काठमाडौं । उपनिर्वाचन अन्तर्गत बाग्लुङ २(ख)बाट निर्वाचित प्रदेश सभा सदस्य खिमविक्रम शाहीलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बधाई दिनुभएको छ ।
सोमबार वक्तव्य प्रकाासित गरी अध्यक्ष केसीले मतदानमा सहभागी सम्पुर्ण मतदाता, वाम गठबन्धनका नेता तथा कार्यकर्ता एवं आम समर्थक, शुचिन्तकहरु प्रति धन्यवाद पनि दिनुभएको छ ।
यस्तो छ वक्तव्य
“उपनिर्वाचन २०७६ भर्खरै सम्पन्न भएको छ । उपनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई निर्वाचन सफल पार्ने सम्पूर्ण पक्षहरुलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले हार्दिक धन्यवाद दिँदै निर्वाचनमा विजयी सबैलाई सफल कार्यकालको लागि पनि हार्दिक शुभकामना व्यक्त गर्दछ ।
बागलुङ निर्वाचन क्षेत्र नं.२ (ख)मा बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उमेदवार खिमविक्रम शाही विजयी हुनुभएको छ ।
हाम्रो पार्टीका उमेदवारलाई विजय गराउनका लागि सक्रिय सहभागीता दर्शाउने सम्पूर्ण मतदाता, गठबन्धनमा सामेल दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा हाम्रो पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सबैप्रति धन्यवाद व्यक्त गर्दछौँ ।
निर्वाचनमा विजय हुनुभएकोमा का. खिमविक्रम शाहीलाई बधाइ दिँदै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।”