• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङको ढोरपाटन नगरपालिकामा स्थानीय चुनाव-२०७९ को प्रचार प्रसार


  •   आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    चुनाव प्रचार अभियान सुरु गर्नुभन्दा पहिले प्रतिगमन विरोधी गठबन्धन बनाउन साथीहरूले मिहिनृत गरी रूपरेखा तयार पारेका रहेछन् । राष्ट्रिय जनमोर्चाको पहलमा नेपाली काङ्ग्रेस, माओवादी–केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसहितको सहकार्य गर्ने मोर्चा बनाएर प्रचार कार्यक्रम सुरु गरिएको थियो ।

    २०७८ चैत ५ गतेसम्ममा संयुक्त रूपमा चार ठाउँमा सभा सम्पन्न भइसकेको थियो । सभामा पाँचै दलका स्थानीय नेताहरू उपस्थित भएर गठबन्धनलाई बलियो बनाउने र एमालेका मेयरलाई चुनावबाट हराउने प्रतिबद्धतासहितको उद्घोष गरिएको थियो ।

    हामीले तीनोटा काममा ध्यान केन्द्रित गरेका थियौँ : एउटा– हाम्रो आफ्नो पार्टीपङ्क्तिलाई परिचालन गरेर चुनावको सिलसिलामा पार्टीलाई व्यवस्थित बनाउने, दोस्रो– चुनावमा आवश्यक पर्ने खर्चका लागि आफ्नो बजेटअनुसार आम्दानी गरेर मात्र खर्च गर्ने र तेस्रो– गठबन्धनमा कोही कतैबाट कमजोर बनाउन नदिने र एकताका साथ चुनावमा प्रतिगमनको विरुद्ध अथवा प्रतिगामी शाक्तिलाई परास्त गर्ने ।

    यी तीनओटै काममा ध्यान केन्द्रित गरेका थियौँ । चुनावमा जिते पनि आमूल परिवर्तनको हाम्रो उद्देश्य पूरा हुने अवस्था होइन । हारे पनि हाम्रो सबै चिज सत्यानाश भइहाल्छ भन्ने पनि होइन । जम्माजम्मी फलाम तातेकै बेलामा ठटाएर धारिलो हतियार बनाए जस्तै जनताले चुनावमा उत्सुकता जनाएकै समयमा हाम्रो पार्टीपङ्क्ति र हाम्रो राजनीतिलाई जनताबिच पु¥याएर व्यवस्थित र अनुशासित बनाउँदै जनताको राजनैतिक चेतना उच्च बनाउनेमा स्पष्टताका साथ ढोरपाटन नगरपालिकाका मेयरले रकम हिनामिना गरेको, अधिकार दुरूपयोग गरेको, बेरुजु रकम फर्छ्यौत गर्नुको सट्टा झन् बढाएको, बजेट पास नगर्ने र आफुखुसी वितरण गरेको आदि अठारओटा दोषसहितको पर्चा वितरण र भण्डाफोर कार्यक्रम तीव्र बनाइएको थियो । मेयरका धेरै काम नियम, कानुन, निर्णय, बैठक आदि विरुद्ध भएकाले छोटे राजाको सङ्ज्ञासहित चुनाव हराउने अभियान तीव्र बनाएर प्रचार प्रसार गरिएको थियो । उनी एमालेका आधिकारिक व्यक्ति भएकाले एमाले पार्टी प्रतिगमनकारी शक्तिको आरोपले पनि सार्थकता पाएको थियोे ।

    गठबन्धनको सल्लाहअनुसार हामीले चारओटा वडाध्यक्षको भाग पाएका थियौँ र तीनओटा पहिले २०७४ सालको स्थानीय चुनावमा हामीले जितेका वडा र एउटा थप वडाध्यक्ष हामीले उमेदवारी दिन स्वीकृति पाएकोमा एउटा वडामा काङ्ग्रेसको बागी उमेदवारी र मेयरको पदमा एउटा हाम्रोतर्फबाट बागी उम्मेदवारी परेको भए पनि दुवैले फिर्ता लिएका थिए । हाम्रो पहलमा गठबन्धन भएको र त्यसलाई जोगाउने मुख्य जिम्मा पनि हाम्रै भएकाले गम्भीरतापूर्वक र सम्मानजनक हिसाबले जिम्मा पूरा गरेका थियौँ ।

    हामीलाई मुख्य चुनौती ४ नं. वडाको थियो किनभने त्यो वडाका वडाध्यक्ष हाम्रो पार्टीका व्यक्ति थिए । पार्टी विरुद्धको काम गरेको हुनाले कारबाही गरेर हटाइएका थिए । उनले हाम्रो पार्टीका समर्थक, शुभचिन्तक जनता समेटेर हरियो घाँसभित्र, हरियो सर्प रहे झैँ विरोधी भूमिकामा रहेर अन्तिम अवस्थामा एमालेका वडाध्यक्षको रूपमा प्रतिगमन विरोधी पार्टीका भएका थिए । त्यसकारण हामी त्यो वडामा लागेका थियौँ । वडाध्यक्ष जित्न हामीलाई चुनौती मात्र होइन, गठबन्धनभित्रैका अरू दलमा जान पनि बल गरेका थिए ।

    अर्काे वडा नं. २ का वडाध्यक्ष हाम्रो पार्टीबाट विजयी भएर अर्काे पार्टीमा गएका भए पनि हाम्रा अरू साथीहरूले सुरुदेखि नै सकृयतापूर्वक सङ्गठन सञ्चालन गरेका हुनाले खासै अप्ठेरो परेको थिएन । जितहारको कुरा स्वाभाविक भए पनि त्यो वडामा छाडेर जाने वडाध्यक्ष चुनौतीको रूपमा रहेका थिएनन् ।

    अर्काे वडा नं. ७ का विजयी वडाध्यक्ष पार्टीको नगरपालिका अध्यक्षसमेत भएर जिम्मेवारी सम्हालेका हुनाले उहाँमाथि कामको दोहोरो चाप परेको थियो । त्यो प्रतिकूल र अप्ठेरो परेको अवस्थामा समेत उहाँले इमान्दारीपूर्वक कार्यसम्पादन गरेर पार्टी र वडा दुवैको काममा सफल नेतृत्व प्रदान गर्नुभयो । अहिले त्यो वडाको वडाध्यक्षमा अर्काे साथीलाई उम्मेदवार बनाएर पार्टी अरू व्यवस्थित बनाउने प्रयत्न गर्याैँ ।

    राष्ट्रिय जनमोर्चा अरू पार्टीहरू जस्तै वैधानिक पार्टी भए पनि उच्च उद्देश्य भएको जिम्मेवार पार्टी भएकाले खट्न र जिम्मा पूरा गर्न अरूलाई भन्दा अलि कठिन हुन्छ । सर्वसाधारण व्यक्तिले समेत हाम्रो पार्टीलाई र हाम्रा नेतालाई खराबको बिल्ला भिराउन सक्दैनन् । उनीहरूले हामीलाई लगाउने मुख्य आरोप ‘पार्टी सानो छ, ठुलो हुन सक्दैन’ भन्ने हो । हाम्रो जवाफ ‘तिमीहरू अरू अवसरवादी पार्टीमा लागेको हुनाले हाम्रो पार्टी सानो भएको छ’ भन्ने नै हो । त्यसपछिको वार्तालाप त्यहीँ रोकिन्छ । न उनीहरूको अवसरवादी चरित्र अगाडि बढ्छ, न हाम्रो ।

    अरू अवसरवादी पार्टीको भन्डाफोर रोकिन्छ । यो खिचातानी धेरै वर्षअघि देखिको खिचातानी हो । अवसरवादी पार्टीले जनताको पिछडिएका चेतनाबाट फाइदा उठाउने काम गरिरहन्छन् । हामीले जनताको राजनैतिक चेतना उच्च बनाउने प्रयत्न गरिरहन्छौँ । त्यसरी हामी जनताको भर गरेर जनतासँगै रहिरहेका छौँ ।

    २०७४ सालको निर्वाचनमा विजयी भएका मेयरलाई दुईओटा कारणले उनलाई मतदानबाट हराउन अप्ठेरो पर्ने प्रतिष्पर्धी भएका छन् ।

    एउटा त उनी दलितजातिका व्यक्ति हुन् । त्यो नगरपालिकामा दलितजातिको बाक्लो बसोबास छ । हामी दलितहरू एक हुनुपर्छ र मलाई जिताएपछि मात्र नगरपालिकामा दलितजातिको नेतृत्व कायम रहन्छ भन्ने प्रचार गर्छन् । दलितजाति पिछडिएको जाति हो, उनीहरूको पिछडिएको राजनैतिक चेतनाबाट फाइदा उठाएर मनपरी चलाउँछन् । दोस्रो– उनी धनि व्यक्ति हुन् । धनपैसाको धाकधक्कु लगाएर पैसाले व्यक्तिलाई आफ्नो बनाएर फाइदा उठाउँछन् । यी दुईओटै कुरा त्यहाँका जनताका अगाडि ललिपप सावित भएका छन् । यो वास्तविकता बुझ्न बुझाउने अरू सचेत व्यक्तिहरू पनि भएको र राजनैतिक दलहरूको आफ्नो साङ्गठनिक संरचना पनि भएको हुनाले उनको हार हुने सम्भावना पनि कमजोर छैन । नियम, कानुन, नैतिकता, अनुशासन सबैको धज्जी उडाएको पनि जनतालाई राम्ररी थाहा छ । उनका दुवै हतियारको धार भुत्ते भएको छ । तर पनि हतियारमा सान लगाउने काम गरिरहेका छन् । यदि उनले अहिलेका चुनाव पनि जिते भने अनियमितताको पहिलो उदाहरण अन्त खोज्न जानुपर्ने छैन । जे जस्तो नतिजा आए पनि जनताको मतलाई हामीले सम्मान गरेर अनियमितालाई सच्चाउन लगातार प्रयत्न गरिरहने छौँ । इतिहासको निर्माता जनता हुन् भन्ने पार्टी भएको हुनाले जनतालाई सचेत र सङ्गठित पार्ने हाम्रो अभियान रोकिने छैन । लामो आन्दोलन गरेर राजतन्त्र हटाउन सक्ने नेपाली जनताले गणतन्त्रको सही प्रयोग गर्न पनि अवश्य सिक्ने छन् । छोटे राजालाई मतदानबाट नै हराउने छन् भन्ने कुरामा ढुक्क भएर चुनाव प्रचार गरिरहेका थियौँ ।

    दुर्गम क्षेत्र भएको भए पनि राष्ट्रिय जनमोर्चाका तर्फबाट दुईपटक सम्म आफ्ना उम्मेदवार परि थापालाई सांसद पदमा जिताएको क्षेत्र हो । आज ती विजयी उमेदवारले पार्टी छाडिसकेका छन् । अवसरवादी पार्टीको ध्यान राष्ट्रिय जनमोर्चाका विजयी उमेदवारलाई दबाब प्रलोभन, आश्वासन, सहुलियत आदि सबै उपाय प्रयोग गरेर आफ्नो पार्टीमा ल्याउने नभए पनि राष्ट्रिय जनमोर्चाबाट उनको उपस्थिति हटाउनेमा नै केन्द्रित हुन्छ । त्यही तरिका केन्द्रीय स्तरमा मात्र नभई स्थानीय स्तरमा पनि प्रयोग गरेका र गरिरहेका छन् ।

    गत २०७४ को स्थानीय निर्वाचनमा पनि प्रयोग गरेर तीनओटा विजयी वडाध्यक्षमध्ये दुईओटालाई राष्ट्रिय जनमोर्चाबाट अलग बनाइसकेका थिए । ती दुईओटै वडाका जनताले फेरि पनि तिनै पार्टी छाडेका व्यक्तिलाई जिताउने प्रयत्न गरिरहेका छन् । अबको स्थिति पहिले पहिलेको जस्तो हुने छैन भन्नेमा हामी विश्वस्त छौँ । अबका हाम्रा उम्मेदवारहरू पनि परिपक्व र दृढ निश्चयी भएर पार्टीमा रहेर जनताको काम गर्ने व्यक्ति बन्ने छन् ।

    जनताका बिचमा काम गर्न : गराउन पार्टीले पत्रिका प्रकाशन गरिरहेको छ । भाषण, प्रशिक्षण पनि गरिरहेको छ । राजनीतिमा हाम्रो विश्लेषण सही भएर जनताका बिचबाट धेरै कार्यकर्ता उत्साहित भएर पार्टीमा आबद्ध भइरहेका पनि छन् । सबै कारणले हाम्रो सङ्गठन पुरानो मात्र नभई परिपक्व र जिम्मेवार पार्टी बनिरहेको छ । २०७४ सालको निर्वाचनमा विजयी उम्मेदवार २७२ जना थिए । कतिपयले पार्टी छाडिसकेका छन् भने धेरै सङ्ख्यामा अहिले पनि विजयी बन्दै छन् । ढोरपाटन नगरपालिका पनि अपवाद छैन । पहिलभन्दा धेरै उम्मेदवारले विजयी हासिल गर्ने छन् र परिपक्व तरिकाले काम गर्ने छन् भन्ने प्रचार गर्नुपर्दछ ।

    वर्गसङ्घर्षमा राजनीतिक सङ्घर्ष प्रमुख र आर्थिक तथा वैचारिक सङ्घर्ष सहायक सङ्घर्ष हुन् । सुरुमा आर्थिक सङ्घर्ष गर्नुपर्छ । राजनीतिक सङ्घर्षको पूरै अवधिमा पनि सहायक सङ्घर्षको रूपमा आर्थिक सङ्घर्ष गरिरहनुपर्छ । वास्तवमा राजनीतिक सङ्घर्ष आर्थिक सङ्घर्ष समाप्त भएपछि स्वतः समाप्त हुन्छ ।

    हामीले प्रचार प्रसार व्यवस्थित बनाउन आर्थिक कोष खडा गर्ने र बजेट बनाएर खर्च गर्ने काम पनि प्रचार प्रसारको काम सँगै सुरु गरेका थियौँ । सबै पार्टीहरू चुनाव प्रचार गर्न आआफ्नो पार्टीलाई सहयोग गर्ने भएकाले आफ्ना पार्टीका र समर्थक शुभचिन्तक जनतासँग मात्र आर्थिक सहयोगको लागि अनुरोध गरेका थियौँ । जनताबिच सहयोग सङ्कलन गर्दै गर्दा हामीलाई अप्ठेरो परेको थियो किनभने अरूले पैसा बाँड्दै भोट किन्ने काम गर्छन्, हामीले भोटभन्दा पहिल्यै पैसा माग्न जानाले उल्टो परेको कुरा सुन्नुपर्दथ्यो । हामीले भन्नैपर्ने भयो– हामीसँग पैसा भएको भए हामीले पनि पैसा बाड्ने थियौँ । चुनाव जितेपछि नाफा कमाउन भ्रष्टाचार गर्ने थियौँ । तर हामी काम गरेर खर्च चलाउने पार्टीका मान्छे मात्र होइनौँ : सबैले काम गरेको ज्याला पाउनुपर्छ भन्ने र कसैले नाफा कमाउन पाउनुहुन्न भन्ने सिद्धान्तका अनुयायी हौँ ।

    त्यसकारण तपाईंहरूले सहयोग गर्नुभयो भने हाम्रो प्रचारको काम अगाडि बढ्छ नभए काम हुन सक्दैन । हाम्रो अनुरोधलाई स्वीकारेर धेरै व्यवसायी साथीहरूले सहयोग गर्नुभयो र बजेटअनुसार हाम्रो प्रचार प्रसारको काम गर्न सकिने भयो । वैचारिक सङ्घर्ष पनि आर्थिक सङ्घर्षको सिलसिलामा सम्पन्न गर्दै त्यसलाई पनि प्रचार प्रसारको अङ्गकै रूपमा अगाडि बढायौँ । प्रचार गरेका थियौँ । हामीले थोरै धेरै नभनिकन दिएको सहयोग सङ्कलन गर्याैँ ।

    राजनीतिक प्रचार प्रसारको सिलसिलामा साङ्गठनिक काम पनि गरेका थियौँ । प्रत्येक वडाहरूमा वडा भेला गर्ने र त्यो भेलामा रिर्पोट लिने, साथै कार्यक्रम बनाएर सबैलाई परिचालन गर्ने प्रयत्न गरेका थियौँ । प्रत्येक वडामा खर्चका लागि बजेट बनाएर खर्च चलाउने काममा उनीहरूलाई सचेत गराएका थियौँ । वैचारिक खुराकका लागि पनि प्रयत्न गरिएको थियो । आफ्नो पार्टीको वडा भेला गर्ने काम सकेपछि फेरि गठबन्धनका दलको तर्फबाट संयुक्त प्रचार प्रसारका अफिस निश्चित गर्ने र उम्मेदवार छनौट गर्ने काम पनि क्रमैसँग गरेका थियौँ ।

    उम्मेदवार निश्चित गरिसकेपछि गठबन्धनको भागबण्डा मिलाइएको थियो । पहिलेको मेयरलाई हराउनैपर्ने र अलिकति गडबड भए उसैले जित्न सक्ने कडा प्रतिद्वन्द्विता सामना गर्नुपरेको हुनाले धेरै किचकिच भएको थिएन । मुख्य काम मतदातालाई वैचारिक र राजनीतिक हिसाबले आफ्नो पक्षमा पारेपछि मतदानको प्राविधिक पक्षमा पनि ध्यान दिएर काम गरिएको थियो । सबै टोल टोलसम्म नमुना मतपत्र पु¥याएर अभ्यास गराइएको थियो ।

    राजनीतिमा सिद्धान्त पहिलो राजनीतिक कार्यक्रम दोस्रो र साङ्गठनिक काम तेस्रो महत्वका भएको हुनाले सिद्धान्त र राजनीतिकमा ध्यान त दिनैपर्छ तर सङ्गठन नभए ती दुवै पक्षको उपयोग हुन सक्दैन । त्यसैले सङ्गठनको महत्वलाई ध्यान दिएर काम अघि बढाइएको थियो । अरू सबै वडामा भन्दा ४ नम्बरको वडामा भेला गर्दा पनि कडा प्रतिद्वन्द्विताको सामना गरेका थियौँ । त्यहाँको विजय–पराजय हाम्रो अस्तित्वको विजय–पराजय हुने भएको थियो । स्वजातीय जीवहरूको जीविकाको तरिका एकै किसिमको हुने हुनाले कडा सङ्घर्ष हुन्छ भन्ने डार्बिनको सिद्धान्त त्यहाँ लागु भएको थियो ।

    आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.