काठमाडौं । सडकमा हिँडिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ ।
Advertisement
काठमाडौंको कागेश्वरी मनोहराको कोलमोतेश्वर मन्दिर नजिक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ की अन्दाजी वर्ष ४० की महिलाले गलामा लगाएको अन्दाजी डेढ तोला बराबरको सुनको सिक्री लुटिएको हो ।
सिक्री लुटेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ नयाँ गाउँ घर भएका अन्दाजी वर्ष ३५ का राकेश नगरकोटी रहेका छन्।
प्रहरीका अनुसार सुनको सिक्री लुटेर फरार व्यक्तिका बारेमा विभिन्न कोणबाट अनुसन्धान गर्ने क्रममा नगरकोटीलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट उक्त सुनको सिक्रीसमेत प्रहरीले बरामद गरेको छ ।
नगरकोटीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइ रहेको वृत बौद्धले जनाएको छ ।