• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दर्शनमा अस्तित्वको पहिचान


  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    प्लेटो र अरस्तुका लेखहरू सङ्कलन गर्ने क्रममा इसापूर्व १७० तिर सबैभन्दा पहिले मेटाफिजिक्स शब्दको प्रयोग भएको थियो । उनीहरूबाट आत्मा, परमात्मा र अस्तित्वसम्बन्धी विषयलाई मेटाफिजिक्स भनियो । कालान्तरमा त्यही विषयअन्तर्गत सम्पूर्ण सत्ता र अस्तित्वसम्बन्धी अध्ययन गर्न थालियो । अस्तित्वसम्बन्धी समस्यासँगै दर्शनशास्त्रको प्रारम्भ हुन्छ ।

    श्रोत विषय खोज्ने प्रयत्न गर्दा सत्ताशास्त्र आरम्भ हुन्छ । विज्ञान सापेक्ष शास्त्र हो र सत्ताशास्त्र निरपेक्ष हो । विज्ञानभन्दा सत्ताशास्त्रको विषयवस्तु अझै व्यापक हुन्छ । सत्ताशास्त्रले स्थुल विश्वका साथै सूक्ष्म वा पारस्परिक सत्ताको सम्भावनाबारे समेत व्यापक अध्ययन गर्छ ।
    समग्र तत्वशास्त्रकै मूल उद्देश्य मूल सत्तासम्म पुग्नु हो । तत्वशास्त्रका विधि तीन भागमा विभाजित छन् :

    १. भौतिकवादी तत्वदर्शनअन्तर्गत परमतत्व भौतिक छ । यसलाई वैज्ञानिक साधनद्वारा सिद्ध गर्न अथवा असिद्ध गर्न सकिन्छ । समग्र विश्व जिवजन्तु र विकास भौतिक हुन् । आत्मा, परमात्मा, पूर्वजन्म जस्ता मान्यता केवल कपोलकल्पित मात्र हुन् । विश्वको उत्पत्ति, प्राणीजगत््को सिर्जना, चेतनाको विकास जस्ता विषय भौतिक हुन् । यिनीहरूको कुनै चेतन कारण छैन । यही मूल मान्यतामा भौतिकवादीहरू विश्वास गर्छन् । विज्ञानको द्वन्द्वात्मक स्वभावका कारण विश्वको विकास भएको हो । प्रकृतिमा बिनाबन्धन जीवहरूको उत्पत्ति हुन्छ । प्रकृति जीवनको विकासका लागि आवश्यक तत्व हो, बन्धन होइन । परमात्मा, आत्मा जस्ता तत्वहरू काल्पनिक हुन् । तत्वशास्त्रले सत्ताको अध्ययन गर्छ भने ज्ञानमिमांसाले त्यसको विश्लेषण गर्दछ । ज्ञानको श्रोत प्रकृति हो । प्रामाणिकता, सीमा तथा परिस्थितिबारे अध्ययन–अध्यापन गर्नु नै ज्ञानशास्त्र हो । प्रत्यक्ष नै ज्ञानको एक मात्र प्रामाणिक साधन हो ।

    २. आध्यात्मवादी तत्वदर्शनले परमतत्व चेतनशील, सर्वशक्तिमान छ र मूल कारण सर्वशक्तिमान छ र सर्वव्याप्त छ । यसलाई ज्ञान, भक्ति र कर्मको माध्यमबाट साक्षात्कार गर्न सकिन्छ । इसाई परमेश्वर र हिन्दु ईश्वरको रूपमा परम तत्व दुवै स्थापित अनिवार्यता हो भनेर वैज्ञानिक प्रमाण र प्रामाणिकतालाई पन्छाउँछ ।

    ३. विश्लेषणात्मक तत्वदर्शनले तत्वबारे अन्वेषण, संश्लेषण र विश्लेषण गर्दा पूर्वाग्रहरहित हुनु हो भन्ने मान्यता राख्दछ । यसले दुवैलाई सँगै हिँडाई परम तत्वको बौद्धिक, माध्यमिक वा अन्य विधिद्वारा साक्षात्कार गर्ने प्रयत्न गर्दछ ।

    वस्तु हाम्रो चेतना अथवा संवेदनाभन्दा स्वतन्त्र र हामीबाट अलग्गै वस्तुनिज रूपमा अस्तित्ववान् हुन्छन् । तिनीहरू मानिसको चेतनामा ज्ञात हुन बाँकी रहेका पनि हुन सक्छन् । वस्तुहरूको निजरूप र परिघटनाका बिच अहिलेसम्म ज्ञात र अज्ञातको मात्र अन्तर हुन्छ । गतिका यान्त्रिक, भौतिक, रासायनिक, जैविक र सामाजिक रूपहरूको अन्तरसम्बन्ध र अन्तरनिर्भरताका साथै आर्थिक, सामाजिक ढाँचा, उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचको द्वन्द्वात्मक बताउँदै दिग र कालका सापेक्षिक अवधारणाले नै निरपेक्ष सत्यको निर्माण गर्दछन् ।

    मानिस वा कुनै पनि जीवन अस्तित्वमा आउनुभन्दा धेरै पहिलेदेखि नै पृथ्वी अस्तित्वमा थियो । चेतना पदार्थको दीर्घ विकासको परिणाम हो । पदार्थ प्राथमिक हो र विचार, चेतना, संवेदना आदि पदार्थका अत्यन्त उच्च विकासका परिणाम हुन् । हाम्रा ज्ञानेन्द्रियहरूमा क्रिया गर्ने पदार्थले संवेदना पैदा गर्छ । मस्तिष्क, स्नायु र रेटिना भन्ने पदार्थका विशेष किसिमले सङ्गठित अङ्गमा संवेदन निर्भर गर्दछ तर पदार्थ भने संवेदनामा निर्भर नगरी स्वतन्त्र हुन्छ ।

    पदार्थ प्राथमिक हो र चेतनाबाट स्वतन्त्र छ । चेतना पदार्थको उपज हो । यो पदार्थमै निर्भर गर्दछ । चेतनाको निर्माण पदार्थबाट हुन्छ भने पदार्थ चेतनामा प्रतिबिम्बित भएर संवेदना पैदा गर्दछ ।

    वस्तु र घटना वा वस्तु र चेतनाबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । संवेदनाले चेतना र बाह्य जगत्बिच प्रत्यक्ष सम्बन्ध राख्छ अथवा बाह्य जगत्लाई चेतनाको तथ्यमा रूपान्तरण गर्ने माध्यम संवेदना हो । हाम्रा ज्ञानेन्द्रियहरूमा बाह्य वस्तु वा परिघटनाको धक्का लागेर तिनीहरूको अस्तित्वबोध हुनु नै ज्ञान हो । वस्तुहरू हामीभन्दा बाहिर स्वतन्त्र रूपले अस्तित्ववान् हुन्छन् । हाम्रा धारणा र विचार तिनीहरूकै बिम्ब हुन् । ती बिम्बको सही वा गलत विभेदीकरण व्यवहारबाट हुन्छ ।

    मानव मस्तिष्क अत्यन्त उन्नत किसिमले सुगठित रूप हो । यसबाट हुने परावर्तन मनिसको इच्छा र चाहनामा निर्भर गर्दैन । परावर्तित वस्तु भौतिक जगत् हो, परावर्तनकर्ताभन्दा बाहिर र स्वतन्त्र रूपमा धेरै पहिलेदेखि अस्तित्ववान् छ ।

    ज्ञान कुनै तम्तयार र अपरिवर्तित वस्तु होइन, वस्तुगत जगत्को बोध गर्नु भनेको जगत्को बारेमा गहन ज्ञान प्राप्त गर्नु हो । सापेक्ष सत्यको कुल योगबाट निरपेक्ष सत्य बनेको हुन्छ । ज्ञान निरन्तर निरपेक्ष सत्यको नजिक पुगिरहेको हुन्छ ।

    परावर्तनको प्रकृयालाई पदार्थको गतिका मुख्य निजरूपद्वारा बयान गर्न सकिन्छ । प्रथम– भौतिक, रासायनिक निर्जीव प्रकृतिमा ऊर्जा रूपान्तरणको रूपमा परावर्तन प्रकट हुन्छ । दोस्रो– जैविक परावर्तनमा परावर्तनको प्रारम्भिक घटना सरल जीवमा खाना र सुरक्षाका रूपहरू देखा पर्छन् । उन्नत तहका जीवमा खाना, सुरक्षा, आक्रमण र यौन आकाङ्क्षाका प्रतिकृया देखिन्छन् । अनुवंशिक गुणहरू पनि धेरै पुस्तासम्म सुदृढ रूपमा पाइन्छन् । त्यसले जैविक विकासमा प्राकृतिक छनौटको नियमलाई जनाउँछ । जैविक क्षेत्रमा देखिने परावर्तनको रूप उन्नत तहका जीवको स्नायुप्रणालीका गतिविधिमा हुन्छ । त्यसमा जीवनचक्रलाई नियमित र निरन्तर बनाउने निश्चित कृयाकलापका साथै आवास निर्माण, सामूहिक सुरक्षा तथा आक्रमणको सङ्गठन सन्तानको हेरचाह, खाद्यान्न तथा जीवनयापनको अवस्थाको छनौट जस्ता कार्यसमेत पर्छन् ।

    परावर्तनको सर्वाेच्च रूप मानवीय चेतनाको तहमा पुगेपछि हुने सामाजिक प्रकृयाको परावर्तन हो । त्यो धेरै रूपमा हुन्छ । व्यक्तिले आफ्ना व्यवहारका उद्देश्य निर्धारण गर्ने व्यक्तिगत परावर्तन हो । अवधारणाको रूपमा जगत्को वैज्ञानिक जानकारी, जुन व्यक्तिगतभन्दा सामाजिक चरित्रको हुन्छ, सामाजिक चरित्रकै अर्काे रूप बाह्य जगत्सँग मानिसको अन्तक्र्रियालाई मानिसको कला र साहित्यको रूपमा पुनःरचना गर्नु पनि हो । जनतालाई सामाजिक जीवनको विकास र सञ्चालनको अवस्थाबारे जानकारी गराएर सङ्गठनात्मक क्षेत्रको परावर्तन गराउनु पनि महत्वपूर्ण काम हो । साथै पूरै सामाजिक रूपको प्राविधिक मेसिन आदि सृजना हुने परावर्तनले मानिसको लक्ष्य प्राप्त हुने क्षमतामा असीमित विस्तारसमेत गर्न सक्छ ।

    वस्तुगत सत्य नै निरपेक्ष सत्य हो । निरपेक्ष सत्य सापेक्ष सत्यको कुल योगबाट बनेको हुन्छ । द्वन्द्वात्मक भौतिकवादमा वस्तुगत सत्यलाई स्वीकार गरेर सापेक्ष सत्यबाट निरपेक्ष सत्यतिर बढ्नुपर्छ र हाम्रा सम्पूर्ण ज्ञानको निरपेक्ष सत्य पत्ता लगाउने सीमा ऐतिहासिक अवस्थाअनुकूल हुन्छ । मानवीय जीवन निर्वाहका निम्ति आवश्यक पर्ने भौतिक साधनको उत्पादन कार्य समाज विकासको आधारशिला हो ।

    सामाजिक परिवर्तनको मूल शक्ति समाजको उत्पादक शक्ति हो । सामाजिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ । आर्थिक आधारअनुरूपको सामाजिक संरचना बन्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । विरोधी पक्षका बिच एकता र सङ्घर्ष हुन्छ । इतिहासका निर्माता श्रमजीवी जनता हुन् ।

    माक्र्सवादको प्रतिपादन हुने बेलासम्म स्वतन्त्र प्रतिस्पर्धा र प्रगतिशील चरित्र भएको पुँजीवाद थियो । एकाधिकारी पुँजीवादी मण्डलको निर्माण, बैङकिङ पुँजी र औद्योगिक पुँजी मिलेर वित्तीय पुँजीको निर्माण, वस्तुको ठाउँमा पुँजी निर्यात, एकाधिकारी मण्डलबिच विश्वबजारको बाँडफाँड र महाशक्तिका बिच विश्वको बाँडफाँड जस्ता चरित्र ग्रहण गरेर साम्राज्यवादमा रूपान्तरित भएकाले आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो ।

    सामाजिक चेतना भनेको मानिसको विचार, दृष्टिकोण र सिद्धान्त, सामाजिक भावना, मानिसको बानीब्यहोरा र रीतिरिवाज सम्पूर्णको योग हो । यसले मानव समाज र प्रकृतिको प्रतिबिम्ब उतार्छ । त्यही नै मानिसको सामाजिक अस्तित्वको मुख्य तत्व हो ।

    सामाजिक चेतनाका रूपहरूले सामाजिक अस्तित्वका विभिन्न पक्षलाई प्रतिबिम्बत गर्दछन् । मानिसहरूको सामाजिक चेतना उनीहरूको सामाजिक अस्तित्वको उपज हो । मानिसहरूको व्यक्तिगत विकासमा चेतनाको सापेक्षिक आत्मनिर्भरता रहन जान्छ । अस्तित्वमा फेरबदल भएपछि मात्र उनीहरूको चेतना बदलिन्छ । सामाजिक चेतनाको मूल जरो समाजको भौतिक जीवनमा मात्रै भेटिन्छ ।

    नयाँ वर्गले आफ्नो विचारधाराको निर्माण गर्दा अतीतका मानव विचारधारालाई ग्रहण गर्छ र आफ्नो सेवामा लगाउँछ । साम्राज्यवादी सिद्वान्तकारहरूले श्रमिकलाई बौद्धिक दासत्वअन्तर्गत राख्न मध्ययुगिन पाण्डित्य र रहस्यवादसहित अध्यात्मवादी तथा धार्मिक प्रणालीको उपयोग गर्दछन् । क्रान्तिकारीहरूले अतीतका वैचारिक उत्तरदेनबाट आफनो वर्गीय सकारात्मक महत्व नगुमाइकन मानवजातिको प्रगतिशील विकासमा योगदान पु¥याउने सामथ्र्य राख्दछन् ।

    सर्वहरा वर्ग नै अतीतको बौद्धिक उत्तरदेनको सबैभन्दा विवेकशील हिफाजती र चिन्तनशील संरक्षक हो । प्रगतिशील वर्ग र जनसाधारणको हितको अभिव्यक्ति गर्ने विचारको मात्र प्रगतिशील महत्व हुन सक्छ । तिनीहरूले मात्र पुरानो सामाजिक व्यवस्थाको उन्मूलन र नयाँ सामाजिक व्यवस्थाको स्थापनामा योगदान पु¥याउँछन् । सर्वसाधारण जनता तिनीहरूप्रति आकर्षित भएपछि मात्र ती विचार भौतिक शक्ति बन्न पुग्छन् । चेतनाको भूमिका उललेख गर्दा सामाजिक मनोभावना, खास गरिकन वर्ग र ठुला ठुला सामाजिक दलको मनोभावनालाई समेत ध्यानमा राख्नुपर्छ ।

    सबै मान्छेको चेतनालाई एउटै स्तरमा बनाउन सकिन्न । रचनात्मक रूपमा विचार गर्ने जीवन्त र क्रियाशील मान्छेहरूबिचको मात्र समानता सम्भव हुन सक्छ । समाजमा चेतनाले वैज्ञानिक सुव्यवस्थित चेतनाको निर्माणको निम्ति चाहिने सामग्रीको काम गर्दछ ।

    सामाजिक र प्राकृतिक विज्ञान वैज्ञानिक चेतनाअन्तर्गत पर्दछन् । सामाजिक अस्तित्व राजनीति र आचार, विज्ञान र धर्म, साहित्य र कला जस्ता वास्तविक तथ्यका सम्बन्धमा मानिसको विचार सामान्य तथा सैद्धान्तिक चेतनाको निश्चित संश्लेषण हो । सामाजिक चेतनाले पनि वर्गीय चरित्र लिएको हुन्छ । निश्चित वर्गको राजनीतिक, न्यायिक, नैतिक, कलात्मक तथा अन्य धारणा र विचारको समुच्यय नै त्यस वर्गको विचारधारा हो ।

    पार्टीले आफ्ना काम गर्नुपर्छ । आफ्नो वर्गलाई, त्यसपछि सर्वसाधारण जनतालाई तालिम र प्रशिक्षण दिनुपर्छ । जनताका लागि गरिने सबै काम उनीहरूको आवश्यकताबाट सुरु गरिनुपर्छ । जतिसुकै राम्रो आसय भए पनि कुनै एउटा व्यक्तिको इच्छाबाट सुरु गरेर काम लाग्दैन । जनता आफ्ना आवश्यकताबारे सचेत, इच्छुक र परिवर्तनका लागि दृढ नहुँदासम्म क्रान्तिकारीहरूले धैर्यतापूर्वक प्रतिक्षा गर्नुपर्छ । त्यसो नगर्ने हो भने हामी आफै जनताबाट एक्लिने काम गरिरहेका हुने छौँ ।

    जनता र पार्टीका बिचको सम्बन्ध पार्टी नेतृत्व र सर्वसाधारण व्यक्तिबिचको सम्बन्ध जस्तै विपरीतको एकता हो, जसमा एकले अर्काप्रति कृया–प्रतिकृया देखाउँछन् । जनवादी विचार वा सिद्धान्त वास्तवमै जनताबाट आउँछ । यो साच्चै नै फर्केर जनतामै जान्छ भन्ने निश्चित बनाउन आवश्यक छ । त्यसका लागि पार्टीभन्दा बाहिरका जनता र पार्टीका बिचमा मात्र होइन बरु पार्टी नेतृत्व वर्ग र पार्टीभित्रका जनसमूहबिच सही सङ्गठनात्मक पद्धति हुनुपर्दछ ।

    पार्टी र जनताबिचको चक्रीय अन्तक्र्रिया माक्र्सवादी ज्ञानसिद्धान्तका व्यवहार र सिद्धान्तका बिच द्वन्द्वात्मक सम्बन्धानुरूप हुन्छ । पार्टीका सबै व्यावहारिक काममा जनताबाट विचार लिनु, तिनीहरूलाई एकत्र गर्नु, त्यसपछि फेरि जनतामा नै फर्कनु आफ्नै मानेर अङ्गिकार गर्ने, बलियोसँग फक्रने, व्यवहारमा रूपान्तरण गर्ने र व्यवहारको शुद्धताको परीक्षण गर्ने गर्न नलाग्दासम्म आफना विचारलाई प्रचार र व्याख्या गर्दै जानुपर्छ । अर्काेपटक पनि जनताबाट विचार एकत्र गरेर फेरि जनतामै जानुपर्छ ।

    वस्तुगत दुनियाँलाई बदल्नु, तिनीहरूको आफ्नै आत्मगत संसारलाई बदल्नु, तिनीहरूका सङ्ज्ञानात्मक क्षमतालाई बदल्नु र आत्मगत तथा वस्तुगत संसारका बिचका सम्बन्धलाई बदल्नुपर्दछ । बदल्नुपर्ने वस्तुगत संसारले पनि परिवर्तनका सबै विरोधीलाई समेट्छ । बदलिने उद्देश्यले स्वेच्छिक तथा सचेत परिवर्तनको अवस्थामा प्रवेश गरिसक्नुभन्दा पहिले बाध्यकारी अवस्थाबाट गुज्रनुपर्दछ । श्रमिक वर्गका लागि, श्रम गर्ने जनताका लागि र कम्युनिस्ट पार्टीका लागि मानवजातिलाई महान् शान्तिको क्षेत्रमा प्रवेश गर्ने अवस्था सिर्जना गर्न गरिएको कठोर परिश्रम हो भन्ने पनि बुझ्न सक्नुपर्छ ।

    सन्दर्भ सूची
    १. जर्ज थोम्सन, माक्र्सदेखि माओत्सेतुङसम्म (अनुवाद भगवानचन्द्र ज्ञवाली)
    २. वेदुराम भुसाल, दर्शनशास्त्र परिचय, प्रकाशक ः एसिया पब्लिकेसन प्रालि, बागबजार, काठमाडौँ
    ३. भिक्टर आफनास्येभ, दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, प्रकाशक ः प्रगति प्रकाशन
    ४. डा. गोविन्दशरण उपाध्याय, परिचयात्मक पाश्चात्य दर्शन, प्रकाशक ः पैरवी बुक हाउस, काठमाडौँ

    शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.