महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट दुई महिलाले ज्यान गुमाएका छन् चने चारजना गम्भीर घाइते भएका छन् ।
Advertisement
बुधबार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको छ भने सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन्। घाइतेलाई उपचारका लागि भारत पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो।

