काठमाडौं । रक्तिम सांस्कृतिक अभियानले सातवटै प्रदेशमा भेला गर्ने तयारी गरेको छ । रक्तिमका अध्यक्ष रेम रानाको अध्यक्षतामा हालै बसेको केन्द्रीय समितिको बैठकले माघ महिनाभित्र सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो ।
Advertisement
जसमा सुदूरपश्चिम प्रदेशमा पुस १२ गते कर्णाली प्रदेशमा पुस १९ गते, प्रदेश नं ५ मा पुस २६ गते, गण्डकी प्रदेशमा ४ गते, प्रदेश नं ३ मा पुस २६ गते, प्रदेश नं २मा माघ ११ गते र प्रदेश नं १ मा माघ ९ गते भेला हुनेछ ।
भेला तथा बैठकका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिइएको रक्तिमका सचिव हेमराज आश्रमले जानकारी दिनुभयो ।
यस्तै, रक्तिम सांस्कृतिक अभियानको मुखपत्रको तेस्रो अंक तत्काल प्रकाशन गरिने पनि रक्तिमले जनाएको छ ।