सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरा रहेका छन् ।
Advertisement
किशोरीलाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका थिए ।
महरालाई पक्राउ गरी आवश्यक कानुनी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

