जनकपुरधाम । तराईमा कुप्रथाको रुपमा रहेको दहेज (दाइजो) प्रथाविरुद्ध जनकपुरमा सामूहिक विवाह गरिएको छ ।
जनकपुरधामको मणिमण्डपमा विश्व हिन्दु परिषद्को व्यवस्थानमा स्वयंवरको लागि ठूलो पण्डाल बनाइएको छ । विवाह पञ्चमीको अवसरमा पण्डालमा छुटाछुट्टै मरवा (मण्डप) बनाईएको छ ।
हिन्दु परिषद्ले गरेको आह्वानमा वेहुलावेहुली पक्षले विवाहको लागि फर्म भरेका थिए । विवाहको खर्च चन्दा उठाएर जुठाइएको विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए ।
उनका अनुसार, जन्तीको खानपान, बेहुलाबेहुलीको लुगाफाटो, सरसमान, बेहुलीलाई सुनको मंगलसुत्र सबै सहयोगी हात खोजेर जुटाइएको छ । अंग्रेजी बाजा, रथ पनि व्यवस्थापन गरिएको छ ।
कानुन अनुसार केटाकेटीको विवाह गर्ने उमेर पुगेको हुनु पर्ने शर्त राखिएको छ । सामूहिक विवाहका लागी माग गरिएको आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको छ ।
