खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य धनबहादुर गोर्खालीलाई मातृशोक परेको छ ।
Advertisement
उहाँकी आमा सुन्तली गोर्खालीको ६८ वर्षको उमेरमा निधन भएपछि मातृशोक परेको हो ।
केही दिनदेखि बिमार रहनु भएकी सुन्तलीको उपचारकै दौरानमा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं ५ खैरेनी स्थित आफ्नै निवासमा असामयिक निधन भएको परिवारले जनाएको छ।
उहाँको दुखद निधनप्रति मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीले भावपूर्ण श्रद्धाञजली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।

