काठमाडौं । मुटु रोगले पीडित पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङले आर्थिक सहयोग गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले शुक्रबार उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो ।
Advertisement
महासंघको केन्द्रीय सभासद् समेत रहेका रिजालको उपचारकालागि महासंघ शाखाले सहयोग अभियानको शुरुआत गरेको छ ।
प्रगतिशील पत्रकार संघका उपाध्यक्ष रिजालको मुटुमा समस्या आएपछि उहाँ काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय ह्रदया केन्द्रमा उपचार गराइरहनुभएको छ । रिजालको यही मंसिर ३० गते मुटुको अपरेसन हुँदैछ ।