वसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान–१ ढाकाबाङको विश्व माध्यमिक विद्यालयमा एमसीसीविरुद्ध वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । अखिल (छैठौं) र अखिल (क्रान्तिकारी) विश्व मावि मूल इकाइ समितीको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा मनीषा बेलबासे प्रथम, उमेश भुसाल द्वितीय, रितु खनाल तृतीय र सुवाश खनालले सान्त्वना पुरस्कार जित्नुभएको थियो ।
कार्यक्रमलाई अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन खड्काले सम्बोधन गर्नु भएको थियो । अध्यक्ष नेपालीले राष्ट्रघाती एमसीसी सम्झौतालाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउनुभयो ।
कार्यक्रमा अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष पदम नेपाली, जिल्ला कोषाध्यक्ष सुनिल नेपाली, अखिल (छैठौं) का नगर सदस्य विशाल खनालको उपस्थिति रहेको थियो ।
कार्यक्रम वर्षा रिजालको अध्यक्षता र अखिल (छैठौं) विश्व मावि मूल इकाइ समिती अध्यक्ष प्रशंसा खनालको सन्चालनमा सम्पन्न भएको थियो ।