• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यूएईमा अब नेपाली श्रमिक भर्ना निःशुल्क


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ। आबुधावीस्थित यूएईको मानव संशाधन मन्त्रालयमा मंगलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भयो।

    Advertisement

    बैठकमा यूएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

    यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्नेगरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि यूएईले जनाएको छ।

    यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन पनि यूएई सहमत भएको मन्त्रालयले जनाएको छ।

    पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने सरकारको निर्णयबारे यूएई पक्षलाई नेपाली टोलीले जानकारी गरायो।

    बैठकमा वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भयो। रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ।

    यूएई जाने नेपाली श्रमिकलक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिनियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायत विषयमा पनि छलफल भयो।

    बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलमा उपसचिव डा थानेश्वर भुसाल र श्रम सहचारी निर्मला थापा सहभागी हुनुहुन्थ्यो ।

    यूएईकातर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सहभागी भएको बताइएको छ। रासस

    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.