• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बरु नेपाली जनता आधा पेट खाएर बस्छन्, एम.सी.सी. पारित नगरौँ : पौडेल


  •   आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले नेपाली जनता आधा पेट खाएर बस्न तयार भएको तर एम.सी.सी. कुनै पनि हालतमा पारित गर्न तयार नभएको दाबी गर्नुभएको छ ।

    Advertisement

    नेपाल सरकारले २०७८ फागुन ८ गते प्रतिनिधि सभाको बैठकमा एम.सी.सी. टेबल गरेसँगै सांसद पौडेलले यस्तो दाबी गर्नुभएको हो ।

    ‘सरकारलाई पैसा चाहियो भने नेपाली जनता आधा पेट खाएर विकास निर्माणका लागि पैसा दिन तयार छन्’ उहाँले भन्नुभयो– ‘तर जनता एम.सी.सी. पारित नहोस् भन्ने चाहन्छन् ।’

    सांसद पौडेलले सरकारलाई एकपटक सडकतिर पनि हेर्न आग्रह गर्दै भन्नुभयो– ‘यतिखेर संसद्बाहिर नेपाली जनताले आधा पेट खाएर भए पनि देशको विकासका लागि रकम जम्मा गर्न तयार छौँ तर एम.सी.सी. स्वीकार्न सक्दैनौँ भन्दै आन्दोलन गरिरहेका छन् ।’

    सम्बोधनको क्रममा उहाँले छिमेकी देश श्रीलङ्काले एम.सी.सी. अस्वीकार गरेको सन्दर्भ उठाउँदै नेपालले पनि त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।

    उहाँले एम.सी.सी. कुनै पार्टीविशेषको विषय नभएको पनि स्पष्ट पार्नुभयो ।

    ‘एम.सी.सी. को सवाल कुनै पार्टीविशेषको होइन’ उहाँले भन्नुभयो– ‘यो त सिङ्गै देशको राष्ट्रिय सार्वभौमिकताको सवाल हो ।’

    उहाँले भन्नुभयो– ‘देशै रहेन भने यहाँ कुनै राजनीतिक पार्टी पनि रहन्न ।’

    ‘सार्वभौमसत्ता पैसासँग साट्न मिल्ने विषय होइन’ उहाँले भन्नुभयो– ‘एम.सी.सी. लाई संसद्मा टेबल गर्ने होइन, खारेजै गर्नुपर्छ ।’

    सम्बोधनको क्रममा सांसद पौडेलले देशभित्र व्याप्त भ्रष्टाचार र करछलीलाई मात्रै नियन्त्रण गर्ने हो भने ५५ अरब रुपिया सहजै जम्मा गर्न सकिने र त्यसबाट देशको विकास गर्न सकिने बताउनुभयो ।

    सांसद पौडेलले आफ्नो सम्बोधन समाप्त गरेपछि पनि लगातार संसद्भित्र यथास्थानमा उभिएर एम.सी.सी. को विरोधमा जोडदार ढङ्गले नाराबाजी गरिरहनुभयो ।

    आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.