काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ। स्थानीय तहका लागि रु १ खर्ब २१ अर्ब २१ करोड बिनियोजन गरिएको छ ।
यस्तै सरकारले स्वेदशमै उच्च शिक्षाको व्यवस्था मिलाउने प्रबन्ध गर्ने भएको छ ।
यसैगरी त्रिभुवन विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरिने मन्त्री शर्माले बताउनुभयो ।
सामुदायिक विद्यालयको गुणस्तर र नेतृत्व सुधारका लागि प्रधानाध्यापकलाई तालिमको व्यवस्था पनि गरिएको मन्त्री शर्माले जनाएका छन्।
स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन यस्तै, स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन भएको छ । उक्त बजेट संघ, प्रदेश र स्थानीय तहको हो ।
संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।