्भीर छ ।
Advertisement
दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको रिजर्भ बस अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित ६ किलो भन्ने स्थानबाट खसेको हो ।
सिन्धुपाल्चोक जिल्ला प्रहरीका अनुसार दुर्घटनास्थलमा १४ जना मृत भेटिएका छन्। तर सनाखत हुन बाँकी छ।
घाइतेमध्ये १० जनालाई उपचारका लागि सिन्धु बहार अस्पताल (खाडीचौर) लगिएकामा गम्भीर अवस्थाका ८ जनालाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।