• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

स्थानीय चुनाव : कस्ता नेता छान्ने, कुन उम्मेदवारलाई भोट दिने ?


  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • विक्रम सम्वत २०७९ वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन हुने मिति तय भएसँगै चुनावी माहोल तातेको छ । गाउँ घर, पाखा पखेरा, पानी पँधेरा, वनजङ्गल, चिया पसलदेखि सपिङ मल र शहर बजारका गल्ली गल्लीमा चुनावसँग सम्बन्धित गफहरु हुन थालेका छन् । स्वाभाविक रूपमा राजनैतिक चिन्तन र छलफल हुनु सकारात्मक पक्ष हो ।

    Advertisement

    क्रियाशील राजनैतिक पार्टीहरुले आ–आफ्नो सम्बन्धित क्षेत्रका लागि केही उम्मेदवार घोषणा गरिसकेको भए पनि धेरैजसो क्षेत्रमा घोषणा हुन बाँकी छ । खासगरी यो स्थानीय चुनावमा पाँचदलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने सम्भावनालाई नकार्न सकिँदैन । थोरै धेरै स्थानीय निकायमा क्षेत्रीय पार्टीहरु पनि अस्तित्वमा छन् ।

    गठबन्धनबाट साझा उम्मेदवार घोषणा हुने प्रक्रियामा छ । पाँचदलीय गठबन्धनको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने संयन्त्र बनिसकेको र भागबन्डा मिलाउन बाँकी रहेको कुरा विभिन्न समाचार माध्यमबाट जानकारी हुन आएको छ । टिकट बाँडफाँट र व्यवस्थापनमा चुनौतीपूर्ण अवस्था छ ।

    गणतन्त्र स्थापनापछि हुन गइरहेको दोस्रो स्थानीय निर्वाचनबाट आगामी ५ वर्षको लागि जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । सबै राजनैतिक पार्टीहरु स्थानीय निर्वाचनको लागि आ–आफ्ना धारणा, प्रतिबद्धता र घोषणापत्र लिएर जनताको घर आँगनीमा दौडधुप बढाएका छन् । कयौंँ नेता कार्यकर्ताहरु मोटरबाटो स्तरोन्नती, गाउँ टोलमा घोरेटो बाटो निर्माण गर्ने, पाटी–पौवा बनाउने, नहर तथा सिंचाइको योजना, युवा स्वरोजगार कार्यक्रम, बिजुली, शुद्ध खानेपानी, फोहर र ढलको व्यवस्थापन, गुणस्तरीय शिक्षा, कृषि तथा पशुपालन, सर्वशुलभ स्वास्थ्य सेवा लगाएत अनेकौं जनजीविकासँग सम्बन्धित गुलिया आश्वासन लिएर गाउँ–गाउँ र टोल छिमेकमा ललिपप बाँड्न ब्यस्त छन् ।

    कतिपय स्थानीय नेताहरु टिकट प्राप्त गर्नको लागि जिल्ला, प्रदेश हुँदै केन्द्रीय नेतृत्वसँग हार गुहार र बिन्तीपत्र चढाउँदै छन् भने कोही टिकट प्राप्तिको सम्भावना न्यून भएको हुँदा पार्टी परिवर्तन गरिरहेका छन् । यसरी आफू अनुकुल फाइदाको लागि दल फेरबदल गर्ने छद्मभेसी नेताहरु धेरै छन् । पालिकास्तरीय चुनाव पनि दिनानुदिन धेरै भड्किलो र खर्चिलो हुँदै गइरहेको छ । त्यसैले सर्वसाधारण, इमान्दार र सामाजिक चिन्तन र निम्न पुँजी भएका सामाजिक अगुवाइ गर्नेहरु मैदानमा भिड्न कल्पना गर्नसम्म नसकिने परिस्थिति सिर्जना हुनु खेदजनक छ । धेरै पैसा लगानी गर्नेहरु मात्रै चुनावमा उम्मेदवार हुने अथवा पार्टीबाट टिकट पाउने संस्कारको दाहसंस्कार गर्न आवस्यक देखिन्छ ।

    अर्को कुरा पार्टीका नेता कार्यकर्ता चुनावको समयमा मात्रै गाउँ समाज, दुरदराजका बस्तिहरु र गरिबिको रेखामुनि जिउन बाध्य नागरिकहरुसँग भलाकुसारी गर्ने, सन्चो बिसन्चो, हालखबर सोधपुछ सहित उनीहरु सँग सेल्फी खिच्ने तथा जनताको सामु उपस्थिति हुने जस्ता अस्वाभाविक परिस्थितिको खुलेरै बिरोध गरौँ । र, उक्त क्रियाकलापमा संलग्न नेतालाई भाटे कार्बाही गर्ने हिम्मत गरौँ । हिजो देशमा संकटकाल लागू हुँदा ठूला ठूला हात्ती पार्टीका स्थानीय नेता कार्यकर्ताहरु कहिल्यै गरिबको बस्तीमा आउन सकेनन् ।

    सिर्फ आफ्नो मात्रै मुन्टो लुकाउन शहर पसेको घटना ताजै छ । त्यसकारण ठूलो रुखमुनि ओत लाग्नुपर्ने, संख्यात्मक रूपमा ठूलो पार्टीको सदस्यता लिने अथवा स्थानीय निर्वाचनमा सानो पार्टीको उम्मेदवारले चुनाव जित्न सक्दैन भन्ने जस्ता संकुचित सोचलाई परिवर्तन गरी पार्टीहरुको वैचारिक धरातल र गतिविधिलाई पनि मनन गरौँ । योग्य उम्मेदवार छ भने सानो ठूलो पार्टीको वर्गीकरण नगरी मताधिकार गरौँ । लाखौं रुपैयाँमा टिकट खरिद गरि चुनाव लडेका उम्मेदवारले जितेपछि विकासको मूल फुटाउने अपेक्षा गर्नु मुर्खता हुनेछ । चुनावी प्रचारप्रसारमा धेरै आर्थिक लगानी गर्नेहरु र गरिबिको फाइदा उठाउँदै भोट किन्ने असामाजिक र अस्वस्थ वातावरण सिर्जना गर्ने उम्मेदवारहरुलाई पराजित गर्नुपर्ने आजको आवस्यकता र हामी सबैको कर्तव्य हो ।

    एक छाक मासु–भात र एक दुई बोतल पेय पदार्थमा किनबेच हुने र आफ्नो अस्मिता बेच्नेहरु र निशुल्क भोज भतेरमा रमाउनेहरुको लागि यो वर्ष प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको चुनाव हुने भएकोले दशैँ कयौँ पटक मनाउने सम्भावना छ । स्वाभिमानी नेपालीहरुले यसरी गुन्द्रुकको भाउमा आफ्नो अमूल्य मतलाई बिक्री वितरण गर्नु भनेको गाउँ समाज र भावी सन्ततिको भविष्यसँग खेल्नु हो ।

    त्यसैले मतदान बिक्री गर्ने व्यवस्थाको न्यूनीकरण गरौँ र भोट खरिदमा संलग्नको उम्मेदवारी बर्खास्त गर्ने कानुनी प्राबधान कडाइका साथ लागू गर्नुपर्ने आवस्यकता छ । कयौँ नेताहरु शहर केन्द्रित छन् । शहर बजारमा व्यापार व्यवसाय, पेशा गर्ने, स्थानीय जनसरोकारका विषयमा भूमिकाविहीन व्यक्ति टिकट प्राप्तिको लागि गाउँ बस्तिमा घुम्दै गरेका उदाहरण पनि देख्न सकिन्छ ।

    चुनावी रस्साकस्सी बढिरहँदा हामीले के कस्ता उम्मेदवारलाई मतदान गरि जिताउनुपर्छ भन्ने विषयमा गम्भीर हुनुपर्ने र हिजो हाम्रो मतबाट जितेका जनप्रतिनिधिहरुको कार्य सम्पादनको समीक्षा गर्नुपर्ने हुन्छ । स्थानीय सरकारका जनप्रतिनिधिले पारिवारिक एवम् अभिभावकत्वको भूमिका बहन गर्नुपर्ने हुन्छ । बिगतमा त्यो सम्भव देखिएन । आंशिक जनप्रतिनिधिहरुले मात्र जिम्मेवारी पूरा गरेको पायौँ ।

    त्यसैले आगामी ५ वर्षको लागि हामीले सक्षम, कुशल, राजनैतिक आस्था भन्दा माथि उठेर अफ्ना नागरिकहरुप्रति सम्मानजनक दृस्टिकोण राख्ने, हर घडी जनताहरुको साथ समर्थन र आपतबिपतका कठिनाइमा सारथी हुने, राजनैतिक आस्थाको आधारमा कार्यकर्ता वितरणमुखी होइन सबै क्षेत्रको अपनत्व हुनेगरी योजना र रकम वितरण गर्ने, गाउँ समाजमा विवादास्पद विषय बस्तु उपर तार्किक निर्णय गर्नसक्ने, बौद्धिक, सामाजिक, दूरगामी भिजन भएका र व्यावसायिक राजनीति होइन निस्वार्थ समाज सेवा गर्ने व्यक्तित्वलाई जिताएर पठाउन सक्यौँ भने निश्चित रुपमा हाम्रो गाउँ समाज, वडा, पालिका र नगरपालिका नमूना शहर अथवा गाउँको रूपमा विकसित हुनेछ । तबमात्र हामीले सिंहदरबार गाउँ गाउँमा आएको अनुभुति गर्नेछौँ ।

    तर हामी मतदाताहरु त्यो दिशातर्फ अगाडि बढेनौँ र एजेन्डाविहीन राजनैतिक स्वार्थले भरिपूर्ण पदलोलुपहरुको सामु नतमस्तक भइ आफैँ जनप्रतिनिधि आफँै ठेकेदार हुने दलाल माफियाहरुलाई जिताउने अभियानमा सरिक भयौँ भने हामी र हाम्रो समाज रुपान्तरण हुँदैन र अगाडि बढ्न पनि सक्दैन ।

    त्यसैले उल्लेखित गूणमा पूर्णता भएका उम्मेदवार पाउन गाह्रो हुनसक्छ तर पनि मापन गरेर कमी बेसिको आधारमा आफ्नो मत जाहेर गरौँ । आफ्नोलाई होइन राम्रोलाई जिताऔँ । आ–आफ्ना पार्टी परिचालन कमिटीमा माथिल्लो नेतृत्वको दबाबमा होइन स्थानीय स्तरका कार्यकर्ताको रोजाइमा रहेका व्यक्तिलाई टिकट दिलाउन पहल गरौँ । अहिले बजारमा युवा नेतृत्वको व्यापक चर्चा छ ।

    युवा उम्मेदवारीमा स्वभावतः नयाँ उमंग, जोस, जाँगर र समाज परिवर्तनको फरक दृस्टिकोण हुनसक्छ तर उही पुरानै ढंगको पार्टी पद्धति, नेतृत्वको गुलामी गर्ने, तेल लगाएर मसाज गर्ने झोले प्रवृत्ति जस्ता अवसरवादी युवा उम्मेदवारबाट पनि धेरै अपेक्षा गर्न सकिँदैन ।

    त्यसैले जनताको भावनालाई सम्मान गर्दै समतामूलक समाजको निर्माण गर्ने, न्यायोचित ढंगले कार्यसम्पादन गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने, लोभ लालच नगर्ने, नातावाद र कृपावाददेखि टाढा हुने, दक्ष, अनुभवी, कुशल र निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई यही २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजय गराऔँ ।

    (गोपाल गिरी, हाल कुवेत)

    • प्रकृतिको अनुपम उपहार ‘ढोरपाटन’ को त्यो तीर्थयात्रा

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.