• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा प्युठानका अध्यक्षलाई खुला पत्र !


  •   बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
  • जिल्ला अध्यक्ष शर्मा ज्यु, अभिवादन !

    Advertisement

    जिल्ला पार्टीको अध्यक्षको हैसियतमा पत्रकार सम्मेलनमा तपाईंले दिएको अभिव्यक्ति समाचार पढेर थाहा भयो । र, यसलाई जबाफ दिनु आवस्यक ठानेर जमर्को गरिरहेको छु ।

    दुई पार्टी-केन्द्रमा एउटा सहमति भयो, वामपन्थी तालमेल गरेर निर्वाचनमा होमिने ! सोही बमोजिम बाग्लुङको प्रदेश सभा २ को ख र प्युठानको ऐरावती -२ मा नेकपाले राजमोलाई समर्थन गर्ने र बाँकी देशभर नेकपाका उमेदवारलाई समर्थन गर्ने, सहयोग गर्ने । यसलाई हाम्रो पार्टीको तर्फबाट पुरा पालना भएको छ । तर नेकपाले केन्द्रीय स्तरमा गरिएको सहमतिलाई केन्द्रीय नेतृत्व कै उपस्थितिमा उल्लंघन गरिएको छ ।

    यसको प्रमाण हो- निर्वाचनका समयमा वामदेव गौतमको प्युठान उपस्थिति र चुनावी सभा(सार्वजनिक मञ्च) मार्फत पुर्वनिर्धारित केन्द्रीय सहमतिको विरुद्ध जिल्लामा भइरहेका नेकपाका राजनीतिक गतिविधिमा मौन समर्थन ! नेकपा स्थाई कमिटी सदस्य मणि थापा, नेकपाको तर्फबाट विजयी प्रदेश सभा सदस्यहरु कृष्णध्वज खड्का र हरि रिजालको बागी उमेदवारको पक्षमा चुनावी सभामा भएको सहभागिता आदिलाई समेत मान्न सकिन्छ ।

    हो, नेकपा (मसाल) कम्युनिस्ट पार्टी हो । र, विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेर्ने हो भने कम्युनिस्ट पार्टी भुमिगत नै हुन्छन् । यसको लागि तपाईंले इतिहासको थप अध्यन गर्नुपर्ने हुनसक्छ । यस हिसाबले नेकपा (प्रतिक्रियावादी राज्यसत्तामा सामेल बुर्जुवा पार्टी) सँग नेकपा (मसाल) निर्वाचनका विषयमा छलफल र बहस नि गर्दैन । यसमा पनि तपाईं स्पष्ट हुँदा हुन्छ । किनकि नेकपा (मसाल) अर्धभुमिगत कम्युनिस्ट पार्टी हो, निर्वाचन लगायतका विषयमा निर्णय लिने जिम्मा पार्टीको वैधानिक मोर्चा- राष्ट्रिय जनमोर्चालाई दिएको छ ।

    पार्टीको मातहतमा राजमोले यस्ता विषयमा पार्टीसँग समन्वय गरेर सुझबुझपुर्ण रूपमा निर्णय गर्ने गर्दछ । कम्युनिस्ट पार्टी-संगठनको अनुभव नभएको कारण यस्ता तर्क गर्नुलाई हामीले आश्चर्य मानेका छैनौं । र अर्को विषय पनि पत्रकार सम्मेलनमा उठाउनुभएको रहेछ – निर्वाचनका विषयमा मात्रै सहमति हुन सक्दैन, यसलाई प्याकेजमा सहमति खोजिनुपर्छ । त्यसमा झिम्रुक गा.पा. ८ को वार्ड कार्यालयको विषय, मल्लरानी स्थित चुंजाठाटी स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीको विषयमा परेको मुद्दा, सांसद विकास कोष परिचालनको विषय र उप-निर्वाचन सम्बन्धि विषय ! यी सबै विषयमा प्याकेजमा सहमति जुट्नुपर्छ भन्ने तपाईंहरुको हठले जिल्लाको वामपन्थी समीकरण भंग भएको छ र यसको भविष्य समेत अन्योलग्रस्त पारिएको छ । यसको सम्पुर्ण जिम्मा नेकपा हो र नेतृत्वको हिसाबले तपाईंहरु !

    वार्ड कार्यालयको विषयमा धेरै पटक छलफलहरु भएका छन्, तर सहमति जुट्न नसक्दा वहुमतिय प्रणालीअनुसार यसको टुंगो लगाइएको छ । मल्लरानी गा.पा. स्थित चुजाठाटी स्वास्थ्य चौकीका इन्चार्जले एकजना स्वास्थ्य सेवाग्राहीलाईगरिएको भनिएको अभद्र व्यवहारको मुद्दा, जसलाई सम्बन्धित स्थानीय सरकार वा स्वयं अदालतले नै यसको टुंगो लगाउनेछ । र अघिल्लो निर्वाचनका समयमा आगामी दिनमा प्रतिनिधि सभा, संघ र स्थानीय तहको बजेट (संसद विकास कोष, पुर्वाधार विकास कोस, स्थानीय तहको बजेट ) लाई संयुक्त रूपमा परिचालन गर्ने सहमति हाम्रो पार्टीले पुर्णरूपमा कार्यनयन गरेको छ । पुर्वाधार विकास कोष अन्तर्गतको ६ करोड बजेट मध्य ३ करोड नेकपालाई खर्च (परिचालन) गर्न दिएर राजमोले सहमति कार्यान्वयन गरेको थियो । तर नेकपाबाट विजयी प्रदेश सांसदहरु र स्थानीय तहको बजेट एकलौटी र मनमर्जी हिसाबले खर्च गरिएको छ, दुरुपयोग गरिएको छ । यस विषयमा राजमोसँग कुनै छलफल र सहकार्य भएको छैन ।

    रह्यो कुरा उप-निर्वाचन सम्बन्धि, यो विषयमा मैले माथि नै स्पष्ट पारेको छु । तपाईंले लगाएको बर्गवैरीको जुन आरोप छ, यो सरासर आधारहीन, कपोलकल्पित र राजनीतिक पुर्वाग्रहबाट निर्देशित छ । विगतमा वामपन्थी शक्तिहरुका बीचमा भएको सहमति र सम्झौताहरुमा गद्दारि गर्ने काम स्वयं पुर्व नेकपा (खासगरी तपाईंले नेतृत्व गर्नुभएको पुर्व एमाले ) बाट हुँदै आएको छ । तपाईंहरुको अवसरवादी र ढुलमुले चरित्रका कारण जिल्लामा प्रगतिशील शक्तिका बीचमा प्रतिक्रियावादी शक्तिहरुले ठाउँ पाएको इतिहास ताजै छ ।

    यसको एउटा उदाहरण हो, अघिल्लो निर्वाचका वेलामा ४२ दिनसम्मको लामो छलफल पछि टुंगिन लागेको त्रिपक्ष (तत्कालीन राजमो-एमाले-माओवादी ) चुनावी तालमेल एउटा वार्डको विषयमा तपाईंहरुको हठले गर्दा भंग हुनु । यस्ता दृष्टान्त थुप्रै दिन सकिन्छ, तर यसमा धेरै उदाहरण दिएर तपाईंलाई थप लज्जित बनाउन म चाहन्न । र तपाईंले जोड्नुभएको छ, वामपन्थी समीकरणको सम्भावना कायमै छ । त्यसो होईन कमरेड अहिले यसमा पुर्णविराम लागेको छ ।

    सम्भवतः अब नेकपासँग जिल्लास्तर कुनैपनी तालमेल र मोर्चावन्दी हुनेछैन । यसमा तपाईंलाई विश्वस्त गराउन अर्को शब्द भेटिरहेको छैन, तर तत्काललाई No ! हामी प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध, प्रतिक्रियावादी शक्तिका विरुद्ध जुध्न तयार छौँ र सक्षम पनि, सम्झौता गर्न होईन ! तपाईंहरुले दया गरेर दिएको होइन हामीले हाम्रो सम्पुर्ण शक्ति र तागतले प्रतिनिधि सभा जितेका हौं । यस हिसाबले ५० हजार जनमतको हकदार हामी हौं, हाम्रो पार्टी हो ।

    र अहिले बजारमा उपसभामुखको लड्डु बाडिरहेको जुन निराधार हल्ला छ, यसमा यत्ति भनुँ- अहिले हामीलाई उपसभामुख होईन, स्वर्गद्वारी देखि गौमुखी र ऐरावती देखी नौवहिनी सम्मको संगठन चाहिएको छ ! तपाईंहरु भ्रमबाट मुक्त हुन र पुर्वाग्रह र तुसको राजनीतिबाट माथि उठे मात्रै प्युठानले तपाईंहरुको राजनीतिक चेत र संस्कारको महसुस गर्नेछ, धन्यवाद ।

    सरोज न्यौपाने

    बिहिबार, मङि्सर १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.