काठमाडौं । सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
Advertisement
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको कार्यशैलीमाथि प्रश्न उठाउँदै छानबिन समिती गठन गर्ने निर्णय गरेको थियो ।
अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।
पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा नियुक्त अधिकारीको भूमिकाबारे छलफल भएको थियो।