• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अग्रज कम्युनिष्ट नेता उपाध्यायको निधन


  •   शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
  • काठमाडौं । अग्रज कम्युनिष्ट नेता लक्ष्मीभक्त उपाध्यायको निधन भएको छ । उपाध्यायको ९३ वर्षको उमेरमा शुक्रबार बिहान नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

    Advertisement

    उपाध्यायको पार्थीव शरीरमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    महामन्त्री सिंहले एक शोक वक्तव्य प्रकाशित गरी उहाँको निधनले नेपालको कम्युनिष्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

    यस्तो छ शोक वक्तव्य
    नेपाल कम्युनिस्ट पार्टीका पहिलो पुस्ताका नेता मध्येका एक कामरेड लक्ष्मीभक्त उपाध्यायको ९३ वर्षको उमेरमा आज मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःखका साथ सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

    का. लक्ष्मीभक्त उपाध्यायले नेपालको राणाविरोधी सङ्घर्षमा सामेल भएर आफ्नो राजनीतिक जीवनको सुरुवात गर्नुभएको थियो । उहाँ अघिल्लो पुस्ताका जीवित वरिष्ठ कम्युनिस्ट सदस्य हुनुहुन्थ्यो ।

    उहाँले २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएको थियो । सदस्यता प्राप्त गरेपछि उहाँ लगातार नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारले सक्रिय रहँदै आउनु भएको थियो । २०१७ सालको शाही कदमका विरुद्ध उभिनु भएकोले गिरÇतारीमा परी उहाँले केही समय जेल जीवन बिताउनु भएको थियो ।

    महाधिवेशनपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत रुपमा रहन सकेन । त्यसको परिणामस्वरुप नेकपा विभिन्न चिरामा विभाजित भएको थियो । का. उपाध्याय का. पुष्पलालले नेतृत्व गरेको नेकपाको घटकमा सामेल हुनु भएको थियो । का. पुष्पलालद्वारा आयोजित २०२५ सालको गोरखपुर सम्मेलन, जसलाई उहाँहरूले तेस्रो राष्ट्रिय सम्मेलन भन्नु भएको थियो, त्यो सम्मेलनबाट का. उपाध्याय केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    केही वर्ष उक्त समूहमा सक्रिय हुनुभएका का. उपाध्याय २०३२ सालतिर विष्णुबहादुर मानन्धरले नेतृत्व गर्नुभएको नेकपाको घटकमा प्रवेश गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलनमा सक्रिय रहेको एउटा पक्ष वाममोर्चाको उहाँले केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । जनआन्दोलनले एक प्रकारको सफलता हासिल गरेपछि नेपालमा वहुदलीय व्यवस्था स्थापना भयो र विभिन्न पार्टीहरू वीच एकीकरणका प्रयास भए । त्यो क्रममा उहाँ एमालेमा सामेल भएर नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय रहनु भयो । पछिल्लो समयमा उहाँको कुनै पनि पार्टीसित आवद्धता रहेको थिएन । तर नेपालको कम्युनिस्ट आन्दोलनसित उहाँको आवद्धता सर्वदा कायम भइरह्यो । हाल उहाँ पुष्पलाल प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

    का. उपाध्याय नेपालको कम्युनिस्ट आन्दोलनमा लगातार सक्रिय रहनु भएको थियो । आन्दोलनमा आएको विभाजनका कारणले हामी अलगअलग धारमा रहनुपर्ने अवस्था रहेको भएपनि हामीले उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा दिएको योगदानलाई कदर गर्दछौँ । उहाँले राजनीतिक तथा संगठनात्मक रुपले सक्रिय भएर नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान दिनुका साथै पुष्पलाल प्रतिष्ठानको माध्यमबाट विभिन्न वौद्धिक योगदान समेत दिनु भएको थियो । उहाँका सबै प्रयास नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनेतर्फ केन्द्रित रहेका थिए ।

    उहाँमा आन्दोलनप्रतिका असन्तुष्टि कम र बढी योगदान दिने प्रवृत्ति रहेका थिए । थोरै व्यक्तिहरूमा मात्र त्यस प्रकारका प्रवृत्ति पाइन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर लैजानका लागि का. उपाध्यायका जस्तै बढी योगदान दिने विशेषताबाट हामी सबै र खासगरी नयाँ पुस्ता प्रशिक्षित हुनु पर्दछ । उहाँ मिलनसार, गम्भीर, कर्मशील एवम् क्रियाशील व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको मृत्युबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । उहाँको कर्मशील तथा क्रियाशील गुणलाई हामीले पनि जीवनको बाटोमा प्रयोगमा ल्याउन सक्यौँ भने त्यो नै उहाँप्रति गरिने सच्चा श्रद्धाञ्जली हुने छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    २०७९ वैशाख १६ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

    शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.