बाग्लुङ । प्रदेश सभा उपनिर्वाचन अन्तर्गत बागलुङ २ (ख) को पछिलल्लो परिणाम अनुसार राजमो उम्मेद्वार खिमविक्रम शाही ७४७ मतले अघि हुनुहुन्छ ।
शाहीले ६११६ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वारको ५३६९ मत छ ।
Advertisement
हालसम्म ११ हजार १८७ मतगणना भएको मतगणनास्थलबाट राजमो नेता तिलक थापाले जानकारी दिनुभयो ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत) ले मतदान गरेका थिए ।
हालसम्म ढोरपाटन १,२, ३ र ४ निसीखोला १,२,३ र ४ तमानखोला १, २ र ३ को मतगणना सकिएको छ भने तमानखोला ४ को मतगणना जारी छ ।