• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एमाले र कांग्रेसबीच एमसीसी पास गरेर जस लिने होडबाजी थियो : केसी


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शासक दलहरु देशको राष्ट्रियता बचाउन भन्दा साम्राज्यवादीको दलाली गर्न तल्लिन भएको बताउनुभएको छ ।

    Advertisement

    रुपन्देहीको कञ्चन गाउँ पालिकामा सोमबार आयोजित राष्ट्रिय जनमोर्चाको स्थानीय चुनाव केन्द्रित भेलालाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्रघाती एमसीसी पारित गर्न सत्ताधारी कांग्रेस, माओवादी र एकीकृत समाजवादी जत्तिकै प्रतिपक्षी एमाले पनि जिम्मेवार रहेको बताउनुभयो ।

    केसी भन्नुभयो, ‘शासकहरू देशको हितमा काम गर्नुको सट्टा विदेशी साम्राज्यवादको दलाली गर्दैछन् । राष्ट्रघाती एमसीसी पास गर्न कांग्रेस, माओवादी र समाजवादी जति जिम्मेवार छन्, एमाले पनि उत्तिकै जिम्मेवार छ । प्रतिस्पर्धा खाली एमसीसी पास गरेर जस कसले लिने भन्ने हो ।’

    अध्यक्ष केसीले अहिलेको निर्वाचन प्रतिगमनको खतरा र अधिनायकवादलाई रोक्न केन्द्रित गर्ने बताउनुभयो । साथसाथै आफ्नो पार्टीले एमसीसी र संघीयता खारेजीको मुद्दालाई पनि अघि बढाउने उहाँको भनाई थियो ।

    ‘गणतन्त्रको रक्षा गरौँ, धर्म निरपेक्षताको रक्षा गरौँ, संघीयताको खारेज गरौँ भन्ने नारालाई मूल नारा बनाएर स्थानीय चुनावमा जान्छौँ’ केसीले भन्नुभयो, ‘ अहिले पनि प्रतिगमनको खतरा कायमै छ । प्रतिगमन र अधिनायकवादको खतरालाई रोक्न अहिले पनि सरकारलाई सर्मथन गरेका हौँ ।’

    भेलाको अध्यक्षता राजमो पालिका अध्यक्ष लिला बल्लभ खनालले गर्नु भएको थियो भने सञ्चालन राजमोका पालिका सचिव तुलसी राम शर्माले गर्नु भएको थियो ।

    भेलालाई राष्ट्रिय सभा सदस्य तुल प्रसाद विक (राजेश), राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष बद्रे आलम, वामपन्थी नेता चेतनाथ आचार्यले पनि सम्बोधन गर्नु भएको थियो । स्वागत खोप बहादुर मगरले गर्नु भएको थियो ।

    भेलाले कञ्चन गाउँपालिका राष्ट्रिय जनमोर्चाको पुनर्गठन गरेको छ । पुर्नगठित समितिमा अध्यक्ष लीला वल्लब खनाल, उपाध्यक्ष खोप बहादुर मगर, सचिव तुलसी राम शर्मा, सहसचिव छविलाल सुवेदी, कोषाध्यक्ष शिवलाल पौडेल रहनुभएको छ।

    यस्तै, सदस्यहरूमा कोष प्रसाद शर्मा, उमा थापा, चित्र बहादुर क्षेत्री, राम प्रसाद ढुंगाना, भूमा खनाल, सन्त बहादुर सुनार, लालु राम पाण्डे, खड्ग बहादुर घर्ती क्षेत्री रहनुभएका छ । त्यसैगरी सल्लाहकारमा पदम मल्ल, विष्णु पुन, चिन्तामणि आचार्य, शान्ता जिसी र हिरादत्त ढुंगाना चुनिनुभएको छ ।

    भेलाले यमबहादुर रायमाझीको संयोजकत्वमा सात सदस्यीय स्थानीय चुनाव परिचालन समिति र लीला वल्लब खनालको संयोजकत्वमा ४१ सदस्यीय प्रचार प्रसार समिति पनि गठन गरेको छ ।

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.