• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्युठानमा सहमति उल्लंघन हुनुमा नेकपा केन्द्रीय नेतृत्व जिम्मेवारः मसाल


  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले उपनिर्वाचनमा विजयी उम्मद्वाहरुलाई बधाई दिएको छ ।वाम गठबन्धन बनाएर निर्वाचनमा जानुको परिणाम धेरै ठाउँमा गठबन्धनका उम्मेद्वार विजयी भएको भन्दै मसालले सन्तोष प्रकट गरेको छ ।

    Advertisement

    तर, प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा नेकपाको तर्फबाट सहमति उल्लंघन गरी वागी उम्मेद्वार खडा गरिएको र जिताउन पुरै शक्ति लागएको भन्दै त्यसको जिम्मेवारी नेकपाको केन्द्रीय नेतृत्वले नै लिनुपर्ने मसालले जनाएको छ ।

    मंगलबार महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य प्रकासित गरी आफ्नो तर्फबाट सहमतिको इमान्दारितापूर्वका कार्यान्वयन गरेको भन्दै नेकपाले बाग्लुङको सन्दर्भमा सहमतिप्रति इमान्दारिता देखाएको तर, प्युठानमा उल्लंघन गरेको आरोप लगाएनुभएको छ ।

    यस्तो छ वक्तव्य

    “हालै भएको उपनिर्वाचनमा कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित नेकपाकी उम्मेदवार विद्या भट्टराई तथा ४ नंं प्रदेशका लागि बाग्लुङको बुर्तिवाङबाट निर्वाचित राष्ट्रिय जनमोर्चाको उम्मेदवार खिमविक्रम शाही र ५ नं. प्रदेशका लागि दाङबाट निर्वाचित विमला वली समेतलाई नेकपा (मसाल)ले हार्दिक बधाई दिन्छ ।

    उक्त उपनिर्वाचनमा बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई र कास्की र दाङमा राष्ट्रिय जनमोर्चाले नेकपाका उम्मेदवारलाई समर्थन गर्ने समझदारी भएको थियो । त्यो समझदारीलाई राष्ट्रिय जनमोर्चा र नेकपा दुवैले आफ्नो प्रतिबद्धताअनुसार एक अर्कालाई इमान्दारिता पूर्वक समर्थन गरेकोमा नेकपा (मसाल)ले सन्तोष र प्रसन्नता प्रकट गर्दछ ।

    राष्ट्रिय जनमोर्चा र नेकपाका बीचमा प्युठानको बरौलाको वडा अध्यक्षको पदमा नेकपाले राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई समर्थन गर्ने र अन्यत्र सबैतिर राष्ट्रिय जनमोर्चाले कुनै उम्मेदवार नउठाउने तथा सबैतिर नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्ने पनि समझदारी भएको थियो । त्यसअनुसार राजमोले अन्यत्र कतैतिर आफ्नो उम्मेदवारहरू उठाएन वा स्वतन्त्ररूपले उठेका उम्मेदवारहरूलाई पनि फिर्ता गर्न लगाएको थियो । तर, प्यूठानको बरौलामा नेकपाले त्यो समझदारीको उल्लङ्घन गर्‍यो ।

    बाग्लुङको बुर्तिवाङमा पनि राष्ट्रिय जनमोर्चाका उम्मेदवारका विरुद्ध नेकपाबाट बागी उम्मेदवार खडा भएका थिए । तर, केन्द्रले पहलकदमी गरेर ती उम्मेदवारलाई कानुनीरूपले फिर्ता नगरेपनि व्यवहारमा फिर्ता गर्न लगाइएको थियो । त्यहाँ नेकपाले आफ्नो पूरा शक्ति राजमोका उम्मेदवारलाई जिताउन लगाएको थियो । त्यस प्रकारको इमान्दारिता देखाएकोमा नेकपा (मसाल) नेकपालाई धन्यवाद दिन्छ ।

    तर प्यूठानमा नेकपाले त्यही प्रकारले इमान्दारिता देखाएन । त्यहाँ पनि राजमोका उम्मेदवारका विरुद्ध नेकपाकातर्फबाट बाग्लुङमा जस्तै बागी उम्मेदवार उठेका थिए । तर, प्यूठानको नेकपाको जिल्ला कमिटीले उक्त बागी उम्मेदवारलाई जिताउन पूरा शक्ति लगायो । नेकपासित भएको समझदारीअनुसार नै राजमोले देशभरिका स्थानीयतहहरूमा आफ्नो कुनै उम्मेदवार उठाएको थिएन । स्वयं प्यूठानमा पनि प्यूठान नगरपालिकाको वडामा कुनै उम्मेदवार उठाएको थिएन भने दाङवाङको वडामा उठेको बागी उम्मेदवारलाई पनि फिर्ता गराएको थियो । तर, नेकपाले उक्त सझदारीलाई खुला प्रकारले उल्लङ्घन गर्‍यो । स्वयं नेकपाको केन्द्रीय नेतृत्वले पनि प्यूठानमा राजमोसित भएको सझदारीलाई कार्यान्वयन गर्न कुनै पहलकदमी गरेन ।

    यहाँ यो उल्लेखनीय छ कि हाम्रो पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाका चुनावहरूमा अन्य प्रतिक्रियावादी पार्टीहरूसँग कुनै चुनावी तालमेल नगर्ने, तर स्थानीय तहमा नेपाली काङ्ग्रेससित पनि तालमेल गर्ने नीति खुला राखेको छ । तर, नेकपासित केन्द्रीय तहमा भएको समझदारीअनुसार जहाँ जिल्ला तहमा नेपाली काङ्ग्रेससित तालमेलको सम्भावना थियो, त्यहाँ पनि हामीले उनीहरूसित तालमेलका लागि कुनै पहलकदमी गरेनौँ । त्यसरी नेकपासित केन्द्रीय तहमा भएको समझदारी प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा इमान्दारितापूर्वक लागू भएको छ भने स्थानीय तहमा हामीले उक्त सझदारीलाई इमान्दारितापूर्वक लागू गरेका छौँ ।

    तर, नेकपाले त्यसलाई खुला प्रकारले नै उल्लङ्घन गरेको छ । त्यसका लागि प्यूठानको नेकपाको जिल्ला कमिटी मात्र नभएर केन्द्रीय नेतृत्व पनि जिम्मेवार छ भन्ने हाम्रो निष्कर्ष छ । त्यसका लागि हामीले गम्भीर प्रकारको दुःख र क्षोभ प्रकट गर्दै नेकपाको केन्द्रीय नेतृत्वको पनि कडा शब्दमा आलोचना गर्दछौँ।”

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.