• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फुटपरस्त समूहको एमालेसँग ‘तालमेल’ : प्रतिगमनउन्मुख दिशा समातेको पुनः प्रमाणित


  •   आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    नेकपा (एमाले) ले जिल्ला इन्चार्ज तथा अध्यक्षहरुलाई ‘कमल थापा नेतृत्वको राप्रपा, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्न भएको सहमतिलाई कार्यान्वयन गर्न’ निर्देशन दिएको भन्ने समाचार विभिन्न पत्रपत्रिकामा सार्वजनिक भएको छ । कुनै संगठनको चुनावी तालमेल जोसँग पनि हुन सक्दछ, त्यो सम्बन्धित संगठनले नै तय गर्ने कुरा हो । एमालेले को–कोसँग चुनावी तालमेल गर्ने हो त्यो हाम्रो सरोकारको विषय होइन । तर हाम्रो सरोकारको विषय यो हो कि हाम्रो पार्टीबाट फुटेर गएका साथीहरुले बनाएको समूहले प्रतिगमनउन्मुख दिशा समातेको भनी हामीले गरेको विश्लेषण पुनः प्रमाणित भएको छ ।

    तत्कालीन नेकपाको सरकारको नेतृत्व केपी ओलीले गरेका थिए । उक्त सरकारलाई हाम्रो पार्टीले समर्थन गरेको थियो । त्यसरी समर्थन गरेको भएपनि सरकारका गलत नीति र कार्यशैलीका विरुद्ध भने हाम्रो पार्टीले लगातार संघर्ष गरेको थियो । हामीले ओली सरकारलाई निरपेक्ष रुपमा समर्थन गरेका थिएनौँ र यदि त्यसो गरेको भए ओलीले प्रतिगमनकारी कदम उठाउँदा त्यसका विरुद्ध सङ्घर्षको उठान गर्न सक्ने थिएनौँ र त्यो सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्ने थिएनौँ । एकातिर, हाम्रो पार्टीले देशको राष्ट्रिय आवश्यकता, गणतन्त्र, धर्मनिरपेक्षता र अग्रगमनमाथि विचार गरेर नै ओली सरकारको समर्थन र विरोधको नीति तय गरेको थियो । अर्कातिर, पार्टीको त्यस प्रकारको नीतिको यो वा त्यो ढङ्गले विरोध गर्ने नीति फुटपरस्तहरुले लिएका थिए । ओली सरकारलाई हाम्रो पार्टीले समर्थन गर्न लिएको नीति उनीहरूलाई अजीर्ण भएको थियो । त्यो अजीर्णताको सङ्कोचलाई मेटाउनका लागि होला, उनीहरूले हाम्रो पार्टीलाई ‘दक्षिणपन्थी’ लेबल लगाउने गरेका थिए । त्यसका साथै पार्टी विरोधी अराजक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका थिए । ओली सरकारलाई समर्थन गर्नु भनेको यही बुर्जुवा व्यवस्थालाई सर्वदा समर्थन गर्ने हो भन्ने भ्रम फैलाएर विभिन्न अराजक तत्वहरूले हाम्रो पार्टीका विरुद्ध एक प्रकारले अभियान पनि चलाएका थिए ।

    ओलीले प्रतिगमनकारी कदम उठाएपछि त्यसका विरुद्धमा जानुपर्ने पार्टीका अगाडि दायित्व आयो र पार्टीले ओलीको प्रतिगमनका विरुद्ध सङ्घर्ष नीति अगाडि सार्यो । त्यो अवस्थामा ओली सरकारलाई दिएको समर्थन पनि फिर्ता लिनुपर्ने अवस्था सृजना भयो र ओलीको प्रतिगमनका विरुद्धको सङ्घर्षलाई तीब्र बनाएर लैजानुपर्ने राष्ट्रिय आवश्यकता बन्यो । त्यसका लागि पार्टीले प्रतिगमन विरोधी शक्तिहरूसँग बेग्लाबेग्लै प्रकारले कार्यगत एकता कायम गरेर सङ्घर्ष गर्ने नीति अगाडि सा¥यो । तर फुटपरस्त तत्वहरूले पुनः त्यसलाई पनि विरोध गर्न थाले । खासगरी उनीहरुले राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, माओवादी–केन्द्र, तत्कालीन एमालेको माधव–झलनाथको पक्ष र जसपाको प्रतिगमनविरोधी गठबन्धनका विरुद्ध धावा बोले । रणनीतिक रुपले दुश्मन शक्तिको रुपमा वर्गीय विश्लेषण गरिएको कांग्रेससित हाम्रो पार्टीको कार्यगत एकता भएको कुरालाई ओली पक्षीय एमालेको छहारीमा रहेर फुटपरस्तहरूले हाम्रो पार्टीका विरुद्ध धेरै नै विष वमन गर्ने काम गरे । वास्तवमा सत्य ता यो थियो कि प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने त्यो गठबन्धन निर्णायक शक्ति थियो । फुटपरस्तहरूले त्यो गठबन्धनका साथै हाम्रो पार्टीको विरोध गर्न थालेपछि उनीहरू प्रतिगमन उन्मुख दिशामा गइरहेको कुरा प्रष्ट भएको थियो ।

    ओलीका अहिलेका सम्पूर्ण क्रियाकलापले प्रतिगमनलाई मलजल गरिरहेका छन् । उनले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्ने भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गतिविधि गरिरहेका छन् । लोकतान्त्रिक उपलब्धिलाई दाउमा राखेर आफ्नो बचाऊ गरेका, न्यायपालिकाको निर्णयलाई लत्याएका र अनेक झुट्टा पैरवी गरेर मित्र पक्षहरूका विरुद्ध अभियान चलाएका ओलीको विगत समग्रमा अलोकतान्त्रिक रहेको छ । उनी जसरी भएपनि अग्रगमन र आन्दोलनका उपलब्धिलाई समाप्त गर्ने ध्याउन्नमा छन् । प्रतिगमनकारी वा राजावादीहरूसित उनको जुन तालमेल र हिमचिम बढेको छ, त्यसबाट उनी र उनको सङ्गठन प्रतिगमनको पक्षमा गइरहेको वा उपयोग भइरहेको कुरा स्पष्ट छ । उनका सम्पूर्ण क्रियाकलाप जनआन्दोलनका भावनाबाट स्थापित भएका मूल्यहरूलाई ढाल्नुमा नै केन्द्रित रहेको पाइन्छ । उनको क्रियाकलापले प्रतिगमनकारीहरू हौसिने र अग्रगमनकारीहरू लाञ्छित बन्ने वातावरण निर्माण गर्दै लगेका छन् । वास्तवमा सत्य यो हो कि राजावादीहरूको शक्ति बलियो भयो भने कुनै लोकतन्त्र, गणतन्त्र वा स्वयम् ओलीको संगठन पनि मजुवुत हुने छैनन् । राजावादीहरूले यी सबै धराशयी बनाउनका लागि ओली जस्ता पात्रहरूलाई समर्थन गर्न सक्दछन्, तर त्यो समर्थनबाट स्वयम् ओलीको पनि जय हुने छैन ।

    एकताकमा फुटपरस्तहरूले पनि ओलीको प्रतिगमनलाई विरोध गरेको जस्तो गरेको भएपनि उनीहरू आफ्ना क्रियाकलापका कारण त्यतैतिरको शुभयात्रामा लागेका थिए । त्यसैले उनीहरुलाई हामीले प्रतिगमन उन्मुख दिशातिर गएको भनेर उल्लेख गरेको थियौँ ।

    हिटलर वा नेपोलियन बोनापार्ट निर्वाचन प्रक्रियाबाट नै तानाशाह र वादशाह बन्न पुगेका थिए । प्रतिगमनले कुनै पात्रमार्फत छलाङ्ग हान्ने दाउपेच गर्दछ । किनभने राजनीतिक मैदानमा दाउपेच गर्ने अधिकार प्रतिगमनकारीहरूलाई पनि हुन्छ । त्यो दाउपेचमा उनीहरूले अग्रगमनको बाटो रोक्ने उपाय खोज्दछन् । त्यसका लागि उनीहरू जुन पात्र वा शक्ति आफ्नो अनुकूल हुन्छ, त्यसलाई उपयोग गर्न भरमग्दुर प्रयत्न गर्दछन् । प्रतिगामीहरूले उपयोग गर्ने भरपर्दो शक्ति भनेको अहिलेको लागि ओली र उनको सङ्गठन हो, ओली स्वयम्ले पनि ती प्रतिगामीसँग मिलेर काम गरिरहेको अवस्था छ ।

    ओलीको वर्तमान राजनीतिक भूमिकाबाट प्रतिगमनको जर्जरता उच्च रुपमा नै छ । चुनावको कारणले ओझेलमा रहेको जस्तो देखिएपनि चुनावको माध्यमबाट त्यो प्रतिगमनले शक्तिको रुपमा निस्कने प्रयत्न गर्दै छ । ओलीको पक्षको विजय भनेको राजावादी र हिन्दुवादीको पनि विजय बनेर उदाउने अवस्था रहेको छ । राजावादी र हिन्दुवादीहरुले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध लगातार अभियान चलाउँदै आएको कुनै लुकेको कुरा होइन । वर्तमान संविधान, न्यायपालिका र संसद उपर ओलीले अपनाएको नीतिले पनि स्वयम् ओली र उनको संगठनले गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गर्छ वा गर्दैन ? भन्ने प्रश्न ज्वलन्त छ । त्यो अवस्थामा ओलीको प्रतिगमनकारी भूमिका जीवित छ र त्यो अग्रगमनका उपलब्धिलाई समाप्त पार्ने दिशातर्फ बढिरहेको कुरा स्पष्ट छ ।

    हाम्रो पार्टीबाट बाहिरिएका फुटपरस्तहरूलाई ओलीले विद्रोही जनमोर्चा (पत्रपत्रिकाले उल्लेख गरेअनुसार)को नाम दिएर उनीहरूसँग चुनावी तालमेल गर्ने बताएका छन् । एकताकमा फुटपरस्तहरूले पनि ओलीको प्रतिगमनलाई विरोध गरेको जस्तो गरेको भएपनि उनीहरू आफ्ना क्रियाकलापका कारण त्यतैतिरको शुभयात्रामा लागेका थिए । त्यसैले उनीहरुलाई हामीले प्रतिगमन उन्मुख दिशातिर गएको भनेर उल्लेख गरेको थियौँ । तर अहिलेको चुनावी तालमेल ओलीले वा ‘विद्रोही जनमोर्चा’ सित गर्ने भएपछि अब फुटपरस्तहरु प्रतिगमनको शक्तिलाई बलियो बनाउने अभियानमा सामेल हुन पुगेका छन् । यसरी फुटपरस्तहरुबारे हाम्रो पार्टीले गरेको पहिलेको विश्लेषण सही रहेको प्रमाणित भएको छ । कुनै राजनीतिक विषयको फैसला कोही चिच्याएर हुँदैन, व्यवहारद्वारा पुष्टि हुँदै जान्छ । इतिहासमा धेरै चिच्याएका छन्, र त्यस प्रकारका चिच्याहटका कर्कश स्वरहरू सुनिदै आएका छन् । तर तिनको काम हुँदैन । व्यवहारले नै पुष्टि गर्दछ । यस सन्दर्भमा हामीले यो पनि स्पष्ट गर्दछौँ कि हामीले ओलीको कदमलाई प्रतिगमनकारी बताएको भएपनि ओलीलाई वा उनको संगठनलाई प्रतिगामी बताएका छैनौँ, ठीक त्यस्तै प्रकारले फुटपरस्तहरुलाई प्रतिगमनको शक्तिलाई बलियो बनाउने अभियानमा सामेल भएको भनेपनि प्रतिगामी भनेका छैनौँ । किन कि त्यो ‘अभियान’मा गएका ‘अभियन्ता’हरूले विचार पु¥याउन सके भने प्रतिगमनको बाटो छोड्न पनि सक्दछन् ।

    फुटपरस्तहरूले अहिले अपनाएको नीतिबाट प्रष्ट हुन्छ कि उनीहरू हाम्रो पार्टीभित्र चरम कुण्ठाका साथ रहेका थिए । त्यस प्रकारको कुण्ठा विभिन्न कोणबाट उत्पादित भएका हुन सक्दछन्, तर अहिले भने हामी त्यतापट्टि छलफल गर्नेतर्फ लाग्दैनौँ । त्यो अन्य प्रसङ्गमा छलफल गर्न सकिने छ । अहिलेलाई यति मात्र भन्न सकिन्छ ः उनीहरुले अहिले अपनाएको नीतिबाट जानकारी प्राप्त हुन्छ कि उनीहरुले हाम्रो पार्टीलाई जुन प्रकारले विरोध गरेका थिए, त्यो विरोधका लागि विरोध वा उनीहरूको कुण्ठाको अभिव्यक्ति मात्र थियो । ओलीको पार्टी अहिले कुनै माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट लैस भएर नेपालमा कुनै क्रान्ति गर्ने योग्य बनेका कारणले निश्चय पनि फुटपरस्तहरूले चुनावी तालमेल गरेका छैनन् होला । दलाल पुँजीपतिको वर्गमा गिरेको(उनीहरुको अनुसार) पार्टी अहिले नै त्यसरी क्रान्ति गर्न योग्य भएको पनि छैन होला । तर पनि अहिले चुनावी तालमेलका लागि एमाले सम्पूर्ण रुपले पाच्य भएको छ । हामीले फेरि दोहो¥याएर भन्न चाहन्छौँ– कुनै राजनीतिक विषयको फैसला कोही चिच्याएर हुँदैन, व्यवहारद्वारा नै हुन्छ ।

    आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.