काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी२० आई वरियताको शीर्ष १० मा परेका छन् ।
आईसीसीले जारी गरेको नयाँ वरियतामा टी२० आईको अलराउण्डरको शीर्ष १० मा परेका छन्। उनी आइसीसी वरियताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी हुन् ।
उनले कुल १ सय ५२ रेटिङ अंक पाएका छन् । यसअघि २०१९ मा टी२० आईको अलराउन्डर तर्फ पूर्व कप्तान पारस खड्का २५ औं स्थान थिए ।
ब्याटिङतर्फ दीपेन्द्र ३८ औं स्थानमा छन् । कुशल भुर्तेल ३६ औं स्थानमा हुँदा आरिफ शेख ९९ औं स्थानमा छन् । टी२० आईको बलिङतर्फ सन्दीप लामिछाने ३८ र अभिनाश बोहरा ८६ औं स्थानमा छन् ।
गत साता घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टी२० आई सिरिजमा च्याम्पियन बनाउन दीपेन्द्रले कीर्तिमानी शतकसहित उत्कृष्ट प्रर्दशन गरेका थिए ।
दीपेन्द्रले त्रिकोणात्मक सिरिजको ५ खेलमा १ शतक र २ अर्धशतक सहित कुल २ सय ५५ रन बनाएका थिए । बलिङतर्फ भने ५ खेलमा ७ विकेट झारेका थिए ।