• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

सागमा नेपालकाे उत्कृष्ट प्रदर्शन, तेस्राे दिन ८ स्वर्ण


  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • काठमाडाै‌ं । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले मंगलबार साँझसम्म २३ स्वर्ण, ७ रजत र ११ काँस्यसहित ४१ पदक जितेको छ ।

    Advertisement

    यस्तै, भारतले १० स्वर्ण, १२ रजत र ६ काँस्य पदकसहित २८ पदक जित्दा श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक जितेको छ ।

    यसैगरी, पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ । मल्दिभ्सले १ स्वर्ण र भुटानले २ काँस्य जितेको छ ।

    तेस्रो दिन नेपालले ८ स्वर्ण थपेको छ । दोस्रो दिन १५ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले मंगलबार त्यसलाई निरन्तरता दिँदै ८ स्वर्ण जितेको हो ।

    उसुमा नेपालले २ स्वर्ण जितेको छ । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका हुन् । तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण जिते ।

    एथ्लेटिक्समा नेपालले मंगलबार एक स्वर्ण जित्दा सन्तोषी श्रेष्ठले कीर्तिमान बनाइन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडीसमेत बनिन् ।

    एथ्लेटिक्सकै पुरुष १५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् ।

    मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो । पोखरामा भइरहेको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जित्दा लक्ष्मण मल्लले रजत जिते । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन् ।

    भलिबलमा रजत

    महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल भारतसँग ३(२ सेटमा पराजित भयो । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै पहिलो पटक साग महिला भलिबलमा फाइनल पुगे पनि नेपाल इतिहास बनाउन बाट भने चुक्यो । पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट पुनरामगन गर्दै लगातार दुई सेट जितेको थियो । तर त्यसपछि लगातार दुई सेटसँगै स्वर्ण गुमायो ।

    यद्यपि नेपालले साग महिला भलिबलमा पहिलो पटक रजत पदक जित्न सफल भएको छ । यसअघि नेपालले तीन संस्करणमा कास्य जितेको थियो । पुरुष भलिबल टोलीले भने यस पटक पदक जित्ने लक्ष्य राखे पनि समूह चरणबाटै बाहिरिएको थियो ।

    फुटबलमा विजयी सुरुवात

    फुटबलतर्फ नेपालले विजयी शुरुवात गरेको छ। घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा नेपालले करिब ५ वर्षपछि फुटबल खेल्दै पुनरागमन गर्दा शानदार नतिजा हात पार्‍यो । करिब ८ हजार दर्शकको अगाडि कप्तान सुजल श्रेष्ठले दुई गोल गर्दा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो । यस्तै मिक्छेन तामाङले पहिलो अन्तर्राष्ट्रिय गोल गरे। अर्को गोल अभिषेक रिजालले गरे ।

    यस्तै पोखरामा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गर्दै सुखद सुरुवात गर्‍यो ।

    क्रिकेटमा हार

    क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भयो । पुरुषतर्फ श्रीलंका यू-२३ सँग पहिलो खेल खेलेको नेपाल ६ विकेटले पराजित भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरनेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टायो ।

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.