• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतीय सेना बहादुर भएर होइन, नेपाली शासक नालायक भएर सीमा मिचियोः केसी (फोटोफिचर)

"चीनसँग ‘बहादुरीका साथ पछाडी’ हट्ने, नेपाली भूमी कब्जा गर्ने ? "

  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली शासकहरुको नालायकीपनका कारण कालापानीमा भारतीय सेनाले कब्जा गरेको बताउनुभएको छ ।मंगलबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष केसीले भारतीय सेना बहादुर नभई नेपालीकै कमजोरीका कारण नेपाली भूमि कब्जा गरेको बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको ‘कालापानी अभियान’लाई समापन गर्दै अध्यक्ष केसीले भन्नुभयो, ‘सन् १९६२ मा भएको भारत चीन युद्धमा भारतीय सेना लड्न सकेन र बहादुरीका साथ पछाडी हट्यो । चीनको एक इञ्च पनि जमिन उस्ले छुन सकेन । अनि आएर बस्यो नेपालको कालापानि । उ त्यस्तो शक्तिशाली भए त चीनको भूमी कब्जा गरेर उतै बस्नु पर्ने नि ।’

    केसीले नेपालका सत्ताधारीहरु जहिल्यै सत्तामा कसरी पुग्ने भन्ने चिन्ताका कारण भारतीय सेनालाई हटाउन तर्फ ध्यान दिन नसकेको आरोप लगाउनुभयो । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा भन्दा पनि कसको दलाली गरेर हुन्छ सत्ता टिकाउने प्रयासका कारण देशको सीमा मिचिँदै गएको केसीले बताउनुभयो ।

    ‘नेपालमा राजनीति गर्ने भनेको सत्तामा कसरी पुग्ने, कस्को दलाली गरेर पुग्ने भन्ने मात्रै छ । देशको राष्ट्रियता,अखण्डता र सार्वभौमिकताको रक्षा गर्नु भन्दा सौदाबाजि गर्ने प्रवृति छ ।’ केसीले भन्नुभयो, ‘सन् १९६२ मा भारतीय सेना कालापानीमा आएर बसेपछि कति ओटा सरकार बने ? काग्रेसका, राजाका र अहिले नेकपा भन्नेहरुका सरकार बने । तर भारतीय साशकका अगाडि हाम्रो भूमीबाट तिमीहरु हट्नु पर्छ भन्ने खुबी भएन । त्यसकारण उनीहरुले हामीलाई हेपेका छन् ।’

    केसीले सानोतिनो खेतबारी हुनेले त आफ्नो किलो कान्लोको रक्षा गर्छ भन्दै देशै चलाउनेले आफ्नो भूमि कति छ र त्यस्को रक्षा कसरी गर्ने भन्ने सोच्न नसक्नु नालायकीपन भएको बताउनुभयो । ‘हामी त खेती किसानी गर्ने किसान हो नी । सानो खेतबारी सानो खरबारी छिमेकीले मिच्यो भने हामीलाई कस्तो हुन्छ ।’ केसीले भन्नुभयो, ‘हाम्रो खेतमा कसैले आलि लगायो भने मिच्यो भने हामी कसरी अड्डा अदालत धाउँछौँ ।’

     

    उहाँले भारतले अहिले संसारका ४५ वटा साना मुलुक जति नेपालको भूभाग मिचेको बताउनुभयो । केसीले कञ्चनपुरकै पुनर्वास लगायतका क्षेत्रमा भूमि मिचिएको उदाहरण पनि दिनुभयो । सीमा अतिक्रमण विरुद्ध अब संगठित हुनुपर्ने बेला आइसकेको केसीको तर्क छ । ‘हाम्रो पुर्खाले रगत बगाएर बचाएको भू–भाग भारतले जबर्जस्ती मिच्दा हामीलाई पोल्ने कि न पोल्ने ? हामी संगठित हुने की नहुने ?’ केसीले भन्नुभयो ।

    उहाँले राजमो सुदूरपश्चिम समितिलाई धन्यवाद पनि दिनुभयो । सरकारको नालायकीपनका कारण आफ्नै देशको सीमा मिचिँदा जनताले टुलु –टुलु हेरेर बस्नुपर्ने बाध्यता रहेको केसीले बताउनुभयो । तर, अब त्यसरी बस्न नहुने उहाँको तर्क थियो । ‘हाम्ररो पार्टीको सुदूरपश्चिम प्रदशले ६ वटा जिल्ला सदरमुकाममा पुगेर जनतालाई जागृत बनाउने काम गरेको छ । त्यसका लागि तपाईंहरुलाई बधाई छ ।’ केसीले भन्नेभयो, ‘अब जनता जागृत हुनुपर्छ । सरकारलाई दबाब दिनुपर्छ । हरेक क्षेत्रमा मिचिएको भू–भाग फिर्ता हुनैपर्छ ।’

    सभामा राजमोका केन्द्रीय सदस्य मनोज भट्ट, लालबहादुर जाग्री, केन्द्रीय सल्लाहकार तथा बझाङ जिल्ला अध्यक्ष कल्पना भण्डारी, केन्द्रीय सल्लाहकार मन्जु परियार, कञचनपुर जिल्ला अध्यक्ष राम बहादुर कार्की, डोटी जिल्ला सचिव केशवनाथ यौगी, जातीय समता समाजका महासचिव गोविन्द विक, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जनजाति सम्मेलनका केन्द्रीय सदस्य खड्क राना, रक्तिम साँकृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्यले सम्बाेधन गर्नुभएकाे थियाे ।

    यस्तै मूल प्रवाह अखिल नेपाल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरासिंह चन्द, वामपन्थी नेता आरसी भट्ट, किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो बैतडी जिल्ला सचिव विरेन्द्र भण्डारी, डडेलधुरा जिल्ला अध्यक्ष पदम ओली, कैलाली जिल्ला अध्यक्ष दयाराम सन्ज्याल लगायत वक्ताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

    सभामा अखिल (छैठौं)का महासचिव महेशराज जोशी,अखिल नेपाल युकव संघका केन्द्रीय सचिव प्रशान्त थापा, राजमो कैलालीका पूर्व जिल्ला अध्यक्ष लक्षीराम आचार्य, महिला संघकी चन्द्र बदन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

    विरोध -याली राष्ट्रिय जनमोर्चा कञ्चनपुरको पार्टी कार्यालयबाट सुरु भई महेन्द्रनगर बजार परिक्रममा पछि मदनचोक पुगेर सभामा परिणत भएको थियो । मंसिर ११ गते धनगढीबाट सुरु भएको ‘कालापानी अभियान’ समापन समारोहमा सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुरलगायतका जिल्लाबाट नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टकाे अध्यक्षता र जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियारकाे सञ्चालनमा सम्पन्न विराेध सभामा राजमो केन्द्रीय सदस्य लोकेन्द्र लाम्सालले स्वागत गर्नुभएको थियो।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकरहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

     

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.