काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
Advertisement
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सागमा पदक जितेका खेलाडीहरुलाई बालुवाटार बोलाएर प्रोत्साहन प्याकेज घोषणा गरेका हुन् ।
त्यस्तै रजत विजेता ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैयाँ पाउने भएका छन्। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख दिइने छ।
एकभन्दा बढी स्वर्ण जितेका गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले ११ लाख पाउनेछन्। यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइनेछ।नेपालले सागमा ५१ स्वर्ण, ६० रजत ९५ कास्य गरी २०६ वटा पदक जित्न सफल भएको थियो।