काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
Advertisement
१९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सले जनाएको छ ।
आइतबार बिहान ९ः५५ मा जहाज उडेको थियो । जहाज उड्दा मौसम राम्रो नभएको एयरलाइनसले जनाएको छ ।
मौसम खराब भए पनि ताराको जहाज जानुअघि समिट एयरको जहाज पोखराबाट उडान भरेर जोमसोममा सकुशल अवतरण गरेको थियो।
तारा एयरलाइन्स यति एयरलाइन्सको भगिनी संस्था हो। ताराले विशेष गरी सानो जहाजबाट देशका पहाडी क्षेत्रमा उडान भर्दै आएको छ।