• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

मूल प्रवाहको विरोध गर्नेहरू गन्तव्यविहीन भएर छट्पटाउन थाले : दुर्गाबहादुर केसी


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, मध्य दक्षिण (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको भेला आज हैदराबादको मल्लपुरस्थित अम्बेड्कर कम्युनिटी हलमा सम्पन्न भएको छ ।

    Advertisement

    भेलाको उद्घाटन मूल प्रवाहका पूर्वअध्यक्ष तथा अन्तर्रास्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभयो । त्यसक्रममा अध्यक्ष केसीले मूल प्रवाहको आठौं सम्मेलन पश्चात् कतिपय महत्वपूर्ण निर्णय हरु भएको जानकारी दिँदै मध्य दक्षिण क्षेत्रीय भेला पनि एक हो भन्नुभयो ।

    यसले आगामी दिनमा सङ्ठनको बिस्तार गर्न के कस्ता योजनाहरु बनाउने, कसरी कामको स्प्रिट बढाउने र अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने बताउनुभयो । उहाँले सङ्ठनको अनुशासनमा बस्न नसक्नेहरुले समाजको विकास गर्न पनि नसक्ने र बताउनुभयो।

    ‘त्यसैले सबभन्दा ठूलो कुरा अनुशासन हो’ उहाँले भन्नुभयो, ‘अनुशासनमा बस्न नसकेर संगठनको विरोध गर्नेहरु अहिले गन्तव्यविहीन हुन पुगेका छन् ।’

    त्यस्तै केसीले अहिले देशमा हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा पनि भारत लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपाली पनि निर्वाचानलाई विजयी बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा विशिष्ट अथिती मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले पनि सम्बोधन गर्दै संगठनको विरोध गर्दै हिँड्ने तत्वहरूको कुनै परिणाममुखी गन्तव्य नभएको र पस्चातापमा परेर छट्पटिरहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘कथित भेला गरेर गोरखपुरमा ११ जना उभिएर ६२ जनाको कथित समानान्तर समिति बनाउनेहरु मूल प्रवाहको आठौं सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भैसकेपछि अत्तालिएका छन्, बेचैनी भएका छन्,उनीहरुको कथित क्रान्तिकारी मुकुन्डो उघारिसकेको छ । अब भ्रमजालमा कोही पनि पर्नेवाला छैनन् ।’

    कार्यक्रममा केन्द्रीय सदस्य फुलबिना पौडेल, भिम बहादुर थापा र कृष्ण बहादुर थापाको पनि आथित्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता रामप्रसाद पौडेल, सन्चालन तिलक राना र स्वागत रुपलाल जिएमले गर्नुभयो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले स्वागत गीत गाउनुभएको थियो ।

    उद्घाटन कार्यक्रमको समापन पश्चात् दोस्रो सेशनको कार्यक्रम शंकर नेपालीको सन्चालनबाट अघि बढेको थियो । धनबहादुर शाही, गुमा राना र पुस्पा पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले कार्यक्रम अघि बढाएको थियो । विभिन्न नगरहरुबाट रिपोर्टिङ प्रस्तुत गरिएको थियो जसानुसार उत्तर नगर समितीबाट मोहनलाल शर्मा, मध्य नगर समितीबाट राजु दुलाल, दक्षिण नगर समितीबाट वीर बहादुर विक, नागपुर नगरबाट रुपलाल जिएमले आ–आफ्नो नगरहरुको रिपोर्ट पेस गर्नुभएको थियो ।आएका रिपोर्टहरुमाथि क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्पष्टीकरण दिनुभएको थियो ।

    तत पश्चात् क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले भेलाका एजेन्डाहरु प्रस्तुत गर्नुभएको थियो । जसमा मध्य दक्षिण क्षेत्रीय समितिको छैटौं क्षेत्रीय सम्मेलन, प्रकाशन र स्थानीय निकायको निर्वाचन विषयहरु रहेका थियो । भेलाले छैटौं क्षेत्रीय सम्मेलन आगामी जुलाई १६,१७ २०२२ का दिन हैदराबादको मूसापेट स्थित पाटिदार भबनमा सम्पन्न गर्ने गरी रामप्रसाद पौडेलको संयजकत्वमा १७ सदस्यीय मूल व्यवस्थापन समितीको गठन गरेको छ ।

    जसमा रुपलाल जिएम, (नागपुर), कृष्ण बहादुर थापा (दक्षिण), घनश्याम शर्मा (उत्तर), तिलक राना (मध्य), के रतन सिंह, वीर बहादुर विक (दक्षिण), शंकर नेपाली, सुर्यबहादुर थापा (उत्तर), थान बहादुर छेत्री (मध्य), पुस्पा पौडेल, लाल बहादुर थापा, (उत्तर), राजु दुलाल, गंगा कडायत, कृष्ण कुमारी विक (मध्य), राजकुमार रायमाझी (एल्लुर) र माया थापा (उत्तर) रहनुभएको छ ।

    त्यसैगरी तिलक रानाको संयोजकत्वमा १९९ जना रहेको सम्मेलन प्रचार प्रसार उप समिती निर्माण गरेको छ । पुस्पा पौडेलको संयोजकत्वमा अतिथी सत्कार तथा ब्यबस्थापन, घनश्याम शर्माको संयोजकत्वमामा आर्थिक उपसमिति, वीर बहादुर विकको संयोजकत्वमा मेष व्यवस्थापन, रतन सिंह विकको संयोजकत्वमा मिडिया सेल, झलक पुनको संयोजकत्वमा सांस्कृतिक उप समिती र थान बहादुर छेत्रीको संयोजकत्वमा स्वयम्सेवक उपसमितिको निर्माण गरेको छ ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.